विराटनगर/ प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकाका सात वटा वडामा दैनिक संक्रमण दर शुन्यमा झरेको छ । महानगरमा जम्मा १९ वटा वडा रहेका छन् । कोभिड १९ को पहिलो लहरमा निक्कै प्रभावित देखिएको विराटनगर महानगरपालिकामा दोस्रो लहरको संक्रमण केही मथ्थर भएजस्तो देखिएको छ । तर, चिकित्सकले जोखिम उत्तिकै कायम रहेकोले हेलचेक्र्याईं नगर्न सुझाव दिएका छन् । विराटनगरमा तुलनात्मक रुपमा प्रदेशका अन्य सहरको तुलनामा दैनिक संक्रमितको संख्या पनि घट्दो क्रममा पुगेको छ । साउन तेस्रो साताका पछिल्लो पाँच दिनको तथ्यांकले वडा नम्बर १३, १४, १५, १६, १७, १८ र १९ मा कोरोना संक्रमण शुन्यमा झरेको हो । संक्रमणको दर घटेपनि
धरान/ असार १ गते देखि आन्दोलनमा रहेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा शिक्षक, कर्मचारीले उठाउँदै आएको उपकुलपति डा. ज्ञानेन्द्र गिरीको प्राज्ञिकता माथिनै प्रश्न उठाएका थिए । आन्दोलनरत पक्षको मागलाई सम्बोधन गर्दै स्वास्थ्य राज्यमन्त्रीले प्राज्ञिकताको प्रमाणपत्र बुझाउन एक साताको समय दिएका थिए ।स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आन्दोलनरतपक्षले उठाउदै आएको प्राज्ञिताकाको सवालमा सातदिन भित्र स्पष्ट कागजातसहित बुझाउन निर्देशन दिए पनि उनले प्राज्ञिताको प्रमाणपत्र बुझाउन सकेका छैनन् । सातदिनको समयसीमा मंगलबार सिद्धिएको छ । उनको प्राज्ञिकताको विषयमा नै प्रश्नचिन्ह लाग
धरान/ छिमेकीको कुटाईले मानसिक सन्तुलन गुमाएकी कानेपोखरी–५ मोरङकी शोभा दर्जी (डुकुमाया तामाङ) औषधीको रकम तिर्न नसक्दा समस्यामा परेकी छिन् ।करिब ३ महिना वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराएर सामान्य स्वास्थ्य सुधार आए पनि औषधीको खर्च भने तिर्न समस्या भएको छ । पिडकहरुले पनि कुनै वास्ता नगरे पछि औषधीको खर्च तिर्न दर्जीको परिवारलाई धौं धौं परेको छ । ३ महिनाको उपचारका क्रममा उनलाई आइसियुमा करिब २० दिन राखिएको थियो । महिला सञ्जालकी अध्यक्ष चेतना श्रेङको पहलमा एक स्थानीय औषधी पसलबाट दबाई व्यवस्थापन गरिएको थियो । उनको सम्पुर्ण औषधी खर्च करिब ४ लाख नाघेको छ । दर्जी डिस्चार्
इटहरी/ सुनसरीको इटहरीमा फेरी डोजर आतंक शुरू भएको छ । स्थानीयतहको निर्वाचनबाट निर्वाचित भए लगत्तै सार्वजनिक जग्गा खोजि अभियान चलाएका मेयर द्वारिकलाल चौधरीले पुनः इटहरीमा डोजर आतंक शिर्जना गरेका हुन् । मंगलबार एक व्यवसायीको नीजि जग्गामा बनेको भौतिक संरचना माथि डोजर लगाएर भत्काएपछि सामाजिक सञ्जालमा चौतर्फी बिरोध शुरू भएको छ । रिसोर्ट सञ्चालनका लागि नीजि जग्गामा निर्माण थालेका पर्खाललाइ मेयर चौधरीले डोजर लगाएर भत्काए पछि मेयर चौधरी पुनः बिवादमा तानिएका हुन् । बाटोको जमिन मिचेर भौतिक संरचना निर्माण गरेको भन्दै इटहरी उपमहानगरका मेयर चौधरीले मंगलबार इटहरीको खनार छेउमा बन्दै गरेको पर्खालमा डोजर
धरान । एस.ई.ई.स्पीकर धरान–२०७८ का बिजेता दिपेन भण्डारीलाई प्लस टु अध्ययनका लागि धरान–१६ स्थित यु.एन.नबोदय कलेजले पुर्ण छात्रबृत्ती प्रदान गरेको छ । मंगलबार कलेजका क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापोले भण्डारीलाई अबिर खादा सहित स्वागत गरेका थिए । त्यस्तै पुर्ण छात्रबृत्ती प्रदान गरेको सम्झौता पत्रमा कलेजका तर्फबाट क्याम्पस प्रमुख तुम्बापो, आयोजकका तर्फबाट तिर्थ कार्की र बिद्यार्थीका तर्फबाट दिपेन भण्डारीले हस्ताक्षर गरेका छन् । भण्डारीले पुर्ण छात्रबृत्तिमा मङ्गलबार नै कक्षा–११ मा कम्प्युटर साइन्समा भर्ना भई सकेका छन् । -याडिकल लाईट नेपाल प्रा.लिले आयोजना गरेको एस.ई.ई. स्पी
प्राकृतिक स्रोतको अनावश्यक दोहनमा अगिल्लो सरकारले लिएको गलत नीतिलाई वर्तमान सरकारले सच्याउने भएको छ । केपी शर्मा ओली नेतृत्वको अगिल्लो सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेटमार्पmत् वातावरणीय प्रभाव मूल्याङ्कनका आधारमा खानीजन्य ढुङ्गा, गिट्टी र बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गर्ने कार्यक्रम सार्वजनिक गरेको थियो । निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी विन्दुसम्म रोप–वे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुलमा छुट दिने व्यवस्था पनि मिलाइएको बजेट वक्तव्यमा उल्लेख छ । शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारले भने यो नीतिलाई सच्याउने भएको छ ।
सुनसरी/ जिल्ला प्रहरी कार्यालय सुनसरीले एक महिनाको अबधीमा बिभिन्न मुद्धाका २ सय ३८ जना फरार प्रतिबादीहरुलाई पक्राउ गरि अदालतमा पेश गरेको छ । जसमा ५ दिन देखी २० बर्ष सम्म कैद सजाय तोकिएका प्रतिबादीहरु छन् । श्रावण १ गते देखी हाल सम्म सुनसरी जिल्ला अदालतबाट कैद र जरिवाना तोकी फैसला भएका तर तोकिएको सजाय भुक्तान नगरी फरार रहेका अभियुक्तहरुलाई खोजतलास गरी जिल्ला अदालतमा पेश गरेको हो । कर्तव्य ज्यान, डाँका, अपहरण तथा शरिर बन्धक, कुटपिट, चोरी, किर्ते, जालसाजी, लागुऔषध, ज्यान मार्ने उद्योग, भ्रष्टचार आदीमा सजाय तोकी फरार रहेका प्रतिवादीहरुबाट ४९ वर्ष कैद सजाय फर्छोयोट भएको छ भने ९ लाख ३५ हजार ३
विराटनगर । तेस्रो भेरियन्टको प्रकोप नबढोस भनेर एक नम्बर प्रदेश सरकारले योसँग जुध्न तयारी शुरु गरेको छ । अस्पतालको व्यवस्थापनदेखि चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीको व्यवस्थापनमा समेत सरकारले ध्यान केन्द्रीत गरेको जनाइएको छ । तेस्रो लहरले धनजनको समेत अधिक क्षति हुने आंकलन गरी त्यसको पूर्वतयारी शुरु गरिएको सामाजिक विकास मन्त्री उषाकला राईले बताएकी छन् । “सक्दो रुपमा व्यवस्थापन गर्न प्रयास गर्दैछौं, त्यो पनि नयाँ तरिकाले । एक अस्पताल सुव्यवस्थित बनोस भन्ने गरी मन्त्रालय लागेको छ । अक्सिजन प्लन्ट अनिवार्य देएिकोले प्लान्ट जडान गर्दैछौं । एचडियू, आईसियू र भेन्टिलेटर चलाउनेसम्मको जनशक्
विराटनगर/ प्रदेश नं १ मा हालसम्म ९४ दशमलव ६५ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि निर्देशनालय विराटनगरले जानकारी दिएको छ । गएको वर्षमा यस अवधिमा ९३ दशमलव ९५ प्रतिशत रोपाइँ भएको थियो । १४ ओटा जिल्ला रहेको यस प्रदेशमा कुल तीन लाख ४० हजार ८२९ हेक्टर जग्गामा धानखेती लगाउने गरिएको छ । यसमध्ये तीन लाख २२ हजार ५९७ हेक्टर जग्गामा रोपाइँ भएको निर्देशनालयका प्रवक्ता सरस्वती श्रेष्ठले जानकारी दिइन् । निर्देशनालयबाट प्राप्त जानकारीअनुसार उच्च पहाडी जिल्ला ताप्लेजुङमा आठ हजार ५६२ हेक्टर, संखुवासभामा १३ हजार १५८ हेक्टर र सोलुखुम्बुमा एक हजार ५२५ हेक्टर जग्गामा रोपाइँ भएको छ । त्यसैगरी, मध्यपहाडी जिल्ला प
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धीकरण अभियान संयुक्त सङ्घर्ष समितिद्वारा जारी आन्दोलन ५१ दिनपछि आंशिक रूपमा फिर्ता भएको छ । सरकारी वार्ता टोली र आन्दोलनरत पक्षबीच बुधबार ६ बुँदे सहमति भएपछि आन्दोलनका केही कार्यक्रम फिर्ता भएका हुन् । प्रतिष्ठानका सम्बन्धमा बनेका प्रतिवेदनहरू सार्वजनिक गरी कार्यान्वयनका लागि स्वास्थ्य मन्त्रालयमा एक महाशाखा आजै तोक्ने, प्रतिष्ठानका चारैजना पदाधिकारीलाई पदबाट हटाउन प्रक्रिया शुरु गर्ने, अब बस्ने सञ्चालक परिषद्ले सङ्घर्ष समितिको प्रतिनिधित्व हुने गरी प्रतिष्ठानमा भएका अनियमितताका विषयमा छानविन गर्न अधिकार सम्पन्न उच्चस्तरीय आयोग बनाउने र सङ्घर्षका क