Top 4

    Showing 7,701-7,710 of 9,405 items.
  • सुनसरीमा निषेधाज्ञा खुकुलो बनाइयो , बिहीबारबाट खाद्यन्नका पसलहरू खोल्न पाइने

    इटहरी । दोश्रो भेरियन्ट सहितको कोरोना संक्रमणबाट जोगिन जिल्ला प्रसाशनको कार्यालय सुनसरीले जारी गरेको निषेधाज्ञालाइ बिहीबार देखि खुकुलो बनाउने निर्णय गरिएको छ । बुधबार बसेको ९डिसिसिएमसि०को बैठकले बिहीबारबाट लागु हुनेगरी बिहान १० बजेदेखि दिउसो ३ बजे सम्म खाद्यन्नका पसलहरू खोल्न पाइने जस्ता निर्णयहरू गरेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश प्रशाद ढकालको संयोजकत्वोमा बसेको बैठकले बिहीबारदेखि खाद्यन्नका पसलहरू , किराना पशल , तरकारी , फलफुल पशल बिहान १० बजे देखि दिउसो ३ बजे सम्म खोल्न पाइने निर्णय गरेको हो । त्यस्तै माछा मासु र दुध डायरीको हकमा भने बिहान ७ बजे देखि १० बजे सम्म र दिउसो ३ बजे

    • प्रकाशित मितिः जेठ २६, २०७८
    • 675 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • करेन्ट लागेर तिन वर्षिय बालकको मृत्यु

    सुनसरी । झापा बिर्तामोड १० स्थित ठुटेबर चोक बस्ने ३ बर्षीय अभिनास गुरुङको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान साढे ७ बजे आफ्नै बन्दै गरेको घर पछाडी रहेको पानी तान्ने मोटरको नाङ्गो तारमा एक्कासी छुन पुगेका नाबालक अभिनासलाई करेन्ट लाग्दा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घटना सम्बन्धमा प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको छ ।

    • प्रकाशित मितिः जेठ २६, २०७८
    • 1,004 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको फोहोर बोक्ने ट्याक्टरबाट झर्दा सफाइकर्मीको मृत्यु

    धरान । धरान उपमहानगरपालिकाको फोहोर बोक्ने ट्याक्टरबाट झरेर सफाइकर्मीको मृत्यु भएको छ । फोहोर बोकेर तिनकुने तर्फ जादै गरेको अवश्थामा धरानका ४० वर्षिय बाबुराम पौडेलको मृत्यु भएको हो । को १ त ६७ नम्बरको ट्याक्टरमा रहेको उनी धरान ८ स्थित ट्राफिक प्रहरी कार्यालय अगाडि ट्याक्टरबाट झरेका थिए । धरान उपमहानगरपालिकाको फोहोर बोकेको ट्याक्टर तीब्र गतिमा रहेको प्रहरीले जनाएको छ । ट्याक्टरबाट झरे पछि घाइते भएका उनलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरिक्षक हेमराज ओलिले जानकारी दिए । उनको टाउकोमा चोट लागेको प्रहर

    • प्रकाशित मितिः जेठ २६, २०७८
    • 919 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोभिड अस्पतालमा उपचार गराइरहेका इटहरी र सुन्दरहरैचाका दुई जनाको मृत्यु

    धरान । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड अस्पतालमा उपचार गराइरहेका दुई जना कोरोना संक्रमितको आज बिहान मृत्यु भएको छ । सुनसरीको इटहरी घर भएका ६२ वर्षिय र मोरङको सुन्दरहरैचा घर भएका ७९ वर्षिय दुई वृद्धको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए । उनका अनुसार सुनसरी इटहरीका वृद्धलाई गत जेठ १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी १८ गते मात्रै कोभिड अस्पताल भर्ना भएका थिए । उनको आज बिहान मृत्यु भएको हो । त्यसै गरि मोरङको सुन्दरहरैचा ६का ७९ वर्षिय वृद्धलाई जेठ २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई २२ गते कोभिड अस्पताल भर्

    • प्रकाशित मितिः जेठ २६, २०७८
    • 605 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लकडाउन समयको मोटर बिमा प्रिमियम छुट गरिदिन यातायात व्यवसायीको माग

    धरान । कोरोना महामारीले यातायातका सवारी साधनहरु ग्यारेजमै थन्काउनु परेको बाध्यात्मक अवश्थामा मोटर बिमा प्रिमीयम छुट गरिदिन यातायात व्यवसायीहरुले आग्रह गरेका छन् । पहिलो चरणको लकडाउन केही खुकुलो भए पछि लयमा फर्किदै गरेको अवश्थामा पुनः दोस्रो चरणको लकडाउनले यातायात व्यवसाय धरायसी बन्दै गएको अवश्थामा मोटर बिमा छुट गरिदिन बिमा समितीलाई आग्रह गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ १ नम्बर प्रदेश समितीले मोटर बीमा प्रिमीयम छुट गरिदिन आग्रह गर्दै बीमा समितीलाई जेठ २५ गते पत्र पठाएको छ । दोस्रो चरणको भेरियन्टका कारण वैशाख १६ गते देखिनै सवारी साधनहरु घर तथा ग्यारेजमा थन्किएर बसेका छन् । ल

    • प्रकाशित मितिः जेठ २६, २०७८
    • 1,351 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मकैको मुल्य घट्दा झापाका किसान चिन्तित

    झापा । मकैको उचित मूल्य नपाउँदा झापाका किसान चिन्तित बनेका छन् । कोभिड–१९ महामारीका कारण सरकारले लगाएको निषेधाज्ञाको बहाना बनाएर स्थानीय व्यापारीले मकैको मूल्य घटाएका छन् । व्यापारीले आफूखुशी घटाएको मूल्यमा मकै बेच्नु पर्दा किसान चिन्तित बनेका हुन् । निषेधाज्ञा लाग्नु अघिसम्म स्थानीय बजारमा मकै प्रतिक्वीन्टल रू। दुई हजार ४०० मा विक्री हुने गरेको थियो । अहिले स्थानीय व्यापारीले प्रतिक्वीन्टल रू। एक हजार ९०० भन्दा बढी मूल्य दिएका छैनन् । दुई वर्ष अघि नै प्रतिक्वीन्टल रू। तीन हजारमा किसानले मकै बेचेका थिए । झापाको कचनकवल, बाह्रदशी, झापा, कनकाई र गौरादहमा मकैको जोन तथा पकेट क्षेत्र विकास ग

    • प्रकाशित मितिः जेठ २६, २०७८
    • 1,046 पटक पढिएको
    • " रासस"
  • प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज हुँदै

    सुनसरी । विभिन्न कारणले सर्दै आएको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज हुने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको सुनुवाई आज हुने भएको हो । मन्त्रिपरिषद्को गत जेठ ८ को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको जेठ ८ गतेको निर्णय बदर गर्ने माग गर्दै सर्वोच्चमा निवेदन परेको थियो । गत सोमबार हुने भनिएको सुनुवाई प्रधानन्यायधीस चोलेन्द्र शम्शेर जबराको स्वास्थ्यमा समस्या देखिए पछि बुधबारलाई सारिएको थियो । प्रधानन्यायाधीशका अध्यक्षतामा संवैधानिक इजलासमा सुनुवाइ हुने संवैधानिक व्यवस

    • प्रकाशित मितिः जेठ २६, २०७८
    • 738 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वातावरण संरक्षण आवश्यक (सम्पादकीय)

    यही जेठ १५ गते अर्थमन्त्रीले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेटका केही विषय विवादित बनेका छन् । बजेट भाषणमार्पmत् सरकारद्वारा सार्वजनिक यस्ता नीतिहरूको चौतर्फी आलोचना भइरहेको छ । बजेट घाटा पूर्ति गर्न ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने सरकारी नीति पनि अहिले विवादित बनेको छ ।सरकारको यो नीतिले चुरे दोहनको बाटो खोल्ने बताउँदै सरोकारवालाहरू सरकारले यो नीति फिर्ता लिनुपर्ने माग गरिरहेका छन् । यो न्यायोचित माग हो । चुरे ढुङ्गा, गिट्टी, बालुवामात्र होइन, यो त जीवनरेखा पनि हो । तराई मधेशको जीवन यसैमा आश्रित छ । चुरेसँग मधेशको सभ्यता र संस्कृति पनि जोडिएको छ । त्यसकारण चुरेको द

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • 716 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सक्रमितको घरमा सेनिटाइजर छर्कदै बेलबारी

    बेलबारी÷ मोरङको बेलबारी नगरपालिकासँगको सहयोग र समन्बयमा स्वमंसेवकबिद्यार्थीहरुले नगर भित्रका कोरोना सक्रमितहरुको घर घरमापुगेर सेनिटाइजर छर्कने काम गरीरहेका छन । नगरपालिकामा कोरोना सक्रमण घटाउने उदेश्यका साथ संचालितअभियानमामास्क सेनिटाइजर लागयतका स्वास्थय सामाग्रिहरु समेत बितरण गर्ने गरीएको छ । कोरोना नियन्त्रणका लागि नगरपालिकाले अभियानमा खटिने बिद्यार्थीहरुलाई सेनिटाइजर छर्ने मेसिन,पिपिई पंजा,मास्कतथा सेनिटाइजर उपलब्ध गराउने गरेको नगरपालिकाको कार्यालयले जनाएको छ ।  

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • 905 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना संक्रमितहरुको अवस्थाको बारेमा सुनसरी जिल्ला स्तरीय कोभिड १९ र्यापिड रेस्पोन्स टिमको अनुगमन

    इनरुवा । सुनसरीमा कोरोना संक्रमितहरुको अवस्थाको बारेमा जिल्ला स्तरीय कोभिड १९ र्यापिड रेस्पोन्स टिमले अनुगमन गरेको छ । एक महिना अघि गठन भएको टिमले पहिलो पटक फिल्डमै गएर अनुगमन गरेको हो । टिमका जिल्ला संयोजक मेघराज न्यौपाने नेतृत्वमा जिल्ला सदस्यहरुले सदरमुकाम इनरुवा, भोक्राहा नरसिंह, कोशी र बराहक्षेत्र नगरपालिकाका सरोकारबालासंग छलफल र अनुगमन गरिएको छ । जिल्ला स्तरीय  कोभिड १९ र्यापिड रेस्पोन्स टिमका संयोजक न्यौपाने र इन्सेक जिल्ला प्रतिनिधि तथा टिमका फोकल व्यक्ति जयकृष्ण यादव, सदस्य नईम अंसारी, रविन घिमिरे सहितकाले कोभिडमा प्रभावित भएका संक्रमित, संक्रमित परिवार र संक्रमणबाट निधन भएका पर

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • 778 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved