झापा । झापाको छुट्टा छुट्टै २ स्थानमा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । बिहीबार बेलुका साढे ३ बजे अर्जुनधारा नगरपालिका ३ बस्ने ८२ बर्षीया गलमाया खड्का आफ्नै घरको पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागी घाईते भएकी उनाई उपचारको लागी बिर्तासिटी अस्पताल बिर्तामोड लैजाने क्रममा मृत्यु भएको हो । त्यस्तै बिहीबार बेलुका पौने ६ बजे कमल गाऊपालिका ७ लालधोन्द्रा स्थित महेन्द्र धिमालको खेतमा पानी तान्न जडान गरिएको मोटर चलाउन गएका महेन्द्रका भान्जा मोरङ बेलबारी नगरपालिका ४ का १४ बर्षीय सन्देश धिमालको सोही मोटरबाट करेन्ट लागी गम्भिर घाईते भएका उनको उपचारको लागी लैज
काठमाडौँ / यसवर्षको मनसुन अत्यन्तै जोखिमपूर्ण रहेको चेतावनी मौसमविद्हरुले दिएका छन् । नेपालमा मनसुन भित्रनै लाग्दा विज्ञहरुबाट यस्तो चेतावनी आएको हो । उनीहरुले मनसुनका समयमा सुरक्षित रहन सबैलाई आग्रह गर्दै त्यसको पूर्वतयारीमा जुट्नुपर्ने अवस्था आएको पनि बताएका छन् । यस वर्ष मनसुनजन्य विपद् (विशेष गरेर बाढी र पहिरो) बाट १८ लाख बढी मानिस प्रभावित हुने अनुमान मौसमविद्ले गरेका छन् । गतवर्ष औषत बराबर पानी पर्ने प्रक्षेपण हुँदा ठूलो मानवीय क्षति बेहोरेको मुलुकसामु यसवर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको छ । यसपालिको मनसुन झन् चुनौतीपूर्ण रहने अनुमान मौसमविद्ले गरेका छन् । जल तथा मौसम विज
वराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्रका नेताहरु औषधी बोकेर कोरोना भाइरस सक्रमितको घर- घर पुग्न थालेका छन् । २५ दिन देखि सुरक्षा सर्तकता सहित संक्रमितका घर–घरमा पुगेर सेनिटाइज , पोष्टिक तत्ब प्रदान गर्दै आएको नेपाली कांग्रेसको टोली बिहिबार सक्रमितको घरमा पुगेर पारासिटामोल र भिटामि सि सहित सेनिटाइज गरेको अभियानकी सदस्य नेपाली कांग्रेस महा- समिति सदस्य अनु गुरुङले बताइन् । राज्यको साधन, स्रोत भएको निकायहरु सक्रमण नियन्त्रण गर्ने अभियानमा प्रयाप्त काम गर्न नसकेको जनगुनासो भइराख्दा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस वराहहक्षेत्रका नेताहरु भन्ने समिति नै स्थापना गरेर अभियानमा सक्रिय पुर्ब
धरान/ धरान-१२ चतरालाईन स्थित धरान मेघा कलेजका बि.बि.एस.प्रथम बर्षमा अध्ययनरत बिद्यार्थीहरुले आर्थिक सन्कलन गरेर छाताचोक स्थित पुनस्थापना गृहलाई बिहिबार खाद्यान्न सामग्री बितरण गरेका छन। बिद्यार्थीहरुले केन्द्रका सन्चालक भिम बहादुर राईलाई १ सय २५ किलो चामल, ५ किलो दाल, १ कार्टुन तेल, ४ किलो नुन, ५ किलो न्युटेला र १ कार्टुन बिस्कुट गरि १२ हजार ७५ रुपैया बराबरको खाद्य सामग्री बितरण गरे। यस अघि कलेजमा सचेत नागरिक समूह धरान-१७ र धरान मानव कल्याण समाजलाई क्रमशस् ५-५ हजार हस्तान्तरण गरिएको छात्रा सपना राईले जानकारी दिइन।सचेत नागरिक समुहले बि.पि.कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा रहेक
धरान/ कोरोनाका कारण नेपालीहरुको मौलिक पर्व प्रभावित भएका छन् । मौलिक संस्कृतिको धनी नेपालीहरुको पहिचान बोकेको नेपालमा गतबर्षदेखि नै यस्ता मौलिक पर्वहरु प्रभावित बन्दै गएका छन् । मैथिलि समुदायका महिलाहरुले ले प्रत्येक बर्ष मनाउदै आएको वरसाइत पर्व समेत सुनसरीमा प्रभावित बनेको हो । हरेक वर्ष पतिको दिर्घायुको कामना गर्दै मैथली समुदायका महिलाहरुले सामुहिक रुपमा यो पर्व मनाउने गरिन्छ । सामुहिक रुपमा मनाउने गरिएको यो पर्व कोरोना कहरकै कारण महिलाहरुले घरभित्र खुम्चिएर मनाएका छन् । नजिकैको मठमन्दिरमा गएर समुहिक रुपमा मनाउने यो पर्व कोरोना नियन्त्रण गर्न सरकारले लागु गरेको निषेधाज्ञाका कारण वाहि
विराटनगर । प्रदेश नम्बर १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले आर्थिक वर्ष २०७८÷७९ को लागि प्रदेश सरकारले निदृष्ट गरेको नीति तथा कार्यक्रम पेस गरेका छन् । प्रदेशसभाको आठौं तथा बजेट अधिवेशनको विहीबारको बैठकमा प्यासीले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन । उनले संघीयताको आवश्यकता थप पुष्टि हुँदै गएको र प्रदेशको सुशासन अनि विकासको लागि प्रदेश सरकार दृढ संकल्पित भएको जनाए । प्यासीले प्रदेश सरकारले यसअघि गरेका र अब बजेटमार्फत सम्बोधन गर्ने सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मुख्य एवम् केही आयोजना सम्पन्न भएको र केही सम्पन्न हुने क्रममा रहेको बताए
विराटनगर । प्रदेश १ सरकारले सप्तकोसी नदीमा अवस्थित खुवालुङ ढुंगो संरक्षण गर्दै धार्मिक पर्यटकीय क्षेत्र बनाउने घोषणा गरेको छ ।आर्थिक वर्ष २०७८÷७९ को संघीय बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सप्तकोसीमा अवस्थित अवरोध हटाएर जल यातायात संचालन गर्ने घोषणा गरेका थिए । यसको लागि बजेटसमेत विनियोजन भएको थियो । तर, विहीबार प्रदेशसभामा प्रस्तुत गरिएको प्रदेश नम्बर १ सरकारको वार्षिक नीति तथा कार्यक्रममार्फत खुवालुङ क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने घोषणा गरिएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोसी जल
इटहरी । कोरोना संक्रमितहरुको उपचारमा अक्सिजन अभाव भएको गुनासो आउन थाले पछि एसजी ग्रुपले अक्सिजन लगायतका स्वास्थ्य सामाग्रीहरु निःशुल्क वितरण गर्न थालेको छ ।दोश्रो भेरियन्ट सहितको कोरोना संक्रमणबाट जोखिम बढन थालेको अवस्थालाइ मध्यनजर गर्दै एसजि ग्रुपले सुनसरीको इनरुवा नगरपालिका, इटहरी उपमहानगरपालिका, हरिनगर गाउँपालिका लगायतलाई अक्सिजन सहित स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको हो । ग्रुपले स्थानीय सरकार र जिल्ला प्रसाशन कार्यालयसंग समन्वय गरि उक्त सामग्रीहरू बितरण गर्न थालेको हो । एसजी ग्रुपका अध्यक्ष शिवप्रसाद घिमीरेले इनरुवा नगरपालिका प्रमुख राजन मेहतालाई अक्सिजन लगायतका स्वास्थ्य सुरक्षा सा
धरान । सुनसरीको कोशी गाउँपालिका स्थित भण्टाबारीबाट लागुऔषध खैरोहिरोइन सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलिले कोशी गाउँपालिका ८ भण्टाबारीका ४० वर्षिय शम्भु कबिरथलाई पक्राउ गरेको हो । उनको साथबाट९. ४०ग्राम खैरोहिरोइन बरामद गरेको छ । उनलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम जिल्ला अदालत सुनसरीबाट म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
धरान । धरान स्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचरारत दुई संक्रमतिको मृत्यु भएको छ ।प्रतिष्ठानका प्रवक्ता डा. चुणमडी पोखरेलका अनुसार धरान ८का ६० वर्षीय वृद्ध र रामधुनीका ९ का ७० वर्षीय वृद्धको मृत्यु भएको हो ।धरान ८ का संक्रातिको बुधबार राती १०: ५० मा कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । जेठ २४ गते संक्रमण पुष्टि भएका वृद्धलाई उपचारको लागि विजयपुर हस्पिटलमा भर्ना गरिएको थियो ।उनको स्वास्थ्यमा थप समस्या देखा परेपछि उनलाई त्यहाँबाट जेठ २५ गते रिफर गरेर प्रतिष्ठानको कोभिड अस्पतालमा थप उपचार भइरहेको थियो । त्यसैगरि, रामधुनी ९ सुनसरीका पनि ७० बर्षीय एक वृद्धको उप