विराटनगर, १२ भदौ । प्रदेश १ मा आज ७४ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ४१, मोरङ र झापामा १४–१४, संखुवासभामा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज सुनसरीको इनरुवामा ६ महिला १४ पुरुष, धरानमा ५ महिला ४ पुरुष, इटहरीमा ५ पुरुष, देवानगञ्जमा २ महिला २ पुरुष, कोशी गाउँपालिकामा ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको विराटनगरमा २ महिला ५ पुरुष, लेटाङमा १ महिला २ पुरुष, सुन्दरहरैचा र रंगेलीमा २–२ पुरुषमा संक्रमण देखिएको छ । उता झापाको कमलगाउँपालिकामा २ महिला ७ पुर
सुनसरी । सुनसरीमा सबै भन्दा बढी ४१ जनामा कोरोना संक्रमण देखिए संगै प्रदेश १ मा शुक्रबार ७४ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै प्रदेशमा कोरोना संक्रमीत ३ हजार १ सय ४ पुगेका छन भने २७ जनाको मृत्यु भएको छ । शुक्रबार थपिएकामा सबै भन्दा बढी सुनसरीमा ४१ सहित मोरङ र झापामा १४–१४, संखुवासभामा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको इनरुवामा ६ महिला र १४ पुरुषमा संक्रमण देखिएको छ भने धरानमा ५ महिला र ४ पुरुषमा पुष्टि भएको छ । यस्तै, इटहरीमा ५ पुरुष, देवानगञ्जमा २ महि
काठमाडौ २०७७ भदौ १२ शुक्रबार १६:२५:२१ प्रकाशित/ आज थप ९ सय २७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या ३६ हजार ४ सय ५६ जना पुगेको छ । नेपालमा मृतकको संख्या १९० जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ सय ६९ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या २० हजार २ सय ४२ जना रहेका छन् । शुक्रबार काठमाडौंमा ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ स
नेपालका अर्बपति व्यवसायी एवम् सिजी ग्रुपका मालिक नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई कोरोना पोजिटिभ देखिएको छ । चौधरीले शुक्रबार ट्विटमार्फत् आफूलाई कोरोना भएको सार्वजनिक गरेका हुन्। आज बिहान चौधरीलाई पिसिआर परीक्षणको रिर्पोट पोजिटिभ आएको हो ।
सुनसरी । धनकुटाको किबी फलबाट उत्पादन भएको प्रिन्सेस वाइन बजारमा आउने भएको छ । माउण्ट एभरेष्ट वाइनरीको उत्पादन ‘प्रिन्सेस’वाइन लकडाउनकै बीच बजारमा लौजाने तयारी गरेको छ । केहि दिनमै नेपालको प्रमुख सहरहरु सँगै नेपाली बजारमा वाइन र्पुयाउन लागिएको कम्पनीका प्रबन्ध निर्देशक विष्णु बास्तोलाले बताए । उनले भने, पूर्वी पहाडी जिल्लामा उत्पादन भएको किबी फल सँगै अन्य फलफूलबाट उत्पादन गरेको प्रिन्सेस वाइनको बजारीकरणको तयारी गरेका छौं ।’ उत्पादनको काम सबै सकिएको र बजारमा लौजान मात्र बाँकी रहेको उनको भनाई छ । उनले भने, लकडाउनको कारण हामीले उत्पादन गरेको वाईन बजारमा लौजान सकेको थिएनौ, हामी
धरान / धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिरहाका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार प्रदेश नम्बर २ सिरहा नगरपालिका वडा नं २का ५५ वर्षीय पुरुषको प्रतिष्ठानमा उपचरका क्रममा ६ः४५ मा मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाका अनुसार मृतकमा उच्च रक्तचापको समस्या रहेको र २० वर्ष अगाडी क्षयरोगको औषधि १८ महिना सेवन गरेको बताएका छन् । उनका अनुसार अत्यधिक खोकी, श्वास फेर्नमा समस्या, ज्वरो आएपछि भदौ ६ गते प्रतिष्ठानको मेडिसिन वार्डमा भर्ना भएका उनको ७ गते रिपोर्ट पोजेटिभ आएको र उनलाई प्रतिष्ठानको कोभिड १९ उपचार केन्द«मा सरिएको उनलाई थ
काठमाडौ २०७७ भदौ ११ बिहीबार १६:२२:०० प्रकाशित/ आज थप ११ सय ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या ३५ हजार ५ सय २९ जना पुगेको छ । नेपालमा मृतकको संख्या १८३ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५सय ६९ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या २० हजार ७३ जना रहेका छन् । बिहीबार काठमाडौंमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१&nbs
धरान । सुनसरीमा बिहिबार ३१ जना कोरोना संक्रमित थपिए संगै ५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुनसरीमा अहिले सम्म २ सय २३ जना कोरोना संक्रमित निको भएका छन् भने ३ सय १३ जना संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत दीक्षा श्रेष्ठले जानकारी दिइन् । श्रेष्ठका अनुसार बिहिबार धरान उपमहानगरपालिकामा १ जना पुरुष, १ जना महिला गरी २ जना, बर्जू गाउँपालिकामा ३ जना पुरुष, रामधुनी नगरपालिकामा २, इनरुवा नगरपालिकामा १ जना, गढी गाउँपालिकामा २ जना पुरुष, २ जना महिला गरी ४ जना, दुहबी नगरपालिकामा ७ जना पुरुष, ३ जना महिला सहित १० जना, इटहरी उपमहानगरपालिकामा १ जना महिला र ८ जना पुरुष गर
धरान । समुदाय स्तरमै कोरोना संक्रमण बढ्दै गए पछि सुनसरीमा बुधबार बिहान सम्ममा ५ सय ८ जना कोरोना संक्रमित पुगेका छन् । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका अनुसार सुनसरीमा आज २३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सुनसरीको धरानका १ जना, इटहरीका १४ जना, इनरुवाका ४ जना, बर्जू गाउँपालिकाका ३ जना र दुहबीका १ जना गरी ८ महिला र १५ पुरुष गरी जम्मा २३ जना नयाँ कोरोना संक्रमित थपिएको कोभिड १९ फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपले जानकारी दिएकी छिन् ।
धरान । स्थानीय सरकारले बधशाला निर्माण गर्ने भनिए पनि कुनै चासो नदेखाए पनि धरानका युवा व्यवसायीहरुले आधुनिक बधशाला निर्माण गरेका छन् । बंगुरको मासुको व्यवसाय गर्दै आएका ४ जना धराने युवाहरुले धरान बंगुर बधशाला निर्माण गरेका छन् । स्वस्थ्य मासु बिक्रि वितरणका लागि धरान ६ स्थित पानवारीमा बधशाला निर्माण गरेका हुन् । करिब डेढ विघा क्षेत्रफलमा बधशाला सहित बंगुर पालन, च्याउँ खेती लगायत अन्य खेति गर्ने समेत तयारीमा रहेका छन् । प्रधानमन्त्री कृषि परियोजना अन्र्ततग रहेको बंगुर जोनका सह संयोजक समेत रहेका मदन तामाङको संयोजकत्वमा धरान बंगुर बधशाला निर्माण भएको छ । तामाङ सहित इन्द्र फोम्बो, सुमन चेम्जोङ र