बीपीको बेथिती : सामान्य जाँच समेत हुन छाड्यो

  • मंसिर ८, २०७८
  • "गोविन्द बस्नेत"
alt

धरान/ दक्षिण एसियाकै उत्कृष्ट मध्ये एक मानिएको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा आएका विरामीको सामान्य भन्दा सामान्य ल्यावटेष्ट समेत हुन छाडेका छन् ।
प्रतिष्ठानमा ठूला तथा महंगो शुल्क तिरेर गरिने एमआरआई, सिटिस्क्यान जस्ता उपकरण विग्रिएर टेष्ट गर्न नपाएका सर्वसाधारणले पछिल्लो पटक ब्लडमा अक्सिजनको मात्रा हेर्ने उपकरण समेत विग्रिएर थन्किएकाले सर्वसाधारणले टेस्ट गराउन बाहिर जानुपर्ने बाध्यता भएको छ ।

बेलबारी नगरपालिका वडा नं. ३ की ७५ बर्षीय इन्द्रमाया राईलाई रगतमा अक्सिजनको मात्रा हेर्नका लागि टेष्ट गर्न दिएपछि बिल काउन्टरमा गएर बिल काटे पनि टेष्ट हुन सकेन । दुई दिन अगाडि श्वासप्रश्वासको समस्या लिएर प्रतिष्ठान आएकी उनलाई अहिले मेडिसिन विभागको युनिट एकको बेडमा राखिएको छ ।

वेड भर्ना भएकै समयमा श्वासप्रश्वासमा समस्या देखिएकोले उपचारमा संलग्न चिकित्सकले उनलाई एविजी (रगतको मात्रा थाहा पाउने विधि) चेक गर्न पठाए । चिकित्सकले रगत तानेर चेक गर्न दिएको रगत उनकी आफन्त रेणु राईले लिएर आकस्मिक कक्षमा पुगिन् । आकस्मिक कक्षमा भएको ल्यावकी एक महिला कर्मचारीले यहा उपकरण विग्रिएकोले सघन उपचार कक्ष (आइसियु) गएर चेक जाँच गर्न भनिन् । जव राई आइसियु पुगिन त्यहाँ कार्यरत एक नर्सले यहा टेष्ट हुदैन, एनआइसियुमा जानु भनेर पठाइन । हतार हतार एनआइसियुमा पुगेर त्यहा कार्यरत एक नर्सलाई टेष्ट गरिदिन आग्रह गरिन् । त्यहा पनि नहुने भन्दै फर्काईयो ।

रातको १२ बजे सम्म पनि जाँच गराउन कुदेकी राई हैरान भएर रगत डस्बिनमा फ्यालिदेउ भन्दै वार्डमा कार्यरत नर्ससँग आक्रोसित बनिन् । उनले भनिन्, ‘केही समय अगाडि भिडियो एक्स–रे गर्न यस्तै हैरान भयो, अब अहिले त जाबो एविजीको चेकजाँच गर्न पनि यत्रो कठीन, बीपीको हालत खत्तमै भएछ ।’

‘भ्रष्टाचार, बेथिति तथा अनियमिताको चरम उत्कर्षमा पुगेको प्रतिष्ठानमा यस्ता साना उपकरणमा समेत समस्या भएपछि प्रतिष्ठानको हालत कस्तो हुन्छ ?’ मेडिसिन वार्डमै उपचारमा संलग्न एक विरामीका आफन्तले प्रश्न गरे । मेडिसिनमै हजुरबुबाको उपचार गराइरहेका सविन बस्नेतलाई पनि छातीमा समस्या आएर श्वासप्रश्वासमा समेत समस्या भएपछि उपचारमा संलग्न डा. प्रियंका कार्कीले एविसी चेक गर्न पठाइन्, उनी पनि आकस्मिक, आइसियु तथा एनआइसियु धाए कही नभएपछि हैरान भएर फर्किए । उनी भन्छन्, ‘बीपी यति धरासायी भएछ, यसको लेखा जोखा नगरे पनि हुन्छ, यहाँ उपचार समयमा नहुने त छँदैछ, सामान्य भन्दा सामान्य टेष्ट पनि हुन छाडेछ, अब उपचारका लागि बीपी ल्याउदा विरामीको अवस्था झन झन नाजुक हुने रहेछ ।’

उनले हजुरबुबाको छातीमा धैरै कफ जमेपछि मेसिनबाट कफ निकाल्न समेत उत्तिकै झन्झट भएको बताए । मेडिसिन युनिट १ मा राखेका हजुरबुबाको कफ निकाल्न मेसिन बल्लतल्ल आए पनि वार्डमा एउटा इलेक्ट्रिक प्लक समेत नभएको बताए । उनले भने, ‘मेसिन चल्ने विजुलीको एउटा प्लक समेत राम्ररी चलेन, राति १२ बजे एउटा मेडिकल हलमा गएर मागेर ल्याएर काम चलाए ।’

प्रतिष्ठानको बिल काउण्टरका अनुसार विभिन्न किसिमका रोगका ल्याब परिक्षण गर्न करिब दैनिक ५ हजार भन्दा बढी बिरामीहरुको बिल काट्ने गरिएको छ । सेन्ट्रल ल्याबको तथ्यांक अनुसार दैनिक ५ हजार रगत परिक्षणका लागि आउने गरेका छन् भने रेडियोलोजिबाट ४ हजार जना सेवा लिन आउने गर्छन । इमरजेन्सी ल्याबबाट ५ हजार परिक्षण हुने गरेको । यी मध्ये एविजीको टेष्ट मात्र दैनिक २ हजार सम्म हुने गरेको छ ।

प्रतिष्ठानमा यस्ता धेरै समस्याहरु दिनप्रतिदिन थपिदै गएको छ । सुधारका लागि धेरै आन्दोलन समेत नभएका होइनन् तर विगतको भन्दा अहिले प्रतिष्ठानको हालत दिन प्रतिदिन बढ्दै गएको छ । यस विषयमा प्रतिष्ठान प्रशासनले खासै गम्भीर देखाएको पाइदैन । यस विषयमा मेडिसिनकै चिकित्सक तथा नर्सहरुले व्यवस्थापकीय पक्ष पहिलादेखि नै नराम्रो भएको, पटक पटक सुधारका लागि कुरा राख्दा समेत सुधार नभएको प्रतिक्रिया दिए । उनीहरुले पटक पटक व्यवस्थापनलाई राखे पनि सुधार नभएकोले अब सञ्चारमाध्यमले नै यस कुरालाई उजागर गर्नुपर्ने प्रतिक्रिया दिएका छन् ।

पाँचथर–ताप्लेजुङ सडक ...

पाँचथर/ तमोर करिडोरअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकख ...

मादक पदार्थ सेवनपछि ...

इटहरी/सुनसरीको रामधूनी नगरपालिका–५ मा बिहीबार रात ...

ट्याङ्करको ठक्करबाट ...

विराटनगर/ मोरङको उर्लाबारीमा ट्याङ्करको ठक्करबाट ग ...

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई । दुबईमा सम्पन्न फिनटेक सम्मे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved