छिमेकीको कुटाईबाट मानसिक संतुलन गुमाएकी शोभालाई औषधीको रकम तिर्न धौं धौं

  • साउन २७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ छिमेकीको कुटाईले मानसिक सन्तुलन गुमाएकी कानेपोखरी–५ मोरङकी शोभा दर्जी (डुकुमाया तामाङ) औषधीको रकम तिर्न नसक्दा समस्यामा परेकी छिन् ।
करिब ३ महिना वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराएर सामान्य स्वास्थ्य सुधार आए पनि औषधीको खर्च भने तिर्न समस्या भएको छ । पिडकहरुले पनि कुनै वास्ता नगरे पछि औषधीको खर्च तिर्न दर्जीको परिवारलाई धौं धौं परेको छ । ३ महिनाको उपचारका क्रममा उनलाई आइसियुमा करिब २० दिन राखिएको थियो ।

महिला सञ्जालकी अध्यक्ष चेतना श्रेङको पहलमा एक स्थानीय औषधी पसलबाट दबाई व्यवस्थापन गरिएको थियो । उनको सम्पुर्ण औषधी खर्च करिब ४ लाख नाघेको छ । दर्जी डिस्चार्ज भएर गए पनि औषधीको सम्पुर्ण रकम उधारो नै रहेको छ । पिडकले बेवास्ता गर्दा उनको औषधीमा लागेको खर्च तिर्न सकेकी छैनन् । आइसियुबाट उनलाई मेडिसिन वार्डमा सारिएको थियो । गत शनिबार उनी डिस्चार्ज भएकी छिन् ।

प्रतिष्ठानको खर्च समेत व्यहोर्न नसक्दा उनी ३ दिन वार्डमै बस्न बाध्य भएकी थिइन् । शोभाकी आमा देवी दर्जीले सहयोगका लागि अपिल गरेकी छन् । देवीका अनुसार शोभाको उपचारमा औषधि मात्रै पनि करिब ४ लाख जति छ । तर, ४ जनाले कुटपिटबाट मानसिक सन्तुलन गुमाई गर्भपतन हुँदा समेत पनि दोषीउपर कानूनी कारबाही हुन सकेको छैन । कारबाही मात्रै नभएर क्षतिपूर्ति समेत दिलाएको छैन ।

जातीय भेदभाव तथा छुवाछुत मुद्दामा अदालतले दुई जनालाई जनही २५ हजार धरौटी र २ जनालाई साधा तारिखमा छाडेको थियो । त्यसपछि गर्भपतन मुद्दामा पूरक जाहेरी परे पनि उनीहरूलाई प्रहरीले पक्राउ गरेको छैन ।

२५ वर्षीया शोभालाई वैशाख ३० गते चिसाङ बस्तीकै विन्दा, बबिता, पुष्पा र निरमाया मगरले कुटपिट गरेका थिए । कुटपिट गर्दागर्दै उनी बेहोस भएपछि पानी छ्यापेर होस आएको थियो । त्यसपछि शोभाको पूर्ण रूपमा मानसिक सन्तुलन गुम्यो । कुटाइबाट मानसिक सन्तुलन गुमाएकी शोभा बेहोसमा बोल्दा पनि गाउँका मानिसहरूले आमा देवी दर्जीलाई छोरीलाई ठीकमा राख्नू भन्दै दबाव दिएका थिए ।

श्रीमतीलाई बलात्कार ...

जनकपुरधाम/ धनुषामा वैवाहिक बलात्कार (श्रीमतीमाथि ज ...

मैवाखोलामा श्रमदानबा ...

ताप्लेजुङ/ ताप्लेजुङको मैवाखोला गाउँपालिकामा जनश्र ...

खानेपनी मुहानमा नुहा ...

धरान/  पूर्वी नेपालको सुन्दर नगरी धरान अहिले ...

धनकुटामा पाँच रुटमा ...

धनकुटा/ कोशी प्रदेशअन्तर्गत धनकुटामा आइतबार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved