‘वीपीलाई विश्वविद्यालय बनाउन भिसि किन हतारिए ?’ "पहिला प्रतिष्ठान बलियो बनाउँ : चिकित्सक"

  • असार १, २०७८
  • "दिनेश गजमेर"
alt

धरान । कोरोनाको महामारीकै बिचमा धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिमा नियुक्ति भएको ३ महिना नबित्दै डा. ज्ञानेन्द्र गिरीले प्रतिष्ठानलाई पुर्ण विश्वविद्यालय बनाउने निर्णय गराए ।

कोरोना महामारीमा संक्रमित भएका बिरामीहरुलाई प्रतिष्ठानबाट दिइने स्वास्थ्य उपचारको सेवालाई प्रभावकारी बनाउनुको साटो उनी प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन हतारिए । दैनिक जसो कोरोना संक्रमितहरु बढ्दै गएको अवश्थामा कोभिड अस्पताल शुरु गरेर उनी प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने निर्णय गराउन काठमाण्डौं धाइरहे । गत साउन ३० गते बसेको सञ्चालक परिषद् (सिनेट) बैठकले प्रतिष्ठानलाई विश्वविश्वविद्यालय बनाउने निर्णय पारित गरेको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन उपकुलपति डा. गिरी किन हतारिए प्रतिष्ठानकै प्रोफेसर, चिकित्सकहरु आशंकित बनेका छन् । सिनेटमा प्रस्तुत हुने कुनै पनि विषयहरु प्रतिष्ठानको कार्यकारिणी समितीमा छलफल गर्नु पर्ने हुन्छ । तर गिरीले कुनै पनि छलफल नै नगरी सिधै सिनेटमा विश्वविद्यालय बनाउने प्रस्तावलाई निर्णय गराएका थिए । प्रतिष्ठानलाई विश्वविद्यालय बनाए पछि झापाको बिएण्डसी अस्पतालाई सम्बन्धन दिने तयारी भइरहेको चर्चा चलिरहेको छ । प्रधानमन्त्री, स्वास्थ्यमन्त्री सँग उपकुलपति पनि सम्बन्धन दिने विषयमै छलफल गर्न काठमाण्डौं पुगेका छन् ।

प्रतिष्ठानका विभागिय प्रमुख तथा चिकित्सकहरु विश्वविद्यालयमा परिणत गर्नुपर्ने कुनै आवश्यक्ता नरहेको बताउँछन् । विश्वविद्यालय बनाउन उपकुलपतिको हतारो प्रति शंसकित बनेका छन् । ‘प्रतिष्ठान भित्रका सरोकारवालाहरु सँग आवश्यक छलफल नै नगरी विश्वविद्यालय बनाउन किन हतार भयो ?’ प्रतिष्ठानका चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजका अध्यक्ष डा. विष्णु पोखरेल प्रश्न गर्छन् । उनी भन्छन्, ‘वीपी प्रतिष्ठानलाई विश्वविद्यालय बनाइयो भने फाइदा एउटै मात्रै हो, त्यो भनेको सम्बन्धन दिन पाउँछ, अन्य फाइदा के हुन्छ ?’

विश्वविद्यालय बने पछि सरकारले बजेट थप गरिदिने भनिए पनि प्रतिष्ठानको समस्या बजेट मात्रै नभएको उनको भनाई छ । २५ वर्ष देखि संचालन भइरहेको प्रतिष्ठानले कति लक्ष्य प्राप्ति गर्यो भन्ने विषयमा समिक्षा गरेर अघि बढ्नु पर्ने अवश्थामा उपकुलपतिले हतारमा विश्वविद्यालय बनाउन लागेको उनको आरोप छ । उनले भने, सम्बन्धन दिने काम देखि बाहेकमा काम त अहिले पनि गरिराखेको छ, २५ वर्ष संचालन भइसके पछि कति प्रतिशत लक्ष्य प्राप्त गरको विषयमा समिक्षा हुनुपर्छ, त्यस पछि के गर्ने भन्ने विषयमा अघि बढ्नु पर्ने हो, यही भएका सरोकारवालाहरु सँग छलफल गर्नुपर्ने हुन्छ । विश्वविद्यालय नहुँदा त प्रतिष्ठानलाई व्यापारी देखि राजनितिक दबाब आएर गाह्रो बन्दै गइरहेको अवश्थामा बने पछि थेग्न नसक्ने उनको दाबी छ ।
विश्वविद्यालयका लागि गुरुयोजना नबनाई अर्को संस्थामा परिवर्तन गर्नुनहुने उनी बताउँछन् । उनी भन्छन्, ‘किन हतार गरियो, न यहाँ विभागीय प्रमुखलाई सोधिएको छ, न त पुर्व उपकुलपतिहरु सँग छलफल नै गरिएको छ, प्रतिष्ठानमै सिनेटरहरु सँग छलफल भएको छैन, फाइदा र बेफाइदाको विषयमा कुनै छलफल भएको छैन् ।’ योजना बिना विश्वविद्यालय बनाउन अघि सार्दा अहिलेको अवश्थामा भन्दा पनि नराम्रो हुन सक्ने उनी बताउँछन् ।

उपकुलपति डा. गिरीले प्रा.डा. प्रल्हाद कार्कीको संयोजकत्वमा बनाएको सल्लाहाकार समितीले प्रतिष्ठानका विभागिय प्रमुखहरु सँग छलफल गरेको थियो । तर विभागिय प्रमुखहरुले अहिले बेला नभएकाले बरु प्रतिष्ठानलाई सुधार गर्ने तर्फ लाग्न सल्लाह दिएका थिए । यदी गर्ने नै भए पर्याप्त छलफल गरेर ऐन संशोधन गर्न पनि सुझाव दिएका थिए । तर उपकुलपतिले हतार हतार बाहिरका एक वकिललाई विश्वविद्यालयका लागि ऐन बनाउन लगाएका थिए ।

चिकित्सकहरुका अनुसार विश्वविद्यालयले ५ वटा सम्म कलेजलाई सम्बन्धन दिन पाउने व्यवस्था छ । सम्बन्धन दिएका कलेजहरुबाट एक विद्यार्थी वापत १ लाख रुपैया सम्म पाउँछन् । एउटा कलेजबाट वार्षिक १ करोड रुपैया नै आए पनि वार्षिक ५ करोड रुपैया प्राप्त हुन्छ । वार्षिक ५ करोड रुपैयाको लागि प्रतिष्ठानले कलेजहरुको जिम्मेवारी थेग्न नसक्ने चिकित्सकहरुको भनाई छ । सम्बन्धन दिने भन्दा पनि आम्दानीका स्रोतहरु फार्मेसी, रेडियोलोजि, ल्याबहरुलाई व्यवस्थित गर्नुपर्नेमा उनीहरुको जोड रहेको छ ।

प्रतिष्ठानको अहिलेको तरल अवश्थामा विश्वविद्यालय बनाउन खोज्नुमा केही गलत मनसाय देखिएको वेलफेयर सोसाइटीका महासचिव समेत रहेका डा. एसपी रिमाल पनि बताउँछन् । उनी भन्छन्, ‘अहिलेको यो तरल अवश्थामा, प्रतिष्ठानले अहिलेको अवश्थालाई नै पनि बहन गर्न नसकिरहेको विभिन्न टिकाटिप्पणी उठिरहेको बेला कुनै अमुक संस्थालाई सम्बन्धन दिने हल्ला चलिरहेको अवश्थामा युनिभर्सिटी बनाउन तर्फ लाग्नु अनुचित मनसाय हो, त्यो गलत हुन्छ ।’

प्रतिष्ठानको लक्ष्य, उद्देश्य अनुसार विश्वविद्यालय बनाउनमा दुई मत नभए पनि अहिलेको संरचनामा विश्वविद्यालय तर्फ उन्मुख हुँदा थप अवश्था लथालिङ्ग हुँदैन भन्नेमा विश्वस्त हुन नसकिने उनको भनाई छ । उनी भन्छन्, ‘यहाका फ्याकल्टीहरुको ३ वर्ष देखि प्रमोशन नै गराएको छैन्, सामान्य भन्दा सामान्य व्यवस्थापन पनि गर्न नसक्ने प्रतिष्ठानको अहिलेको संरचनामा युनिभर्सिटी बनाएर झन लथालिङग अवश्थामा पुग्दैन भनेर भन्ने अवश्था छैन्,प्रतिष्ठानमा भएका कुराहरुलाई नियमित गर्न सक्दैन, तिनीहरुले प्रतिष्ठानलाई युनिभर्सिटि बनाएर त्यसलाई त्यही अनुसार चलाउन सक्छ भन्नेमा चै हाम्रो आशंका छ ।’ राज्यले अपनत्व महशुष गरेर मन्त्रीस्तरिय छलफलबाट अघि बढाउदै नियमसंगत अनुसार बनाउनेमा कुनै आपत्ति नरहने उनी बताउँछन् ।

साँगुरीगढीमा दुईदिने ...

धनकुटा/ साँगुरीगढी गाउँपालिका र नोबेल मेडिकल कलेज, विरा ...

विपद् व्यवस्थापनमा अ ...

वराहक्षेत्र/ बाढी, कटान, डुबान र महामारीजस्ता विभिन्न प ...

पत्रकारिताबाट राजनीत ...

धरान/  लामो समय पत्रकारितामा सक्रिय रहँदै आएक ...

कृषि पकेट क्षेत्रको ...

धरान/  धरान उपमहानगरपालिका वडा नं. ४, ५, ६ र २० ला ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved