विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा निषेधाज्ञाका प्रावधान केही खुकुलो गरी आजबाट मध्यान्न १२ बजेसम्म बजार खोल्न दिएको छ ।मंगलबार बिहानबाट असार १४ गतेसम्मका लागि थपिएको निषेधाज्ञाको अवधिमा सबै पसल खुला गर्न दिने निर्णय भएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले निषेधाज्ञा थप भएको र आजबाट दिउँसो १२ बजेसम्म सबै पसल खुला गर्न दिने निर्णय भएको बताएका छन् । विराटनगरमा बिहानैदेखि सबै प्रकारका पसल खुला रहेका छन् । दैनिक कोरोना संक्रमितको संख्या पचास हाराहारी र कहिले त्यो भन्दा कम आउन थालेको छ । तर, महानगरपालिका भित्र सक्रिय संक्रमितको संख्या भने ९ हजार भन्दा धेरै छ । प्रश
इटहरी । नयाँ आर्थिक वर्ष २०७८÷८९का लागि इटहरी उपमहानगरले २ अर्ब बढिको बजेट ल्याउने तयारी थालेको छ । चालु आर्थिक वर्षको लागि एक अर्ब ७८ करोडको बजेट बिनियोजन गरेको उपमहानगरले आउँदो वर्षका लागि आकार बढाएर २ अर्ब ३० करोडको हाराहारीमा नयाँ बजेट ल्याउने तयारी थालेको हो । चालु वर्षमा बिनियोजन गरिएको बजेट मध्ये करीब ३० करोड रूपैया कोरोना कहर बिच खर्च हुन नपाएको कारण आर्थिक वर्ष २०७८÷७९ मा बजेटको आकार बढेर २ अर्ब ३० करोडको हाराहारीमा पुग्ने उपमहानगरले जनाएको छ । असार १० गते सम्म बजेट तथा कार्यक्रम सार्वजनिक गरिसक्नु पर्ने अवश्था भएकोले तयारी थालिएको इटहरी उमहानगरकी उपमेयर लक्ष्मी गौतमले
धरान । कोरोनाको संक्रमणबाट सबै भन्दा बढि सार्वजनिक यातायात व्यवसायीहरु मारमा परि व्यवसायबाटै पलायत हुने अवश्था आएकाले जोरविजोर प्रणाली लागु गर्दै सवारी साधन संचालन गर्ने व्यवस्था मिलाउन यातायात व्यवसायीले माग गरेका छन् । प्रदेश १ मा स्वास्थ्य मापदण्ड पुरा गरेर जोरबिजोर प्रणालीबाट सार्वजनिक यातायातका सवारीसाधन चलाउने व्यवस्था मिलाउन माग गर्दै नेपाल याततायात व्यवसायी राष्ट्रिय महासंघ १ नम्बर प्रदेश समितीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने अभियान अन्तर्गत सोमबार झापा र सुनसरीमा ज्ञापन पत्र बुझाएका हुन् । महासंघ प्रदेश
उदयपुर। उदयपुर रौतामाई गाँउपालिका १ टाट्नेमा ट्याक्टरबाट लडेर सहचालक रौतामाई ७ का ३२ बर्षीय तुल बहादुर केप्छाकी मगरको मृत्यु भएको छ । सोमबार दिउसो १ बजे नेपाल टेलिकमको चित्रे टावरको सामान लिएर जाँदै गरेको स१त ६८५८नम्बरको ट्याक्टरबाट अचानक लडेर गम्भिर घाईते भएका उनको बेलुका पौने ५ बजे जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर र चालक रौतामाई ७ का २५ बर्षीय चेतु दमाई जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा रहेको छ ।
पटक–पटक विवादमा आइरहने धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान केही समययता फेरि चर्चामा छ । यहाँका चिकित्सकहरू एक सातायता आन्दोलनमा छन् र उनीहरूले सामूहिक राजीनामाको चेतावनी दिएका छन् । अनियमितताका कारण प्रतिष्ठान धरासायी हुन लागेको भन्दै उनीहरू आन्दोलित भएका हुन् तर आन्दोलनको एक साता हुँदासम्म उपकुलपतिले चासो नदेखाएपछि चिकित्सकहरू आक्रोशित भएका छन् । उपकुलपति ज्ञानेन्द्र गिरी अझै काठमाडौँमै छन् । उपकुलपतिले आन्दोलनलाई बेवास्ता गरेको भन्दै संयुक्त सङ्घर्ष समितिका संयोजक डा. एसपी रिमालले सामूहिक राजीनामाको चेतावनी दिएका हुन् । एउटा प्रतिष्ठित स्वास्थ्य संस्थाका चिकित्सकहरूले साम
विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८÷०७९ को लागि ल्याएको बजेटमाथिको छलफल शुरु भएको छ । सांसदहरुले प्रदेश सरकारले यथार्थपरक र स्रोतको सुनिश्चितताबिना गरिने विनियोजनका कारण यो पटक पनि बजेट फेल हुने भन्दै चर्को टिप्पणी गरेका छन् । प्रदेशसभामा सोमबारबाट शुरु भएको बजेटमाथिको छलफलमा सत्तापक्षकै सांसदले बजेटको आलोचना गर्दै कार्यान्वयनमाथि आशंका व्यक्त गरेका छन् । एमालेका सांसद राजेन्द्र कुमार राईले पटक पटकको बजेट फेल भएको भन्दै मुख्यमन्त्री शेरधन राईले संसदमै सरेन्डर गरेर बोलेकोले अर्थतन्त्रको घोडचडी रित्तो फर्किसकेको भन्दै कटाक्ष गरे । भने,“अघिल्लो वर्षको बजेटको विनियोजनक
धरान । एक साता देखि आन्दोलनमा रहेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले सामुहिक राजीनामा दिने चेतावनी दिए पछि प्रतिष्ठानको तर्फबाट वार्ताको पहल शुरु भएको छ । चिकित्सक सहित विद्यार्थीहरुले आन्दोलनलाई थप कडा पार्ने निर्णय गर्दै सामुहिक राजीनाको चेतावनी दिए पछि प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. गुरु प्रसाद खनालको संयोजकत्वमा रजिष्टार र निर्देशक सदस्य रहने गरिको वार्ता टोलि गठन गरेको थियो । टोलिले आजै संघर्ष समितीलाई वार्ताको लागि आव्हान गरेको थियो । उपकुलपति सहित वार्तामा मात्रै बस्ने बताउँदै आएको संयुक्त संघर्ष समितीले वार्ताको पहल सकारात्मक रहेको जनाएको छ । संघर्ष समिती
विराटनगर । प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले चालू आर्थिक वर्षको बजेट अति नै महत्वकांक्षी रुपमा आएकोले कार्यान्वयन हुन नसकेको बताएका छन् । महत्वाकांक्षी भएकै कारणले अन्तिम चौमासिक अवधिसम्म आई पुग्दा पचास प्रतिशतमा सीमित हुनु परेको जिकिर गरेका छन् । आर्थिक पत्रकार समाज (सेजन) प्रदेश १ का आर्थिक पत्रकारहरुको लागि आयोजना गरेको आर्थिक पत्रकारिता सम्बन्धी तालिम उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री आङबुहाङले भने,“अन्तिम चौमासिकमा पचास प्रतिशतमा बसेर काम गर्नुपर्ने अवस्था आयो ।” चालू आर्थिक वर्षको लागि प्रदेश १ सरकारले ४२ अर्बको बजेट ल्याएको थियो । मन्त्री आ
धरान । छिमेकीको कुटाईबाट मानसिक संन्तुलन गुमाएकी ३ महिने गर्भवती महिलालाई महिला संजाल धरानले औषधी सहित नगद सहयोग गरेको छ । संजालको पहलमा बिर्तामोड मेडिकल हलले १० हजार रुपैया बराबरको औषधी निशुल्क उपलब्ध गराउने भएको छ भने अध्यक्ष चेतना श्रेङले ५ हजार रुपैया आर्थिक सहयोग गरेकी छिन् । थप उपचारका लागि पनि सहयोगहरु उपलब्ध गराउने तथा पिडकलाई कारवाहीका लागि थप अभियान संचालन गरिने बताइन् । विगत १५ दिन देखि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मानसिक विभागमा उपचार गराइरहेकी कानेपोखरी गाउँपालिका ५ चिसाङबस्तीकी शोभा दर्जीको उपचारमा आर्थिक अभाव हुन थालेको समाचार आए पछि संजालकी अध्यक्ष श
धरान । विगत एक साता देखि आन्दोलनमा रहेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले सामुहिक राजिनामा दिने चेतावनी दिएका छन् । प्रतिष्ठानमा बढ्दै गएको अनियमितताका विरुद्ध आवाज उठाइरहेका चिकित्सकहरुको आन्दोलन एक साता सम्म पुग्दा पनि उपकुलपति काठमाण्डौंमा बसेर आन्दोलन दबाउन खोजिरहेको आरोप लगाउँदै उनीहरुले सामुहित राजिनामा दिने चेतावनी दिएका छन् । आज सातौं दिन प्रतिष्ठानमा क्षेत्रमा विरोध र्याली प्रदर्शन पछि उपकुलपति कार्यालय अघि विरोध सभा गर्दै संयुक्त संघर्ष समितीका संयोजक डा. एसपी रिमालले दुई वटा कार्यक्रमको घोषणा गरेका छन् । उनले भने, ‘संयुक्त संघर्ष समितीले छलफल गरेर अल