धरान । धरान ९ पुतली लाईन स्थित विजयपुर हस्पिटलमा २० बेडको कोभिड अस्पताल विहिबार देखि सञ्चालनमा ल्याउने भएको छ । दैनिक कोरोना संक्रमितको संख्या बढ्न थालेपछि विजयपुर हस्पिटलमा कोभिड अस्पताल बनाउने निर्णय गरिएको हो । देशका प्रत्येक अस्पतालहरुलाई २० बेडको कोभिड अस्पताल बनाउन नेपाल सरकारले निर्देशन दिएको थियो । सोही निर्देशन बमोजिम धरान उपमहानगरपालिकाले विजयपुर अस्पतालमा २० बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याउनका लागि सामाजिक विकास मन्त्रालयमा सहयोग तथा समन्वय गरिदिने स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । अस्पताल सँग अनौपचारिक रुपमा धरान उपमहानगरपालिका बिच पटक पटक छलफल गरिएको थियो ।
विराटनगर । कोरोना संक्रमणको जोखिम झन् बढ्न थालेपछि मोरङका बैंक तथा वित्तीय संस्था साता भरका लागि बन्द हुने भएका छन् । नेपाल राष्ट्र बैंक प्रदेश कार्यालय विराटनगरले मोरङ जिल्लाका सबै बैंक तथा वित्तीय संस्थाहरु जेठ ११ गतेसम्मका बन्द गर्न पत्राचार गरेको छ । राष्ट्र बैंक विराटनगरका निर्देशक सत्येन्द्र तिमिल्सिनाद्वारा हस्ताक्षरित पत्रमा जिल्ला प्रशासन कार्यालय मोरङको आग्रह बमोजिम अत्यावश्यक बैंकिङ सेवा बाहेक अन्य सबै बैंकिङ क्रियाकलाप बन्द गर्न भनिएको छ । बैंक तथा वित्तीय संस्थाहरुसँग जारी निषेधाज्ञा अवधिभर अनलाइन बैंकिङ, एटिएम सेवा र अन कल सेवालाई व्यवस्थित गर्न भनिएको छ । जिल्ला प्रशासन कार्यालय
बराहक्षेत्र । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले आफ्नो निर्बाचन क्षेत्रमा स्वास्थ्य साम्रागी उपलब्ध गराएका छन् । केन्द्रीय सभापति शेरबहादुर देउवाले पार्टीका अगुवा कार्यक्रतालाई घर– घर गएर जनताको स्वास्थ्य अवस्था बुझ्न निर्देशन दिएको दुई दिन पछि मङलबार नै केन्द्रीय सदस्य कार्कीले आफ्नो क्षेत्रमा क्षेत्रीय समिति मार्फत वडा –वडामा कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति बनाएका थिए । समिती मार्फत उनले स्वास्थ्य सामग्री बितरण गर्न आग्रह गरेका छन् । सुनसरी क्षेत्र नं ४ बाट निर्वाचित पुर्ब अर्थमन्त्री समेत रहेका कार्कीले पहिलो चरणमा १५ सय मास्क र ८ सय पिस सेनिटाइजर
पथरी । कोरोनाको संक्रमण बढ्न थालेसँगै पालिका सरकारहरूको आ–आफ्नो कार्यक्षेत्राधिकार भित्र सक्रियता बढाउनै गएका छन् । पूर्वोत्तर मोरङको लेटाङ नगरपालिकाले आफ्ना नागरिकलाई संक्रमण हुन नदिन, संक्रमित भएकालाई व्यवस्थापन सहितको उपचारमा ध्यान दिन र मानवीय जनधनको क्षति हुन नदिन जिल्लामै पृथक निर्णय गरेको छ । नगर प्रमुख शंकर राईको अध्यक्षतामा सम्पन्न कार्यपालिका बैठकले दैनिक श्रम गरेर खाने कुराको जोहो गर्दै आएका नागरिकहरूको लागि खाद्यवस्तुको व्यवस्था सहित मंगलबार रातिदेखि लागू हुने गरी कडा लकडाउन कार्यान्वयनमा ल्याएको उपप्रमुख कृष्णकुमारी पोखरेल निरौलाले बताईन् । उपप्रमुख पोखरेलका अनुसार स्वास्थ
बेलबारी । दोस्रो चरणको कोरोना भाइरसको प्रकोप बढे सँगै बेलबारी नगरपालिकाले संक्रमितहरुको घर घरमा स्वास्थ्यकर्मी सहित आयुर्वेदिक औषधी बितरण गरेको छ । नगरभित्रका संङ्क्रमितहरुलाई घरघरमा पुगेर औषधि सहित उनीहरुको स्वास्थ्य अबस्था बुझ्न थालेको छ । आयुर्वेद औषधालयद्वारा कोरोना सङ्क्रमितहरुलाई रोग प्रतिरोधक क्षमता अभिवृद्धि तथा सामान्य लक्षणहरु न्यूनीकरणका लागि अश्वगन्धा चूर्ण, गर्जाेचूर्ण, सितोपलादी, यष्ठीमधू, त्रिकटु चूर्ण आदि वितरण गरिएको बेलबारी आयुर्वेद शाखा प्रमुख कुलानन्द यादवले बताए । औषधीसँगै स्वास्थ्यकर्मीहरुले संक्रमितहरुलाई रोकथाम तथा नियन्त्रण सम्बन्धी जानकारी गराएका थिए । औषधि बेलबारी
अहिले कोरोनाको दोस्रो लहर अर्थात भेरियन्ट चलिरहेको छ । पहिलोको भन्दा निकै खतरनाक तरिकाले कोरोनाको संक्रमण बढीरहेको छ भने यसको संक्रमित हुनेहरु निकै पिडादायी अबस्थाको सहन गर्न बाध्य छन् भने नेपालमा यसको मृत्युदर पनि बढी रहेको छ । कोरोनाको खोप लगाएका हरुपनि संक्रमित भईरहेका छन । विज्ञहरुको यसको अनुसन्धान र औषधीको खोजिमा लागेका छन् । तर अहिलेको तत्कालिन अबस्थामा भने आफु सुरक्षित हुनु र आफ्नो शरिरको रोगप्रतिरोधात्मक क्षमतालाई बढाउनु बाहेक अर्को विकल्प छैन । त्यसैले आज हामी यहाँ हाम्रो गाउघरमा हुने अलैची र बोजोको बारेमा ब्याख्या गर्दैछौ । यो सामाग्रि अलैची र बोजो माथि गरिएका रिसर्च,आयुर्बेदमा गरिएक
विराटनगर । प्रदेश १ मा कोरोना परीक्षणको लागि प्रयोग हुने किट तथा रिएजेन्ट अभाव हुन थालेको छ । अभावकै कारण एन्टीजेन टेष्ट बन्द भएको छ । खासगरी भारतीय नाका हुँदै प्रवेश गर्ने नागरिकहरुको एन्टीजेन परीक्षण गरी सम्बन्धित पालिका पठाइने गरेको थियो । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका सचिव गोबिन्दबहादुर कार्कीले प्रदेशका अस्पतालहरुमा किट अभावमा परीक्षण प्रभावित बनेको बताएका छन । कार्कीले भने,“एक दुई दिनभित्रै किट र रिएजेन्ट प्राप्त नभए कोरोना परीक्षण नै स्थगन हुने अवस्था भईसकेको छ ।” अहिले प्रदेश १ मा दैनिक २ हजार २ सय जनाको पीसीआर परीक्षण हुँदै आएको छ । सचिव कार्कीका अनुसार प्रदेश सरका
बराहक्षेत्र / कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले गरेको निषेधाज्ञाले अर्थतन्त्रको सम्पूर्ण हिस्सा नै प्रभावित बनेको छ । सबै क्षेत्रमा देखिएको प्रभावबाट कृषि क्षेत्र पनि अछुतो रहेन । लकडाउनको प्रत्यक्ष असर दूधबाट दैनिक आम्दानीमा निर्भर साना किसानहरूमा पनि परेको छ । शहर बजारमा दैनिक ज्यालादारी गर्ने श्रमिकको चिन्ता जतिकै गाउँबाट बजारमा लगेर दूध बेच्ने दूध व्यवसायीहरूमा पनि बेरोजगारीको चिन्ता बढ्दै गएको छ । यति बेला उनीहरु पनि अर्ध–बेरोजगार बनेका छन् । लकडाउनका कारण सम्पुर्ण होटल, व्यवसाय बन्द हुँदा पर्याप्त दूध खपत हुन सकेको छैन् । उत्पादन भएको ५० प्रतिशत दुधको व्यापारमा ह्रास
मेष = मनमा चिन्ताले सताउन सक्छ । शारीरिक पिडा बढ्न सक्छ । खानपिनमा सजक रहनुहोला । वादविवादले हानि पुर्याउने छ । बृष = साहसिक कार्यको थालनी हुनेछ । आर्थिक उन्नति बढेर जानेछ । संमानजनक कार्यमा अग्रसर भइनेछ । हितैशीसङ्ग भेटघाट बढ्नेछ । मिथुन = अध्ययन क्षेत्र सफल रहेको छ । आकस्मिक धन प्राप्ति हुन सक्नेछ । परिवारमा रमाइलो बढ्नेछ । हौसला बढेर जानेछ । कर्कट = अन्न धन आदिको लाभ हुन सक्नेछ । भोजनमा मन रमाउने छ । कामले संमान दिलाउने छ । कार्यमा उचित सहयोग प्राप्त हुनेछ । सिंह = अनावश्यक चिन्ताले सताउन सक्छ । बाधा अड्चनको बीचमा कार्य गर्नुपर्ने छ । स्वास्थमा समस्या आउन सक्छ । विवादमा नफस्नुहोला
इटहरी / नेपाल प्रेस युनियन सुनसरीले जिल्लामा रहेका कोरोना संक्रमित सञ्चारकर्मीहरुलाई घरमै गएर परामर्श दिने भएको छ । प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार जिल्लाका कोरोना संक्रमित सञ्चारकर्मीहरुलाई घरमै गएर डाक्टर, नर्ससहितको निस्शुल्क परामर्श दिने भएको हो । 'दोस्रो चरणको भेरियन्ट आइकन जिलामा झण्डै एक दर्जन सञ्चारकर्मी कोरोना संक्रमित भएका छन् । केही संक्रमितहरु अस्पतालमा उपचाररत छन् भने केही संक्रमितहरु घरमै आइसोलेट भएर बसेका छन्' अधिकारीले भने,'यसकारण हामीले घरमै आइसोलेट भएर बसेका संक्रमित सञ्चारकर्मीहरुलाई घरमै गएर डाक्टरद्धारा सेवा प्रवाह गर्न लागेका हौँ ' उनका अनु