पर्यटकीय गन्तव्य बन्दै कोशी बगर

  • फाल्गुन ५, २०७७
  • संगम विष्ट
alt

वराहक्षेत्र कोरोना भाइरसको महामारीका कारण लामो समयसम्म घरभित्रै थुनिन बाध्य भएका सर्वसाधारण अहिले प्राकृतिक गन्तव्य खोज्न थालेका छन् । परिवारसहित नजिकैको पर्यटकीय क्षेत्रमा घुम्ने र रमाउनेको सङ्ख्या ह्वात्तै बढ्न थालेको छ ।

वराहक्षेत्रको १३ आरडीदेखि शुक्रबारेसम्म सप्तकोशी नदीको बगर यति बेला पारिवारिक घुमघामका लागि आकर्षक गन्तव्य बनेको छ । पर्यटकीय सम्भावना बोकेर पनि गौचरणमा सीमित क्षेत्र अहिले भने पर्यटकीय गन्तव्य बन्न थालेको स्थानीय बताउँछन् । प्रायः सुनसान हुने सो क्षेत्रमा अहिले होटल खुल्न थालेका छन् भने यहाँ वनभोज खान आउनेहरू पनि बढेका छन् ।

कोशी प्रोजेक्टले निर्माण गरेको कालोपत्रे सडकमा घुम्ने र तस्विर खिच्नेहरूको चहलपहल पनि बढ्न थालेको छ ।

वराहक्षेत्र नगरपालिकाको केन्द्र चक्रघट्टीबाट नजिकै पर्ने विशाल बगर, कोशी नदीको अवलोकन, नजिकै पहाडी दृश्य र शान्त वातावरण भएको कारण यो स्थान आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको यहाँ आउनेहरू बताउँछन् । यहाँ विभिन्न प्रजातिका चराहरू पनि रमाइरहेको पाइन्छ । जाडोमा घाम ताप्ने र गर्मीमा जलविहार गर्न चाहनेका लागि कोशी किनार सुन्दर गन्तव्य बन्न सक्ने धेरैको बुझाइ छ ।

हालसम्म कसैले व्यवस्थापन नगरे पनि पर्यटकको आगमन भने उल्लेखनीय नै पाइन्छ । वराहक्षेत्र–२ को १३ आरडीदेखि सिसौली, बरोवान, ढाकुरबारी हुँदै वराहक्षेत्र–८ को शुक्रबारेसम्मको क्षेत्रलाई व्यवस्थापन गर्न सके आन्तरिक पर्यटनको हब बन्नेमा कुनै द्विविधा नभएको स्थानीय बताउँछन् ।

इटहरीबाट घुम्न आएका योगेन्द्र पराजुलीले इटहरी र धरानबाट नजिक रहेको यो ठाउँ आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्ने बताए । पहाड र कोशीको बगर एकैसाथ देख्दा आनन्द लागेको पराजुलीसँगै घुम्न आएका दीपक अर्यालले बताए । यसलाई पर्यटकीय क्षेत्र बनाउन प्रदेश सरकारले १५ लाख रुपैयाँसमेत विनियोजन गरेको सप्तकोशी पर्यटन विकास केन्द्रका अध्यक्ष मणि तामाङले बताए ।

तामाङका अनुसार सो रकमबाट पर्यटकहरूलाई बस्न विश्राम स्थल निर्माण गरी वृक्षारोपण र घेराबेरा गरिएको थियो । उनले यो क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन वराहक्षेत्र नगरपालिकाले पनि ५ लाख विनियोजन गरेको जनाए । अहिले यस क्षेत्रमा वनभोजका लागि मासिक रूपमा ४०–५० समूह आउने गरेको उनले बताए ।

पर्यटकीय गन्तव्यको रूपमा विकास हुने सम्भावना बोकेको सो क्षेत्रमा बालउद्यान बनाएर पानी र बत्तीको व्यवस्थापन हुनु आवश्यक रहेको स्थानीय गोपाल राई बताउँछन् । यसका लागि सरकारले अनुदान दिनुपर्ने र स्थानीय व्यवसायीले पनि लगानी गर्नुपर्नेमा स्थानीयको जोड छ ।

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

कोशीमा नयाँ सरकार बन ...

विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका ने ...

ढुङ्गाले किचेर १ जना ...

ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved