सुनसरीमा जनगणनाको तयारी पुरा

  • कार्तिक २४, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी/ आउँदो विहिबार देखि शुरु हुने १२ औं राष्ट्रिय जनगणनाको सम्पूर्ण तयारी पुरा भएको सुनसरी जिल्ला जनगणना कार्यालयले
जनाएको छ ।

जिल्लाको १२ वटै स्थानीय तहको १ सय २४ वटै वडाका विभिन्न समुदाय तथा समाजका सबै तहतप्काको सहभागिता गराउने गरि तयारी पुरा भएको कार्यालयले जनाएको छ । मंगलबार जिल्ला जनगणना कार्यालय सुनसरीले राष्ट्रिय जनगणना २०७८ को सन्दर्भमा पत्रकार भेटघाटमा प्रत्येक वडामा गणकहरुलाई स्थलगत तथ्याङ्क संकलनका लागि सम्बन्धित स्थानमा पठाउने काम भएको जनाएको छ ।
यसअघि राष्ट्रिय जनगणनामा खटिने एक हजार २४ गणकका लागि चार दिने अभिमुखिकरण तालिम दिइएको थियो भने २ सय ३५ जना सुपरिवेक्षक खटाएर भदौ ३० देखि असोज १८ गतेसम्म जिल्लाभर घर तथा घरपरिवार सूचीकरण गरीएको कार्यालयका प्रमुख सुभाष अधिकारीले जानकारी दिए ।

जनगणना अन्र्तगत पहिलो चरणमा भदौ ३० देखि असोज १८ गतेसम्म मुलुकभर घर तथा घरपरिवार सूचीकरण गरीएको छ भने मूल गणनामा गणकले प्रत्येक घर परिवार मुलीसगै सोधपुछ गरी ५५ वटा प्रश्नावली भर्ने छन् । जसमा पारिवारिक विवरण र व्यक्तिगत विवरण संकलन गरिने जनगणना अधिकारी मनोज कुमार मेहताले जानकारी दिए । जिल्लामा १२ औं राष्ट्रिय जनगणनाको लागि कार्तिक २५ गतेदेखी मंसिर ९ गतेसम्म जनगणना गरिने तयारी भएको मेहताले बताए । जिल्ला जनगणना कार्यालयको आयोजना तथा जिल्ला जनगणना समन्वय समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा सम्पन्न पत्रकार भेटघाट भएको थियो ।

प्रजिअ यादवले वि.सं.१९६८ मा पहिलो जनगणना भएको र यो १२ औं जनगणना नयाँ संरचनामा पहिलो पटक हुन लागेकाले सबैलाई सकृय सहभागीता र सही सूचना दिनका लागि अपिल गरेका छन् । नेपालमा २००७ सालको राजनीतिक परिवर्तनपछि २००८ सालको जनगणना २००९ र २०११ सालमा सम्पन्न भएको थियो । त्यसपछि १२ औं जनगणना विश्वव्यापी महामारीले पाँच महिना ढिलो लिने तयारी गरिएको छ ।

श्रीमतीलाई बलात्कार ...

जनकपुरधाम/ धनुषामा वैवाहिक बलात्कार (श्रीमतीमाथि ज ...

मैवाखोलामा श्रमदानबा ...

ताप्लेजुङ/ ताप्लेजुङको मैवाखोला गाउँपालिकामा जनश्र ...

खानेपनी मुहानमा नुहा ...

धरान/  पूर्वी नेपालको सुन्दर नगरी धरान अहिले ...

धनकुटामा पाँच रुटमा ...

धनकुटा/ कोशी प्रदेशअन्तर्गत धनकुटामा आइतबार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved