३०४ ग्राम ब्राउन सुगरसहित भारतीय युवक पक्राउ

  • साउन २८, २०८३
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ उल्टीमोडबाट प्रहरीले ३०४ ग्रामभन्दा बढी ब्राउन सुगरसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत बिहारको अररिया जिल्ला पतरा पञ्चायत–६ का १९ वर्षीय ईस्मत उल्हा रहेका छन्।

बुधबार साँझ करिब ७ः३० बजे दक्षिणबाट उत्तरतर्फ पैदल आउँदै गरेका उल्हालाई शंकाका आधारमा खानतलासी गर्दा ब्राउन सुगर ३०४ ग्राम ११० मिलिग्राम पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर, शाखा कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका उल्हालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

९१५ किलो गाँजासहित च ...

धरान/ सुनसरीको इनरुवामा ९१५ किलोभन्दा बढी गाँजा सह ...

देव कुमारी-शिव प्रसा ...

विराटनगर/ ७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्र ...

धरानको भोटेपुलमा ट्र ...

धरान/ सुनसरीको धरान–८ भोटेपुलस्थित कोशी लोकम ...

कारागारको गेटमै समात ...

धरान/मोरङको विराटनगरस्थित कारागारमा लागुऔषध छिराउन खोज् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved