कांग्रेस नेता कार्कीद्वारा स्वास्थ्य सामग्री प्रदान

  • जेठ ६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

बराहक्षेत्र । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले आफ्नो निर्बाचन क्षेत्रमा स्वास्थ्य साम्रागी उपलब्ध गराएका छन् । केन्द्रीय सभापति शेरबहादुर देउवाले पार्टीका अगुवा कार्यक्रतालाई घर– घर गएर जनताको स्वास्थ्य अवस्था बुझ्न निर्देशन दिएको दुई दिन पछि मङलबार नै केन्द्रीय सदस्य कार्कीले आफ्नो क्षेत्रमा क्षेत्रीय समिति मार्फत वडा –वडामा कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति बनाएका थिए । समिती मार्फत उनले स्वास्थ्य सामग्री बितरण गर्न आग्रह गरेका छन् । सुनसरी क्षेत्र नं ४ बाट निर्वाचित पुर्ब अर्थमन्त्री समेत रहेका कार्कीले पहिलो चरणमा १५ सय मास्क र ८ सय पिस सेनिटाइजर उपलब्ध गराएका छन् भने पिपि समेत उपलब्ध गराउने तयारी भएको भएको क्षेत्रिय सचिब रमेश कार्कीले बताए । कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र गतिमा बढिरहेको अवश्थामा पछिल्लो समय सुनसरीमा सक्रमितको दर वृद्धि भइरहेको छ । भारतसँग खुल्ला सिमा जोडिएकाले जोखिम बढ्ने भन्दै क्षेत्र नं ४ का जनतालाई मास्क र सेनिटाइज अनिर्वाय प्रयोग गर्न समेत आग्रह गरिएको कार्कीले बताए ।

विपी प्रतिष्ठानलाई ‘ ...

धरान/ वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ...

इटहरीमा बालुवा प्रशो ...

इटहरी/ इटहरी उपमहानगरपालिका–३ स्थित त्रिवेणी ...

मोडर्न प्रीपेरेटोरी ...

इटहरी/ विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी ट्राफिक स ...

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved