विद्यालयको नयाँ शैक्षिक सत्र आज देखि शुरु हुँदै

  • असार १, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । कोरोना संक्रमणका कारण भौतिक उपस्थितीमा पठनपाठन हुन नसके पनि विद्यार्थीहरुको नयाँ शैक्षिक सत्र आज बाट शुरु हुदै छ ।

सरकारको परिपत्र अनुसार विद्यालय तहको कक्षा १० सम्म अध्ययन गर्ने देशभरका विद्यार्थीको नयाँ शैक्षिक सत्र आजबाट सुरु गरिने भएको हो । विद्यालयहरुले विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन पूरा गरी नतिजा प्रकाशन गरेर असार १ देखि नयाँ शैक्षिकसत्रको भर्ना अभियान सुरु गर्दै छन् ।

असार १ देखि विद्यालयले विद्यार्थीको नयाँ कक्षामा अभिलेखीकरण कार्य सुरु गर्नुपर्ने, अनलाइन, टेलिफोन या अन्य कुनै माध्यमबाट विद्यार्थीको कक्षामा अभिलेखीकरण कार्य विद्यालयले गर्नेछन् ।

असार १५ सम्म विद्यार्थीको अभिलेखीकरण कार्य पूरा गरेर विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने जिम्मेवारी विद्यालयले पूरा गर्नुपर्नेछ । विद्यार्थीको अभिलेखीकरणपछि वैकल्पिक सिकाइ प्रणालीबाट बालबालिकाको सिकाइलाई निरन्तरता दिइने छ । विद्यालयले आफ्नो नजिकको बिक्रेताबाट खरिद गरेर विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने बताईएको छ ।

कोरोना संक्रमण सामान्य नभएसम्म वैकल्पिक विधिको माध्यमबाट विद्यार्थीको सिकाइ सहजीकरण कार्य जारी रहने जनाइएको छ । अवस्था सामान्य भएपछि विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा लिनका लागि सूचित गरिने र अहिलेलाई वैकल्पिक विधिकै माध्यमबाट विद्यार्थीको सिकाइलाई निरन्तरता दिनुपर्ने छ ।

धरानबाट जङ्गलतर्फ लग ...

सुनसरी/ धरानबाट कालाबञ्जारतर्फ जङ्गल हुँदै गइरहेको अवस् ...

अध्यारोबाट उज्यालोतर ...

धरान/नेपाली यातायात श्रमिक आन्दोलनको एक ऐतिहासिक मितिका ...

मेची भन्सार कार्यालय ...

झापा/ मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ क ...

धरानको बजेट प्रक्रिय ...

धरान/लामो समयपछि धरान उपमहानगरपालिकाको आगामी आर्थिक वर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved