विराटनगरका सात वडामा देखिएन कोरोना : अस्पताल भने भरिभराऊ

  • साउन २८, २०७८
  • "कुमार लुइँटेल"
alt

विराटनगर/ प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकाका सात वटा वडामा दैनिक संक्रमण दर शुन्यमा झरेको छ । महानगरमा जम्मा १९ वटा वडा रहेका छन् ।
कोभिड १९ को पहिलो लहरमा निक्कै प्रभावित देखिएको विराटनगर महानगरपालिकामा दोस्रो लहरको संक्रमण केही मथ्थर भएजस्तो देखिएको छ । तर, चिकित्सकले जोखिम उत्तिकै कायम रहेकोले हेलचेक्र्याईं नगर्न सुझाव दिएका छन् । विराटनगरमा तुलनात्मक रुपमा प्रदेशका अन्य सहरको तुलनामा दैनिक संक्रमितको संख्या पनि घट्दो क्रममा पुगेको छ ।

साउन तेस्रो साताका पछिल्लो पाँच दिनको तथ्यांकले वडा नम्बर १३, १४, १५, १६, १७, १८ र १९ मा कोरोना संक्रमण शुन्यमा झरेको हो । संक्रमणको दर घटेपनि तीमध्ये कतिपय भारत सिमावर्ती वडासमेत भएकोले सतर्क हुन चिकित्सकले सुझाव दिएका छन् ।

महानगरको जनस्वास्थ्य महाशाखाले उपलब्ध गराएको तथ्यांकलाई आधार मान्ने हो भने साउन २१ गते यता ती वडाहरुमा शुन्य संक्रमण देखिन्छ । औसत संक्रमण दर शुन्यमा झर्नु कोरोना नियन्त्रणको अवस्थामा देखिएको महानगरको दाबी छ । तर, परीक्षणको दायरा खुम्चिएका कारण संक्रमण घटेको हुन सक्ने पनि आंकलन गरिएको छ ।
तथ्यांक अनुसार साउन २१ गते वडा नम्बर १९ मा एक जनामात्र संक्रमित फेला परेका थिए । जबकी बाँकी वडाहरुमा संक्रमितको संख्या शुन्य थियो । त्यस दिन महानगर भर कूल ७२ जना संक्रमित फेला परेका थिए । एक जनाको मृत्यु भएको थियो । साउन २२ गते वडा नम्बर १३ पनि संक्रमित संख्या शुन्य थियो । १९ मा एक जनामा संक्रमण देखियो । दैनिक संक्रमितको संख्या ४९ थियो ।

२४ गते १३ देखि १९ सम्म एक जना पनि संक्रमित फेला परेनन् । ४९ संक्रमित फेला परेको त्यस दिन कोरोनाबाट एक जनाको मृत्यु भएको थियो । साउन २५ गते वडा नम्बर १३ र १६ मा एक एक जना र १४ गते दुई जनामा संक्रमण देखियो । जम्मा ६१ संक्रमित फेला परे । साउन २५ गते वडा नम्बर १८ मा एक जना फेला परे भने बाँकी वडामा शुन्य संक्रमण थियो । वडा नम्बर १ मा पनि त्यो दिन कसैमा पनि संक्रमण देखिएन । दैनिक संक्रमितको संख्या ४२ जना थियो ।

महानगरपालिकाको तथ्यांक अनुसार हाल सक्रिय संक्रमितको संख्या २ हजार ६ सय ७९ जना छ । हालसम्म संक्रमित हुनेको संख्या १२ हजार ४ सय ४७ जना पुगेको छ । ९ हजार ६ सय ६ जना ठिक भएका छन् । पहिलो र दोस्रो लहरमा गरेर विराटनगरमा १ सय ६२ जनाको कोरोनाका कारण मृत्यु भएको छ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली भन्छन्, “महानगरपालिकाका कतिपय वडामा शुन्य संक्रमण हुने गरेको देखिएको छ, तर जोखिम भनेको नघटेको हाम्रो अनुमान छ ।” उनले महानगरले परीक्षण र खोप अभियान दुबैलाई तीव्रता दिएको सुनाए । महानगरको तथ्यांकले भने अस्पतालका शैयाहरुमा कोरोना संक्रमति भरिभराउ देखिन्छन् । विराट मेडिकल कलेजमा २५ आईसियू भरिएका छन् ।

भेन्टिलेटर पनि खाली छैनन् । अक्सिजन बेड ४५ मध्ये १३ वटा खाली छन् । कोशी कोभिड अस्पतालमा आईसियूका २१ बेड भरिएका छन् । १५ भेन्टिलेटर मध्ये कुनै पनि खाली छैनन् । यसैगरी अक्सिन ६२ बेडमध्ये ६ वटा खाली छन् । १३ आइसोलेसन बेडमध्ये १० खाली छन् । उता न्युरो अस्पतामला आईसियू २५ मध्ये १४ खाली छन् । ८ मध्ये ३ भेन्टिलेटर खाली छन् ।

कोसी अस्पताल कोभिड युनिटका ५ आईसियू र ५ भेन्टिलेटर भरिभराउ छन् । ५७ अक्सिजन बेडमध्ये २३ खाली छन् । १० मध्ये ४ आइसोलेसन बेडमा बिरामी छैनन् ।
पछिल्लो समय विराटनगर महानगरपालिका भित्र दैनिक संक्रमितको संख्यामा कमी आएपनि सक्रिय संक्रमितको संख्या धेरै रहेकोेले हेलचेक्र्याई गर्ने अवस्था नरहेको कोसी अस्पतालका निमित्त मेसु डा. लक्ष्मीनारायण यादव बताउँछन् । “कोरोना संक्रमण केही घटेको देखिएको छ तर पुरै नियन्त्रण भएको होइन त्यसैले सरकारले लागू गरेका स्वास्थ्य सम्बन्धी मापदण्ड कडाईसाथ पालना गर्नुपर्छ,” डा. यादवले भने, “अस्पतालमा कडा लक्षणसहितका बिरामीको संख्या हेर्दा भने अवस्था सामान्य भएको भन्ने देखिदैंन ।”

शिक्षा सन्देश बोर्डि ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ६ मा अवस्थित श ...

धरानसहित देशभर चिकित ...

धरान/  उपभोक्ता अदालतको पछिल्लो फैसलाविरुद्ध ...

स्थानीय सरकारको काम ...

धरान/ प्रत्यक्ष रुपमा स्थानीयसँग सरोकार राख्ने स्थ ...

एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ कोशी प्रदेशस्तरीय एस.ई.ई. स्पिकर– ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved