कृषि वस्तुको आयात बढ्यो, निर्यात घट्यो

  • कार्तिक २४, २०७८
  • "रासस"
alt फाइल तस्बिर

झापा/ पूर्वी नाका काँकडभिट्टाबाट कृषि वस्तुको निर्यात भन्दा दुई गुणा बढी आयात भएको छ । विगतमा भने यो नाका भएर कृषिजन्य वस्तुको निर्यात बढी हुने गरेको क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्यांकले देखाएको छ ।

चालू आर्थिक वर्ष २०७८÷७९ को तीन महिनामा उक्त नाकाबाट चार अर्ब १९ करोड ६० लाख रुपैयाँभन्दा बढीको कृषिजन्य सामग्रीको आयात भएको कार्यालयको
तथ्यांक छ ।

सो अवधिमा नेपालबाट बंकलादेश, भारत लगायतका स्थानमा २ अर्ब २४ करोड ९७ लाख रुपैयाँको वस्तु निर्यात भएको कार्यालयका प्रमुख देवीन्द्र साहूले जानकारी दिए ।
सो अवधिमा बंगलादेशबाट सबैभन्दा बढी भटमासको ब्रान (पशु आहारका लागि) एक अर्ब ९२ करोड ४६ लाख ५० हजार र भटमासकै दाना (तेलका लागि) एक अर्ब ६ करोड ४३ लाख ६४ हजारका आयात भएको छ । यस्तै मूल्यको हिसाबले दोस्रोमा इन्डोनेसियाबाट सुपारी आयात भएको देखिएको छ । तीन महिनामा ३४ करोड ५ लाख ६१ हजार रुपैयाँ बराबरको सुपारी आयात भएको छ ।

त्यसैगरी, भारतबाट ठूलो परिणाममा धान र चामल भित्रिएको छ । कार्यालयका अनुसार भारतबाट २३ करोड ९२ लाखको धान र आठ करोड ११ लाख ६४ हजारको चामल आयात भएको छ ।
नेपालबाट भारत र बंगलादेशमा अम्रिसोको कुचो निर्यात बढी भएको देखिन्छ । कार्यालयको तथ्यांक अनुसार सो अवधिमा १६ करोड ३७ लाख ८० हजार मूल्य बराबरको अम्रिसो निर्यात भएको छ । यो नाकाबाट अलैंची, लसुन, मजिठो, अग्र्यानिक चिया, जडीबुटीजन्य पदार्थसमेत निकासी हुँदै
आएको छ ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved