धरानमा खुल्यो सत्यम डेरी उद्योग "‘दुग्धजन्य पदार्थमा एउटै गुणस्तर कायम राख्ने प्रतिबद्धता’"

  • फागुन ४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरानमा दुग्धजन्य उत्पादनको विक्री गर्न सत्यम डेरी उद्योगको खुलेको छ । धरान–९ स्थित आचार्य लाईनमा खुलेको उद्योगको उद्घाटन धरान उपमहानगरपालिका ९ नम्बर वडाका वडाध्यक्ष रत्न कटुवालले उद्योगको उद्घाटन गरेका थिए ।

उद्घाटन पछि बोल्दै कटुवालले स्थानीय उपभोक्तालाई दुग्धजन्य पदार्थहरु गुणस्तरिय र सुलभदरमा उपलब्ध गराउने विश्वास लिएको बताए । अहिले दुग्धजन्य पदार्थहरु गुणस्तरिय नहुने जनगुनासो आउने गरेको भन्दै उनले सत्यम डेरी उद्योगले त्यस्ता गुनासोहरुलाई आउने नदिने तर्फ आफुलाई स्थापित गर्ने विश्वास लिएको बताए ।

सत्यम डेरी उद्योगले धरानका आफ्ना उपभोक्तालाई दुधजन्य पदार्थको शुद्धतामा कमजोरी हुन नदिने संकल्प लिएको उद्योगका निर्देशक योगेशबाबु काफ्लेले जानकारी दिए । स्थानीय उत्पादन उपभोक्ताले खोजेजस्तै गरि उपलब्ध गराउने उदेश्य लिएर डेरी उद्योग सञ्चालनमा ल्याएको काफ्लेले बताए । उद्योगका बजार निर्देशक ऋषिराज निरौलाले सत्यम डेरीले उपभोक्ताको माग बमोजिम र्गाइ तथा भैसिको दुध उपलब्ध गराउने बताए ।

‘हामीसँग किसानहरुबाट संकलन गरेर ल्याइएको ताजा दुध र त्यसबाट उत्पादनहुने दही,ध्यु,मोही,पनीर जस्ता उत्पादनहरु छन’ उनले भने ‘यी कुनैपनि उत्पादनमा एकैप्रकारको गुणस्तर रहने छ । निरौलाका अनुसार सत्यम डेरीले कामधेनु दुग्धका ग्राहकहरुलाई पनि सेवा दिने छ ।

हामी कामधेनु दग्धको पनि आधिकारीक विक्रता हौ कामधेनुका उपभोक्तालेपनि हामीबाट सेवा लिन सक्नेछन् । उनले अब धरानमा आफ्नो शाखा विस्तार गर्ने र उपभोक्तालाई गुणस्तरिय बस्तु दिने बताए ।

 

मनसुनको पहिलो दिनै ध ...

सुनसरी/ यस वर्षको मनसुन सुरु भएको पहिलो दिन शुक्रबार रा ...

मन्जु गुरुङ ‘मिसेस स ...

धरान/ वुमन्स वर्थ ग्रुप (WWG) द्वारा बिहीबार आयोजित &ls ...

भोजपुरको ऐतिहासिक से ...

भोजपुर/ नेपालमा फलाम खानीको उल्लेख्य सम्भावना हुँद ...

११४३ किलो गाँजासहित ...

उदयपुर/ उदयपुरमा प्रतिबन्धित लागूपदार्थ गाँजाको ठू ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved