कालोपानीमा निःशुल्क सर्पदंश उपचार केन्द्र शुरु

  • मंसिर ९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ मोरङको केरावारी गाउँपालिका वडा नम्बर ६ मा सर्पदशं उपचार केन्द्रको उपचार सेवा बुधवार देखि शुरु गरिएको छ ।
सुनसरीको धरान र केरावारीका वासिन्दाको लागि सर्पदंशका विरामीका लागि उपचार केन्द्र शुरु गरिएको हो ।

३६ लाख भन्दा वढीको निर्माण लागतमा उपचार केन्द्र निर्माण सम्पन्न गरिएको निर्माण समितिका संयोजक प्रकाश श्रेष्ठले वताए । बुधबार औपचारिक कार्यक्रम गरि केरावारी गाउँपालिकाका अध्यक्ष रोहित वहादुर कार्कीले सर्पदंश उपचार केन्द्रको सेवा शुरु गरेका हुन् । उपचार केन्द्रले अव उतरी मोरङको पहाडी क्षेत्र र धरान सम्मका विरामीलाई लाभ पुग्ने संचालक समितीका अध्यक्ष एवम् केरावारी वडा नम्बर ६ का वडाध्यक्ष उपेन्द्र लुंगेली मगरले वताए । हरेक वर्ष सर्पको डसाईबाट उपचार नपाएर ज्यान गुमाउनु पर्ने दुखःदायी अवस्थाबाट मुतm हुने वडाध्यक्ष मगर वताउँछन् ।

निर्माण समितिले २ वर्ष लगाएर सुविधा सम्पन्न सर्पदंशका विरामीलाई उपचार गर्ने अस्पताल निर्माण सम्पन्न पछि सन्चालनमा आएको हो । निर्माण समितीका संयोजक प्रकाश श्रेष्ठका अनुसार ५ वटा कोठा सहितको भवनमा आकस्मिक कक्ष, अन्तरंग सेवा, वैठक कक्ष, ड्युटी रुम र स्टोर रुम रहेको छ ।

आकस्मिक कक्षमा ३ वटा वेड रहेको छ । सरकारी ५ कठ्ठा जग्गामा भवन निर्माण गरिएको हो । भवन निर्माण गर्नको लागि १ नम्बर प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट २२ लाख, केरावारी गाउपालिकाबाट १७ लाख, धरान उपमहानगरपालिकाबाट २ लाख गरि विभिन्न संघ संस्था र व्यतिmको सहयोगबाट भवन र्मिाण गरिएको निर्माण समितीका संयोजक श्रेष्ठले वताए । नेपाल सरकारको स्वास्थ्य सेवा विभागवाट अनुमति लिएर कालोपानीमा सर्पदंश उपचार केन्द्र सुरु भएको हो ।

केरावारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टोप प्रसाद चौलागाईका अनुसार सर्पदंशका विरामीले निशुल्क उपचार पाउनेछन् । सवै औषधी उपचार एकदमै प्रभावकारी ढंगले दिने चौलागाईको भनाई छ । गाउपालिकाको एकजना चिकित्सक र कालोपानी रहेको नेपाल आर्मीको अर्को चिकित्सक गरि दुई जना सहित अन्य कर्मचारीले सेवा दिने भएका छन् । उपचार केन्द्रको अभावमा सर्पदंश प्रभावितलाई लक्षित गरि सेवा शुरु गरिएको प्रति स्थानीयवासी खुशी भएका छन् । धरान ६ पानवारीका समाजसेवी विश्वराज कार्कीले उपचार सेवा शुरु भएको प्रति खुशी व्यक्त गरे । उनले भने, ‘ सर्पदंशको सहज उपचार नहुँदा हामीले वर्षेनी ज्यान गुमाउनु परेको थियो, सर्पदंशका विरामीले उपचार गर्नको लागि धरानको विपी क्याम अनि महंगोमा उपचार गर्नु पर्ने बाध्यता हटेर गएको छ, इटहरी सम्म जाने समस्याबाट हामी मुक्त भएका छौ ।’

एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ कोशी प्रदेशस्तरीय एस.ई.ई. स्पिकर– ...

भुक्तानी रोकेको भन्द ...

धरान/ धरान उपमहानगरपालिकामा सम्पन्न योजनाको भुक्तानी रो ...

इन्द्रप्रस्थ जेष्ठ न ...

धरानर जेष्ठ नागरिक समाजमा अभिन्न अंग हुन् । यसैलाई ...

रक्तदान जीवनदान : वर ...

वराहक्षेत्र/ १३औं स्थापना दिवसको अवसरमा चक्रघट्टी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved