चाडपर्वलाई स्वस्थ रूपमा मनाऔँ

  • कार्तिक १९, २०७८
  • कोशीपत्र/संवाददाता
alt

नेपाली हिन्दूहरूको दोस्रो महान् चाड तिहार सुरु भइसकेको छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । नेपालीहरू सुरुदेखि नै प्रकृतिपूजक हुन् । प्रकृतिपूजक नेपालीहरूले प्रकृतिका साथै पशुपक्षीहरूको पनि पूजा गर्ने गरेका छन् । मानव र प्रकृतिबीच अन्योन्याश्रित सम्बन्ध हुने भएकोले मानव जातिले प्रकृति र यससँग सम्बन्धित पशुपक्षीहरूको संरक्षण गर्नुपर्ने सकारात्मक सन्देश यस्ता चाडपर्वहरूले दिने गरेका छन् ।

तिहार पनि यस्तै महत्तवपूर्ण चाड हो । यसले पनि पशुपक्षी र मानव जातिबीच हुने प्रगाढ सम्बन्धलाई दर्शाउँछ । यो पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाउने गरिन्छ, त्यसैले यसलाई यमपञ्चक पनि भन्ने गरिएको हो । तिहारको पहिलो दिन काग तिहार, चतुर्दशीका दिन कुकुर तिहार, कृष्ण औँसीका दिन लक्ष्मीपूजा, शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवद्र्धन पूजा, नेवारी समुदायले मनाउने नयाँ वर्ष अर्थात् नेपाल संवत् ११३७ र म्हपूजा अर्थात् आत्मपूजा एवम् तिहारको अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका दिन भाइटीकाका रूपमा तिहार पर्व मनाउने गरिन्छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमराजले पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रूपमा बसेर भाइटीका ग्रहण गर्ने धार्मिक विश्वास छ ।

यो उज्यालोको पर्व हो । यसले अज्ञानताको अन्धकारलाई हटाएर ज्ञानको प्रकाश छर्नुपर्ने सन्देश दिन्छ भने दाजु–बहिनी वा दिदी–भाइबीचको सम्बन्धलाई पनि यसले बलियो बनाउँछ । यस्ता चाडपर्वहरूले मानवीय सम्बन्धहरूलाई जीवन्त राख्न अप्रत्यक्ष रूपमा प्रेरित गरिरहेका हुन्छन् । चाडपर्वहरूमा गरिने कतिपय क्रियाकलापमा विभिन्न सामाजिक–सांस्कृतिक अर्थ लुकेका हुन्छन् । तिनमा अन्तर्निहित अर्थ र मर्मलाई आत्मसात् गर्दै चाडपर्व मनाउँदा फलदायी हुन्छ ।

आजभोलि चाडपर्वका सकारात्मक पक्ष ओझेलमा पर्न थालेका छन् । चाडपर्वहरू विकृत बन्दै गएको अनुभव हामीले गर्ने गरेका छौँ । चाडपर्वहरू खर्चालु हुन थालेका छन् भने चाडको बहानामा मादक पदार्थ खाएर होहल्ला र भैmझगडा गर्दै सामाजिक शान्ति खल्बल्याउने गरेको पनि देखिन्छ । चाडपर्वका नाममा हुने यस्ता विकृति र विसङ्गतिलाई हटाउँदै चाडपर्वका सामाजिक र सांस्कृतिक पक्षलाई आत्मसात् गर्नु आवश्यक छ ।

अहिले कोरोना भाइरस (कोभिड–१९) को महामारी पूर्ण रूपमा निर्मूल भइसकेको छैन । यसर्थ, चाडपर्व मनाउँदा स्वास्थ्य मापदण्डको पालना गर्नु आवश्यक छ । मठमन्दिरमा बढी भीडभाड नगर्ने, पटाका र आतिसबाजी जस्ता प्रज्ज्वलनशील वस्तु नपड्काउने जस्ता पक्षलाई हामी सबैले पालना गर्नुपर्छ । जथाभावी पटाका पड्काउँदा दुर्घटना हुन सक्ने सम्भावनालाई सबैले बुभ्mनुपर्छ । नशालु पदार्थ खाएर सार्वजनिक स्थानमा होहल्ला र भैmझगडा गर्दा समाजमा अशान्ति हुन्छ । यस्ता विषयमा हामी सबैले सचेत बन्नुपर्छ । यसो भएमा मात्र चाडपर्वको वास्तविक उद्देश्य पूरा हुन्छ । चाडपर्वलाई स्वस्थ रूपमा मनाउन आग्रह गर्दै तिहारको अवसरमा हाम्रा प्रिय पाठक, विज्ञापनदाता तथा शुभचिन्तकहरूमा शान्ति, प्रगति र स्वस्थ जीवनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ ।

इलामको जिम्मा सुहाङक ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब इल ...

इलाम २ उप निर्वाचन १ ...

इलाम/ नेकपा (एमाले)का उमेदवार सुहाङ नेम्वाङको संसद ...

एमालेको विजय सभालाई ...

इलाम/ इलाम–२ को उपनिर्वाचनमा जित हासिल गरेपछ ...

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved