सामुदायीक कृषि क्याम्पस स्थापना

  • मंसिर ९, २०७८
  • "भगीरथ भण्डारी"
alt

इलाम/ दक्ष कृषि प्राविधिक उत्पादन गर्ने उद्देश्यले इलाममा सामुदायिक कृषि क्याम्पस स्थापनाको काम अघि बढेको छ । इलाम नगरपालिकाले सञ्चालन गर्न लागेको सामुदायीक कृषि क्याम्पस स्थापनाको काम तिब्र पारिएको हो । यही वर्षदेखि कृषि क्याम्पस सञ्चालनको लागि प्राध्यापक भर्ना प्रक्रिया शुरु भएको छ भने कक्षा कोठाको व्यवस्थापन भइरहेको क्याम्पस सञ्चालक समितिको अध्यक्ष जसबहादुर लुङ्गेलीले बताए ।

इलाम नगरपालिका ९ शेरा स्थित बसपार्कको भवनलाई मर्मत गरेर कक्षा कोठा बनाइदै गरेको लुङ्गेलीले जानकरी दिए । पूर्वाञ्चल विश्वविद्यालयमा सम्बन्धन लिइने र त्यसको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । इलाम नगरपालिका अन्तर्गत हुने सामुदायिक क्याम्पस नीजि क्याम्पसको तुलनामा सस्तो हुनेछ । साठ सेमेष्टरको चार वर्षे कोर्ष चार लाख रुपैयाँमा पुरा हुनेछ । अहिले नीजि क्याम्पसमा बिएससीएजीको कोर्ष पुरा गर्न १३ लाख रुपैयाँसम्म लाग्छ । सरकारी क्याम्पसले भने तीन लाख ५० हजार सम्मका पढाउँछन् । इलाममा सञ्चालन हुने सामुदायिक क्याम्पस सरकारी क्याम्पसको तुलनामा थोरै महङ्गो भएपनि पठन पाठन भने गुणस्तरीय हुने क्याम्पस सञ्चालक समितिका अध्यक्ष जसबहादुर लुङ्गेलीले बताए ।

पहिलो सेमेष्टरको लागि ४० जना विद्यार्थीले भर्ना पाउने छन् । चार वर्षपछि पूर्ण रुपमा क्याम्पस सञ्चालन हुँदा एक सय ६० विद्यार्थी हुनेछन् । विज्ञान विषय लिई प्लस टु उत्तिर्ण गरेका विद्यार्थी, आइएस्सी गरेकाहरु, सिटिइभिटिईमा कृषि विषय अध्ययन गरेका विद्यार्थीले सामुदायिक क्याम्पसमा बिएस्सी एजी पढ्न पाउनेछन् ।

कक्षा १२ को नतिजा प्रकाशित भएपछि क्याम्पसले भर्ना प्रक्रिया शुरु हुनेछ ।
क्याम्पस स्थापनाको सवै खर्च इलाम नगरपालिकाले व्यहोर्ने छ । क्याम्पस स्थापनाको लागि इलाम नगरपालिकाले चालु वर्षमा २५ लाख रुपैयाँ विनियोजन गरेको छ । अहिले सोही बजेटबाट संरचना तयार भइरहेको हो । नगरपालिकाले प्रत्येक वडामा दश जना कृषि प्राविधिक उत्पादन गर्ने नीति पारित गरेको छ । त्यसकै कार्यान्वयनको लागि प्राविधिक क्याम्पस स्थापना हुँदै गरेको कार्यपालिकाका प्रवक्ता ठाकुर नारायण श्रेष्ठले बताए ।

विश्वलाई चकित बनाउने ...

धरान/ धरानका दिपेन्द्र राईले डटपेनको माध्यमद्धारा ...

करेन्टबाट माछा मार्न ...

सुनसरी/ मोरङको सुन्दरहरैंचामा शनिबार(आज) बिहान करे ...

नबुझेर असन्तुष्टि जन ...

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाह ...

झापामा अन्दाजी ३५–४० ...

झापा/ झापाको मेचीनगर–१० टिकापुरस्थित सडक छेउ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved