धरान/ नेकपा एमालेभित्रको विवाद समाधान भएको प्रचार बाहिर आएपनि जेष्ठ २ गते अघिको कमिटीका जिल्ला सदस्यहरुले वैठकमा सहभागी नहुने जनाएपछि अझै पनि विवाद कायमै भएको स्पष्ट भएको छ ।
बुधबार बिहान होटल ड्रिमल्याण्ड होटलमा भएको असन्तुष्ट पक्षहरुको भेलाले आधिकारिता नै नभएको बैठकमा आफूहरु सहभागि नहुने भन्दै विज्ञप्ती नै प्रकशित गरेपछि एमालेभित्र अन्तरद्वन्द्व झन झन चर्किदै गएको प्रष्ट हुन्छ ।
जिल्ला कार्य समितिमा रहेका लक्ष्मी बानिया, राजमणि निरौला लगायत ३२ जनाले विज्ञप्तीमा हस्ताक्षर गरेका छन् । हस्ताक्षरित विज्ञप्तीम, पाटीबाट सञ्चालन हुनुपर्नेमा सुनसरीमा भने व्यक्तिगत तजविजले सञ्चालन भएको, एउटा अराजक झुण्डले अन्तरपार्टी निर्देश १२ को निर्देशनलाई धज्जी उडाएको बताएका छन् ।
उनीहरुले यो वैटक आधिकारि नभएको बताउदै धरानबाट सहभागी नहुने निर्णय गरेको बताएका छन् । उनीहरुले प्रदेशको कार्यदलले रमेश बस्नेत अध्यक्ष भएको नयाँ कमिटीलाई आधिकारिकता दिएकोले सोही कमिटीले बोलाएको बैठकमा मात्र सहभागी हुने पनि निर्णय गर्दै वैठकमा नजाने बताएका हुन् ।
बैठकमा सहभागी जेठ २ कमिटीका धरान उपमहानगर सचिव राजमणि निरौलाले यो बैठक वैधानिक नभएकोले सहभागी नहुने भएको बताए । उनले उनले पार्टीलाई विधि, विधान अनुसार नचलाई व्यक्ति हावी भएको आरोप लगाए । उनीहरुले नेकपा एमाले सबैको पार्टी हो, पार्टीलाई सुद्धीकरणका लागि अन्तर संघर्ष गरेको बताए ।