बीपी प्रतिष्ठान : अवस्था झन् बिग्रिँदै

  • मंसिर १३, २०७८
  • कोशीपत्र/संवाददाता
alt

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो निकै लामो समययता दिनहुँ भनेजसो मिडियामा आइरहेको छ । बीपी प्रतिष्ठान अहिले मिडियाका लागि समाचारको राम्रो स्रोत बन्न पुगेको छ । दक्षिण एसियाकै उत्कृष्ट स्वास्थ्य संस्थाहरूमा गणना गरिने यो प्रतिष्ठान अहिले भने आफ्ना सकारात्मक कामभन्दा बढी पदाधिकारीहरूका नकारात्मक क्रियाकलापका कारण चर्चामा आउने गरेको छ । पदाधिकारीहरूका अनियमितता, भ्रष्टाचार र र गलत क्रियाकलापका कारण दिनहुँ भनेजसो मिडियामा आउँदा प्रतिष्ठानको छवि नै धुमिल बन्दै गएको छ ।

प्रतिष्ठानमा अझै पनि कुनै सुधार हुन सकेको छैन । प्रतिष्ठानको भौतिक अवस्था तथा यसले प्रदान गर्ने सेवाको गुणस्तर नै पनि क्रमशः खस्किँदै गएको छ । यहाँ बिरामीको अत्यधिक छ तर त्यसको तुलनामा सेवालाई विस्तार गर्न प्रतिष्ठान पदाधिकारीले चासो दिएको छैन । सेवा विस्तार हुन नसक्दा बिरामीहरूको उपचार असहज बन्न पुगेको छ । आकस्मिक कक्षमा बिरामीहरूले भुईंमै बसेर सेवा लिनुपर्ने अवस्था छ ।

प्रतिष्ठानमा सञ्चालित मेडिकल वार्ड, सर्जिकल वार्ड तथा हाडजोर्नी, आँखा र नाक–कान–घाँटी विभागलगायतका वार्डहरूमा भौतिक सामग्रीहरू जीर्ण बन्दै गएका छन् । वार्डहरूमा बिरामीको सहजताका लागि प्रयोग गरिने उपकरण जोड्न राखिएका विजुलीका प्लगहरू अधिकांश बिग्रिएका छन् । बिजुलीको सहजतासमेत छैन । यसले गर्दा बिरामीहरूको स्वास्थ्य उपचारमै नकारात्मक प्रभाव परिरहको समाचार प्रकाशमा आएको छ ।

प्रतिष्ठानभित्र ठुला प्रकृतिका समस्या त बग्रेल्ती छन् । ती समस्याहरू समाधान गर्न सरकारसमेत असफल भएको छ । यहाँ स–साना समस्यासमेत समाधान हुन सकेका छैनन् । प्रतिष्ठानमा ह्वील चेयरको समेत अभाव छ । कतिपय उपकरणहरू बिग्रिएर थन्किएका कारण बिरामी र तिनका आफन्तहरूले सास्ती पाइरहेका छन् ।

यसतर्फ अस्पताल प्रशासनको ध्यान समयमै जानु आवश्यक छ । अस्पतालको मुख्य लक्ष्य बिरामीको उपचार नै हो । गुणस्तरीय उपचार हुन नसकेमा अस्पतालको उद्देश्य पूरा हुँदैन । यसर्थ, प्रतिष्ठानले प्रदान गर्ने सेवाको गुणस्तरलाई कायम गर्न प्रतिष्ठान प्रशासनले गम्भीर हुनु आवश्यक छ । यसका लागि स्थानीय सरकारले पनि आवश्यक चासो दिनुपर्छ । अत्यावश्यक सामग्रीसमेत नभएर बिरामीको उपचार समयमा हुन नसक्नु विडम्बनाको विषय हो । यस्तो अवस्थाको अन्त्य हुनुपर्छ । यहाँको दुरवस्थाका कारण यहाँका स्वास्थ्यकर्मीहरूसमेत चिन्तित छन् तर सरोकारवाला व्यक्ति र निकायको कुनै चासो छैन ।

कोशि प्रदेस स्तरीय ...

धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा संचालि ...

धरान अरुसँग प्रतिस्प ...

काठमाण्डौमा रहेका धरानेहरुको पुरानो र साझा संस्था धरान ...

पानबारी गोल्डकप : उद ...

धरान / प्रथम पानबारी गोल्डकप २०८१ को तयारी पुरा भए ...

दलित लक्षित नेतृत्व ...

धरान/ दलित लक्षित कार्यक्रम अन्तर्गत धरान उपमहानगर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved