विराटनगर विमानस्थलको क्षेत्रफल विस्तार हुन

  • कार्तिक २५, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ/ विमानस्थलको विस्तार तथा स्तरोन्नत्तिको लागि हाल रहेको १२२ विघा जमिनमा थप १२६.४६ विघा जमिन अधिग्रहण गरी विमानस्थलको कुल क्षेत्रफल २४८.४६ विघा पु¥याउने लक्ष्य रहेको छ । नेपाल सरकार, मन्त्रिपरिषदले वि.स. २०७७ कात्तिकमा विमानस्थलको धावनमार्ग २,५०० मिटर विस्तार तथा नयाँ टर्मिनल भवनका साथै अन्य भौतिक पूर्वाधार समेतको निर्माण गर्न आवश्यक १,४०० कित्ता जग्गा अधिग्रहण गर्ने निर्णय गरी कार्य अगाडि बढाइ सकेको नेपाल राष्ट्र बैंकले गरेको प्रदेश १ को आर्थिक गतिविधि अध्ययनमा उल्लेख गरेको छ ।

त्यस्तै, कोशी तमोर कोरिडोर सडक आयोजनको निर्माण कार्य वि.स. २०७४ फागुनबाट प्रारम्भ भएको हो भने वि.स.२०७८ कात्तिकमा सम्पन्न गर्ने लक्ष्य रहेको थियो । सुनसरी, धनकुटा तथा पाँचथर जिल्ला अन्तर्गत पर्ने यस आयोजनाको कुल अनुमानित लागत .५ अर्ब २७ करोड रुपैयाँ रहेको छ ।

वि.स. २०७८ असार मसान्तसम्ममा यस आयोजनाको भौतिक तथा वित्तीय प्रगति क्रमशः ९५ प्रतिशत तथा ९४ प्रतिशत रहेको छ । सप्तकोशी नदीमा चतरादेखि भोजपुरसम्म करिव १७ कि.मी. लामो जलमार्ग संचालनमा (जलयात्राको लागि करिव २० देखि ३० मिनेट समय लाग्ने) रहेको छ ।

हाल यस जलमार्गमा ४ वटा कम्पनीले सेवा प्रदान गरिरेहेको राष्ट्र बैंकको अध्ययनमा जनाइएको छ । नेपाल पानी जहाज कार्यालयले चतरा ेखि तुम्लीङ्गसम्मको ७५ कि.मी. तथा खुवालुङदेखि सुनकोशीतर्फको १० कि.मी. जलमार्गको सम्भाव्यता अध्ययन गरिरहेको छ ।

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved