कष्टकर जीवन बिताउँदै साँधुहरू

  • फागुन ३, २०७७
  • "गोबिन्द बस्नेत"
alt

धरान/  ‘साधु’ संस्कृत शब्द हो । यसको सामान्य अर्थ ‘सज्जन व्यक्ति’ भन्नेहुन्छ । नेपाली बृहत् शब्दकोशमा यसको अर्थ ‘सांसारिक प्रपञ्च वा विषयासक्तिबाट टाढा रही परमार्थ चिन्तनमा जीवन बिताउने व्यक्ति’, ‘सन्त’,‘महात्मा’ लेखिएको छ ।

वर्तमान समयमा गेरू वस्त्र धारण गर्नेलाई साधु भन्ने गरिएको छ तर वास्तवमा साधुको मूल उद्देश्य समाजलाई पथप्रदर्शन गर्दै धर्मको बाटोमा हिँडेर मोक्ष प्राप्त गर्नु हो । साधना, तपस्या गरी वेदोक्त ज्ञानलाई संसारमा फैलाएर आफ्नो जीवनलाई त्याग र वैराग्यमा बिताउँदै ईश्वर भक्तिमा विलीन हुने व्यक्तिलाई साधु भन्ने गरिन्छ । हिन्दू र जैन धर्ममा सांसारिक जीवनलाई त्याग गरिसकेको धार्मिक संन्यासी, भिक्षु वा कुनै पनि पवित्र व्यक्तिलाई साधुभन्ने गरिन्छ । अहिले भने साधु जीवन बिताउने अधिकांशले पारिवारिक अपेहलनाका कारण साधु बनेको बताउने गरेका छन् । साधुको अर्थ जे भए पनि, जुनसुकै कारणले साधु रूप धारण गरे पनि धेरैजसो पारिवारिक वितृष्णा, सांसारिक मायाजालबाट मुक्तिका लागि साधु बनेको स्वयम् साधु रूप धारण गर्नेहरू नै बताउँछन् ।

२८ वर्षकै उमेरमा सबै कुरा त्यागेर साधु बनेका मेहन्त गिरी सार्थक जीवन जिउनको लागि साधु भएको बताउँछन् । अहिले ६० वसन्त पार गरिसकेका उनले जीवनमा माया, मोह र लोभबाट मानिस कहिल्यै मुक्त नहुने बताए । ‘माया र मोह मानिसको प्रगतिको बाधक तत्तव हो’, उनले भने, ‘सतातन धर्मको रक्षाका लागि पनि यो बाधक छ, त्यसैले सबै त्यागेर युवा अवस्थादेखि नै साधु बनेको हुँ ।’

कसैले पारिवारिक अपहेलनाका कारण बाँच्नकै लागि साधु रूप धारण गरेको बताउने गरेका छन् । साधु बनेर २० वर्षभन्दा लामो समयदेखि मन्दिर तथा धर्मशालामा रात बिताउने गरेकी ६३ वर्षीया राधादेवी दास र ६० वर्षीय अमृत गिरी पारिवारिक अपहेलनाकै कारण बाध्य भएर साधु बनेको बताउँछन् । दासले भनिन्, ‘आप्mनै सन्ताले घृणा गर्न थालेपछि म साधु बनेकी हुँ ।’

३० वर्षभन्दा लामो समयदेखि साधु जीवन विताइरहेका एम गिरीको बुझाइ भने अन्यको भन्दा फरक छ । उनले साधुको जीवन एक प्रकारले तनावमुक्त हुने बताए । ‘साधु जीवन सुरु गरेपछि मलाई संसारमा भएका कुनै कुराको पर्वाह छैन’, उनले भने, ‘अहिले म सांसारिक माया–मोहलाई त्यागेर नेपाललगायत भारतका विभिन्न हिन्दू सनातन मठ–मन्दिरमा घुम्छु, दिएको कुरालाई ग्रहण गर्छु ।’

लामो समयदेखि साधु जीवन बिताइरहेका प्रमोद गिरीले भने परिवारमा ठूलो बज्रपात परेपछि सांसारिक मायामोहलाई त्याग्दै जोगीको रूप धारण गरेको बताए । उनी पाँच वर्षको हुँदा बुबाको निधन भयो ।

अलिअलि थाहा पाउने हुँदै गर्दा आमाको निधन भयो । ‘त्यसपछि साधु भएको हँु ।’ उनले थपे । अहिलेसम्म साधुको कुनै सङ्घ–संगठन भएको पाइएको छैन ।
नेपालमा कति साधु छन् भन्ने यकिन तथ्याङ्कसमेत छैन । साधु जीवन बिताउनुपर्ने कुनै न कुनै कारण रहेको उनीहरू बताउँछन् ।

उनीहरूको जीवन कारुणिक भएको उनीहरूकै भनाइबाट प्रस्ट हुन्छ । गर्मी, जाडो, वर्षात्को समयमा समेत अत्यन्तै कष्टकर जीवन बिताउँदै जीवन निर्वाह गरेका उनीहरूका लागि राज्यले समेत केही सोचेको पाइँदैन । आफूहरूको दुःख–कष्टमा कसैले मलम लगाउने प्रयास नगरेको उनीहरूको गुनासो छ ।

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved