संक्रमितको घरमै औषधी पु-याउदै स्थानीय सरकार

  • जेठ ६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

बेलबारी । दोस्रो चरणको कोरोना भाइरसको प्रकोप बढे सँगै बेलबारी नगरपालिकाले संक्रमितहरुको घर घरमा स्वास्थ्यकर्मी सहित आयुर्वेदिक औषधी बितरण गरेको छ । नगरभित्रका संङ्क्रमितहरुलाई घरघरमा पुगेर औषधि सहित उनीहरुको स्वास्थ्य अबस्था बुझ्न थालेको छ ।

आयुर्वेद औषधालयद्वारा कोरोना सङ्क्रमितहरुलाई रोग प्रतिरोधक क्षमता अभिवृद्धि तथा सामान्य लक्षणहरु न्यूनीकरणका लागि अश्वगन्धा चूर्ण, belbari ausadi गर्जाेचूर्ण, सितोपलादी, यष्ठीमधू, त्रिकटु चूर्ण आदि वितरण गरिएको बेलबारी आयुर्वेद शाखा प्रमुख कुलानन्द यादवले बताए ।

औषधीसँगै स्वास्थ्यकर्मीहरुले संक्रमितहरुलाई रोकथाम तथा नियन्त्रण सम्बन्धी जानकारी गराएका थिए । औषधि बेलबारीमा निर्माण गरीएको आइसोलेसनबाट बितरण गर्न शुरु गरीएको थियो । नगरवासिको जीवन बचाउनका लागि कुनै पनि कसर बाँकि नराखि काम गरीरहेको नगर प्रमुख सुबेदीले बताए । उनले भने, ‘हामीले कोरोनालाईनै लक्षीत गरेर अक्सिजन सहितको आइसोलेसन निर्माण गरेका छौ, अस्पताल सम्म लैजानु परे निःशुल्क एम्बुलेन्सको व्यवस्थापन गरेका छौ, आइसोलेनमा बस्दा लागेको सम्पुर्ण खर्च नगरपालिकाले नै ब्यहोर्छ ।’

विपी प्रतिष्ठानलाई ‘ ...

धरान/ वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ...

इटहरीमा बालुवा प्रशो ...

इटहरी/ इटहरी उपमहानगरपालिका–३ स्थित त्रिवेणी ...

मोडर्न प्रीपेरेटोरी ...

इटहरी/ विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी ट्राफिक स ...

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved