धरान/ धरानको भोटेपुलबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। बुधबार राति करिब १०ः३० बजे इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी बरगाछीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले धरान–८ भोटेपुलमा हिँडिरहेका २८ वर्षीय बुद्ध लिम्बुलाई शंकास्पद अवस्थामा फेला पारी खानतलासी गरेको थियो। खानतलासीका क्रममा लिम्बुको साथबाट ट्रामोल १७० क्याप्सुल, स्पास्पेन १७० ट्याब्लेट र कोलिबान ५० ट्याब्लेट गरी जम्मा ३९० थान लागूऔषध फेला परेको प्रहरीले जनाएको छ। लागूऔषधसहित पक्राउ परेका लिम्बुलाई इलाका प्रहरी कार्यालय धरानमा ल्याई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको
सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ उल्टीमोडबाट प्रहरीले ३०४ ग्रामभन्दा बढी ब्राउन सुगरसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहारको अररिया जिल्ला पतरा पञ्चायत–६ का १९ वर्षीय ईस्मत उल्हा रहेका छन्। बुधबार साँझ करिब ७ः३० बजे दक्षिणबाट उत्तरतर्फ पैदल आउँदै गरेका उल्हालाई शंकाका आधारमा खानतलासी गर्दा ब्राउन सुगर ३०४ ग्राम ११० मिलिग्राम पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर, शाखा कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका उल्हालाई जिल्ला प्रह
झापा/झापाको मेचीनगरमा एक महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा फरार रहेका ललितपुरका एक पुरुषलाई प्रहरीले काकडभिट्टाबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१६ का करिब ४७ वर्षीय प्रवेक डंगोल रहेका छन्। प्रहरीका अनुसार २०८२ साल फागुन २५ गते राति मेचीनगर नगरपालिका–१३ चारआलीस्थित ओझा होटलमा ३२ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा डंगोलविरुद्ध मुद्दा दर्ता भएको थियो। घटनापछि उनी फरार रहेका थिए। अनुसन्धानका क्रममा प्रहरीले उनको खोजी तीव्र बनाएको थियो। सोही क्रममा २०८३ साल साउन २६ गते दिउँसो करिब ३ बजे डंगोल भारतबाट नेपालतर्फ आउँदै गरेको गोप्य सूचना प्रहरीले प्राप
दमक/ झापाको दमकमा लागूऔषध खैरो हेरोइन सहित एक युवक पक्राउ परेका छन्। दमक नगरपालिका–२ का २९ वर्षीय सन्तोष थापालाई लागूऔषध कारोबार गरिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। प्रहरीका अनुसार मंगलबार राति करिब ९ बजे प्रहरी नायब निरीक्षक खगेन्द्र डाँगीको कमाण्डमा खटिएको सादा पोसाकसहितको टोलीले थापाको कोठामा खानतलासी गर्दा प्लास्टिकका स–साना पोका बनाएर लुकाइराखेको अवस्थामा खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला पारेको थियो। बरामद पदार्थको तौल प्लास्टिकसहित १० ग्राम ९२० मिलिग्राम र प्लास्टिकबाहेक ६ ग्राम १७० मिलिग्राम रहेको प्रहरी
धरान/ सुनसरीको धरानमा प्रहरीले ब्राउन सुगरजस्तो देखिने लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। मंगलबार राति करिब ११ः३० बजे धरान उपमहानगरपालिका–१९ स्थित हरियाली चोकमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पैदल हिँडिरहेका दुई जनालाई शंका लागी चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा धरान–१० का १७ वर्षीय इमन तेम्बे र धरान–११ का ३३ वर्षीय अमृत लिम्बुको साथबाट ब्राउन सुगर ०.६६ ग्राम फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले उक्त पदार्थसहित दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा ल्याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
धरान/ जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका लागूऔषध मुद्दाका कैदीलाई प्रहरीले धरानबाट पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान धरान–७ स्थित डेराबाट भारतको भागलपुर, बिहान थाना हबिपुर घर भएका ३२ वर्षीय मो. सहजादालाई पक्राउ गरेको हो। सुनसरी जिल्ला अदालत इनरुवाको फैसलाअनुसार सहजादालाई लागूऔषध मुद्दामा ३ वर्ष ६ महिना कैद र १ लाख ४० हजार रुपैयाँ जरिवाना तोकिएको थियो। सजाय भुक्तानका क्रममा उनी झुम्का कारागारमा रहेका थिए। तर २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएपछि प्रहरीले उनको खोजी गरिरहेको थियो। खो
भद्रपुर/ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) झापाले भद्रपुर नगरपालिका–२ महारानी चोककी इन्द्रमाया खातीका लागि तीन कोठे घर निर्माण गरी हस्तान्तरण गरेको छ । जिल्लाका १५ वटै स्थानीय तहमा विपन्न नागरिकका लागि घर निर्माण गर्ने अभियानअन्तर्गत नेकपाले इन्द्रमायाको घर निर्माण गरेको हो । (आज) साेमबार आयोजित घर हस्तान्तरण कार्यक्रममा नेकपाका काेशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले इन्द्रमायालाई घरको चाबी हस्तान्तरण गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आङ्बोले संविधान निर्माणका क्रममा आवासको अधिकारलाई मौलिक हकका रूपमा समावेश गरिएको बताउनुभयो । कम्युनिस्ट सरकार भएका बेला विपन्
सुनसरी/ नेपालगन्जमा बजार अनुगमनका क्रममा ग्यास लुकाएको आरोपमा एक किराना पसल सञ्चालकलाई ५० हजार जरिवाना गरिएको छ। बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा आइतबार गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो। ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ,ु सहायक प्रजिअ गुरूङले भने। उनका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर लुकाएर राखेको अवस्थामा भेटिएको थियो। उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार सो ग्यास पसललाई ५० हजार जरिवाना गरिएको हो । अनुगमन टोलीले किर
धरान/ जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले धरानबाट पक्राउ गरेको छ। लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका धनकुटाको साँगुरीगढी गाउँपालिका–९ का ३५ वर्षीय भुपाल राईलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–११ स्थित सगरमाथा टोलबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार राई झुम्का कारागारको लगत नं. ४०६८ तथा मुद्दा नं. ०८१–CL–१३५६ अन्तर्गत लागूऔषध मुद्दामा थुनामा रहेका थिए। गत २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा उनी झुम्का कारागारबाट फरार भएका थिए। फरार कैदीको खोजतलासका क्रममा प्रहरीले उनलाई २०८३ साउन २३ गते राति ११ः५० ब
बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं ६ र ९ मा पर्ने श्रीलंका टप्पु स्थित चिलैया तर्फ सप्तकोशी नदिले तिब्र रुपमा कटान गर्दा टप्पुका स्थानियहरु त्रषित बनेका छन् । सप्तकोशी नदिले बराहक्षेत्र नगरपालिका बडा नं ६ र ९ चिलैया टप्पु क्षेत्र लगायताका ठाँउबाट बस्तितर्फको भु-भाग दैनिक रुपमा ५ सय मिटर जमिन कटान गरिरहेको छ । कोशी नदीको पानिको बहाब घट्ने , बढ्ने कारण पानीको छालले बलौटे माटो खोत्लने कार्य तिब्र हुने गरेको स्थानीय अर्जुन चन्द्रवशीले बताए । सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श्रीलङ्का टापुमा कटान तीव्र बन्दै गएपछि साउन ५ गतेबाटै बराहक्षेत्र नगरपालिका र उदयपुरको बेलका नगर