धरान । मेरुदण्ड भाचिएर अपाङ्गता भएकी धरान ४ की एक वृद्धालाई धरान ८ स्थित अपाङ्ग पुनस्र्थापना तथा असहाय सहयोग केन्द्रले खाद्यान्न सहित एक थान पंखा सहयोग गरेको छ ।
केही वर्ष अघि देखि मेरुदण्ड भाचिएर थलिएकी धरान ४ की सिता राईलाई केन्द्रले सोमबार एक थान पंखा सहित खाद्यान्न सहयोग गरेको हो । भोजपुर हतुवागढी स्थायी घर भएकी उनी विगत ६ वर्ष देखि धरान ४ मा भाडामा बस्दै आएकी छिन् । परिवार हतुवागढीमै रहे पनि उनी छोरी सँग बस्दै आएकी हुन् । कोरोनाको महामारीले छोरीको कमाई पनि ठप्प भए पछि अवश्था नाजुक बन्दै गएको छ । केन्द्रका सदस्य रमेश गजमेरको पहलमा उनलाई खाद्यान्न सहित एन थान पंखा सहयोग गरिएको केन्द्रका निर्देशक सुनिल खड्काले बताए ।
राईको मेरुदण्ड भाचिएर स्टिल लगाइएको छ । ३ वर्ष अघि नै उनको स्टील निकाल्नु पर्ने थियो तर आर्थिक अभावका कारण उपचारमा समस्या भए पछि स्टिल निकाल्न पाएकी छैनन् । उनको अप्रेसनका लागि केन्द्रले ५० हजार रुपैया सहयोग गर्ने भएको छ । कोरोना महामारी सकिए पछि उनको अप्रेशनका लागि तयारी गरिने पनि केन्द्रका निर्देशक खड्काले बताए ।