खैरो हेरोइनसहित २९ वर्षीय युवक पक्राउ

  • साउन २७, २०८३
  • कोशीपत्र/संवाददाता
alt

दमक/ झापाको दमकमा लागूऔषध खैरो हेरोइन सहित एक युवक पक्राउ परेका छन्।

दमक नगरपालिका–२ का २९ वर्षीय सन्तोष थापालाई लागूऔषध कारोबार गरिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार मंगलबार राति करिब ९ बजे प्रहरी नायब निरीक्षक खगेन्द्र डाँगीको कमाण्डमा खटिएको सादा पोसाकसहितको टोलीले थापाको कोठामा खानतलासी गर्दा प्लास्टिकका स–साना पोका बनाएर लुकाइराखेको अवस्थामा खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला पारेको थियो।

बरामद पदार्थको तौल प्लास्टिकसहित १० ग्राम ९२० मिलिग्राम र प्लास्टिकबाहेक ६ ग्राम १७० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलबाट डिजिटल तराजु एक थान र नगद १४ हजार ५ सय रुपैयाँसमेत बरामद गरेको छ।

लागूऔषधसहित पक्राउ परेका थापालाई इलाका प्रहरी कार्यालय दमकमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उक्त स्थान इलाका प्रहरी कार्यालय दमकबाट करिब ३ दशमलव ५ किलोमिटर उत्तर–पश्चिममा पर्छ।

बलात्कार आरोपमा फरार ...

झापा/झापाको मेचीनगरमा एक महिलामाथि जबरजस्ती करणी गरेको ...

धरानमा दुई जना ब्रा ...

धरान/ सुनसरीको धरानमा प्रहरीले ब्राउन सुगरजस्तो दे ...

धरानमा लुकेर बसेका झ ...

धरान/  जेनजी आन्दोलनका क्रममा झुम्का कारागारब ...

विपन्न इन्द्रमायाका ...

भद्रपुर/  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) झापाले ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved