Top 4

    Showing 8,081-8,090 of 9,409 items.
  • धरानमा खुल्यो नयाँ ब्युटि क्लिनीक

    धरान । धरानमा ब्युटिसियन बन्ने र पार्लरमा सेवालिनेहरुका लागि नयाँ ब्युटि क्लिनिक (पर्लार) खुलेको छ । धरान–१० स्थित पुतली लाईनको खहरे खेला पारी रहेको सिंहबाहिनी भगवती मन्दिरको ब्यबसायीक भवनमा सोमबारबाट आर्या ब्युटि आर्ट एण्ड एकेडेमी सुरुवात भएको हो । आर्या ब्युटिआर्ट एण्ड एकेडेमीको मङगलबार सरस्वती पुजाको अवसर पारेर धरान उपमहानगरपालिकाकी उप प्रमुख मञ्जु भण्डारी सुबेदीले उद्घाटन गरेकी छिन्। ३२ लाख रुपैया लगानी गरेर क्लिनक एबम एकेडेमी सञ्चालनमा ल्याइएको एकेडेमीकी सिइओ सीता मिश्रले जानकारी दिइन । उद्घाटन कार्यक्रममा शुभकामना मन्तब्य दिदै प्रमुख अतिथी सुबेदीले धरानमा स्तरिय ब्युटि क्निक तथा

    • प्रकाशित मितिः फागुन ४, २०७७
    • 1,244 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा खुल्यो सत्यम डेरी उद्योग

    धरान । धरानमा दुग्धजन्य उत्पादनको विक्री गर्न सत्यम डेरी उद्योगको खुलेको छ । धरान–९ स्थित आचार्य लाईनमा खुलेको उद्योगको उद्घाटन धरान उपमहानगरपालिका ९ नम्बर वडाका वडाध्यक्ष रत्न कटुवालले उद्योगको उद्घाटन गरेका थिए । उद्घाटन पछि बोल्दै कटुवालले स्थानीय उपभोक्तालाई दुग्धजन्य पदार्थहरु गुणस्तरिय र सुलभदरमा उपलब्ध गराउने विश्वास लिएको बताए । अहिले दुग्धजन्य पदार्थहरु गुणस्तरिय नहुने जनगुनासो आउने गरेको भन्दै उनले सत्यम डेरी उद्योगले त्यस्ता गुनासोहरुलाई आउने नदिने तर्फ आफुलाई स्थापित गर्ने विश्वास लिएको बताए । सत्यम डेरी उद्योगले धरानका आफ्ना उपभोक्तालाई दुधजन्य पदार्थको शुद्धतामा कमजो

    • प्रकाशित मितिः फागुन ४, २०७७
    • 1,566 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कष्टकर जीवन बिताउँदै साँधुहरू

    धरान/  ‘साधु’ संस्कृत शब्द हो । यसको सामान्य अर्थ ‘सज्जन व्यक्ति’ भन्नेहुन्छ । नेपाली बृहत् शब्दकोशमा यसको अर्थ ‘सांसारिक प्रपञ्च वा विषयासक्तिबाट टाढा रही परमार्थ चिन्तनमा जीवन बिताउने व्यक्ति’, ‘सन्त’,‘महात्मा’ लेखिएको छ । वर्तमान समयमा गेरू वस्त्र धारण गर्नेलाई साधु भन्ने गरिएको छ तर वास्तवमा साधुको मूल उद्देश्य समाजलाई पथप्रदर्शन गर्दै धर्मको बाटोमा हिँडेर मोक्ष प्राप्त गर्नु हो । साधना, तपस्या गरी वेदोक्त ज्ञानलाई संसारमा फैलाएर आफ्नो जीवनलाई त्याग र वैराग्यमा बिताउँदै ईश्वर भक्तिमा विलीन हुने व्यक्तिलाई साधु भन्ने गरिन्छ ।

    • प्रकाशित मितिः फागुन ३, २०७७
    • 979 पटक पढिएको
    • "गोबिन्द बस्नेत"
  • प्रविधिसँगै प्रेमको स्वरूप फेरियो

    धरान / कुनै बेला थियो, जब प्रेमलाई पूजा गरिन्थ्यो । प्रेम अभिव्यक्त गर्ने शैली फरक थियो । अहिलेजस्तो खुल्लमखुल्ला प्रेम गर्न गाह्रो थियो । प्रविधिको विकास नहुँदा प्रेमी–प्रेमिकाले लामो समयसम्म चिठीपत्रमै भलाकुसारी गर्थे भने भेटघाट कम हुने गथ्र्यो । त्यस बेला प्रेम अभिव्यक्त गर्ने मुख्य माध्यम ‘लभलेटर’ (प्रेमपत्र) र विद्युतीय र छापा सञ्चारमाध्यमबाट गरिने ‘पत्रमित्रता’ नै थिए । वर्षौंसम्म देखादेख हुँदैन थियो । फोटो हेरेर प्रेमी तथा प्रेमिकाको अवस्थाबारे अनुमान गर्नुपथ्र्यो । त्यस बेला नेपालमा भ्यालेन्टाइन डे मनाउने चलन थिएन । माया गर्ने निश्चित बार वा गते हुँद

    • प्रकाशित मितिः फागुन ३, २०७७
    • 819 पटक पढिएको
    • "गोबिन्द बस्नेत"
  • महेन्द्र माविमा स्कुल बस थन्किएको थन्कियै

    वराहक्षेत्र/  वराहक्षेत्र–६ को चक्रघट्टीस्थित महेन्द्र माध्यमिक विद्यालयलाई भारत सरकारले उपहारस्वरूप प्रदान गरेको स्कुल बस नौ वर्षयता ग्यारेजमा थन्क्याएर राखिएको छ । भारतले आफ्नो स्वतन्त्रता दिवसको अवसरमा २०६५ सालमा विद्यालयलाई बस उपहार दिएको थियो । पछिल्लो समय निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न दाताहरूको सहयोग लिएर भए पनि सामुदायिक विद्यालयहरूले स्कुल बस चलाउन थालेका छन् ।तर महेन्द्र माविले भने सहयोगस्वरूप प्राप्त भएको स्कुल बस पनि सञ्चालन गर्न सकेको छैन ।प्रारम्भिक केही वर्षहरूमा को.१ क १०८५ नम्बरको बसले विद्यार्थीहरूलाई परीक्षा केन्द्रसम्म पु-याउने काम गरेको थियो । अहिले भने व्य

    • प्रकाशित मितिः फागुन ३, २०७७
    • 1,334 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटाको महालक्ष्मी नगरपालिकामा मेयरकप शुरु

    धनकुटा÷ धनकुटाको महालक्ष्मी नगरपालिकामा शुक्रबार देखि दोस्रो मेयर शुरु भएको छ ।१६ टिम सहभागि रहेको खेलको नगरपालिकाका मेयर पर्शुराम नेपालले उद्घाटन गरेको हुन् । पहिलो दिन भएको २ खेलमा अयोजक जितपुर रातो र मार्गा पोखरी बिजय भएका थिए । आयोजक जितपुर रातो ले २ र ० गोल अन्तरले बिजयी भएको थियो । त्यस्तै दोश्रो खेलमा धनकुटा न.पा.१० मार्गा पोखरी र छथर जोरपाटी गा.पा.१ बीच भएको खेलमा टाइब्रेकरको आधारमा छथर जोरपार्टी ८ र ७ गोलले पराजित भएको थियो । त्यसैगरी शनिवारको पहिलो खेलमा साहारा क्लब अर्खौले र महालक्ष्मी नगरपालिका २ बिच भयको खेलमा साहारा क्लब अर्खौलेलाइ ५ –१को गोल अन्तर ले पराज

    • प्रकाशित मितिः फागुन २, २०७७
    • 1,093 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेकपा ओली समुहद्वारा सुनसरी जिल्ला कमिटी विस्तार

    धरान नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समुहको जिल्ला कमिटी विस्तार गरेर सपथ ग्रहण गरेको छ । नेकपा ओली समुहले रेवतीरमण भण्डारीको अध्यक्षतामा साविकको जिल्ला कमिटीलाई विस्तार गरि ४ सय ६७ सदस्यीय बनाएको हो । नेकपामा साविक १६७ सदस्यीय जिल्ला कमिटी थियो । सोही कमिटीलाई विस्तार गरिएको ओली समुहले जनाएको छ । कमिटीको उपाध्यक्षमा निलम खनाल, सचिवमा पर्शुराम यादव र सह–सचिवमा लिलम बस्नेत छन् । यस्तै, संगठन विभाग प्रमुखमा योग्यराज खड्का र कार्यालय सचिवमा राम कोइराला छन् । कमिटीको आज शनिबार इनरुवामा सपथ ग्रहणसमेतभएको छ । यसैगरि, पदाधिकारीसहित ११ जनाको कार्यालय गठन गरिएको छ । पदाधिकारीहरुबाहेक का

    • प्रकाशित मितिः फागुन २, २०७७
    • 809 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मेघा कलेजद्वारा धरानका उत्कृष्ट विद्यार्थीलाई सम्मान

    धरान / कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विभिन्न विद्यालयका विद्यार्थीहरूलाई धरान–१२ चतरलाइनस्थित मेघा कलेजले सम्मान गरेको छ ।कलेजले शनिबार एक कार्यक्रमको आयोजना गरी उनीहरूलाई सम्मान गरेको हो । मेघा कलेजले धरान उपमहानगरभित्रका ६ वटा विद्यालयका ६ जना विद्यार्थीहरूलाई खदा र उपहारसहित सम्मान गरेको हो । विद्यार्थीहरूलाई प्रोत्साहनका लागि सम्मान गरिएको हिमालयन मेघा कलेजका अध्यक्ष कैलाश लिम्बूले जानकारी दिए । सम्मानित हुने विद्यार्थीहरूमा चिराग श्रेष्ठ, मेनुका दर्जी, सपना चाम्लिङ, सदीक्षा गुरागाईं, डम्बरकुमारी खत्री र ज्योति सोनाका छन् । उनीहरू आफ्नो विद्यालयका उत्कृष्ट विद्या

    • प्रकाशित मितिः फागुन २, २०७७
    • 1,034 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘ओली नसच्चिए सडक आन्दोलन चर्किन्छ’

    इटहरी/ नेकपा (प्रचण्ड–नेपाल समूह) का अध्यक्ष माधवकुमार नेपालले काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले आप्mनो कदमलाई तत्काल नसच्याए आगामी दिनमा सडक आन्दोलन चर्किने बताएका छन् । अध्यक्ष नेपालले शनिबार सञ्चारकर्मीहरूसँग बोल्दै यस्तो बताएका हुन् । २६ औँ जनयुद्ध दिवसको अवसरमा इटहरी–१९ को भवानीपुरस्थित शहीद स्मृति आवासीय माध्यमिक विद्यालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधनपछि उनी सञ्चारकर्मीहरूसँग बोल्दै थिए । त्यसक्रममा उनले प्रम ओलीले संविधान मिच्दै संसद् विघटन गरेर मुलुकलाई दुर्घटनाको खाडलमा पु¥याएको र यसले गर्दा वर्तमान राजनीतिक अवस्था नै गञ्जागोल बन्न पुगेको धारणा राखे । मुल

    • प्रकाशित मितिः फागुन २, २०७७
    • 1,023 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • युएन कलेजद्वारा प्रदेश १ मा पहिलो र तेस्रो हुने विद्यार्थीहरुलाई नगदसहित सम्मान

    धरान/ धरान १६ स्थित युएन नवोदय कलेजले विएचएम संकायतर्फका प्रदेश १ पहिले तथा तेस्रो हुने विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । कलेजले शुक्रबार एक कार्यक्रमको आयोजना गरि प्रदेश १कै विएचएम पहिलो सेमेस्टरमा पहिलो भएकी ऋतु राई,दास्रो सेमेस्टरमा पहिलो भएकी स्टेला मेन्याङ्गवो र दोस्रो सेमेस्टरबाटै प्रदेश १ कै तेस्रो भएकी दिला नेम्वाङलाई सम्मान गरेको हो । पहिले र तेस्रो हुने विद्यार्थीहरुलाई कलेजले क्रमशः नगद रु २५हजार ,१० हजार र सम्मान पत्र प्रदान गरेको थियो । प्रथम हुने ऋतु र स्टेलाले समान ३.६९ जिपिए अंक ल्याएका थिए भने तेस्रो हुने दिलाले ३.६२ जिपिए ल्याएका थिए । कार्यक्रममा बोल्दै कलेज प्रमुख

    • प्रकाशित मितिः माघ ३०, २०७७
    • 1,360 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved