Top 4

    Showing 7,301-7,310 of 9,402 items.
  • महिनामा ६ पटक अनुगमन, उपलब्धी शुन्य

    इटहरी । चाडपर्वलाइ लक्षित गरी बिभिन्न निकायहरूले गरेको बजार अनुगमन प्रभावकारी नभएको जनगुनासो बढिरहेको बेला सुनसरीको इटहरीमा व्यवसायहरूको मनपरि बढदै गएको छ । एउटै सामानको मुल्य पसलै पिच्छे फरक फरक भेटिनु, मुल्यसुची नराखी सामानहरूको बिक्रि बितरण गरिनु र प्रयोग गर्ने मिति सकिएको सामग्री समेत बिक्री गरिनु अहिले सामान्य बनिन थालेको छ । उपभोक्ताहरूको स्वास्थ्य अवस्थालाइ ध्यानमा राख्दै इटहरी उपमहानगरले बिगतमा साताब्यापी बजार अनुगमन गर्दै आएकोमा कोरोना त्रासका कारण रोेकिन पुगेको थियो । संक्रमणको जोखिम घटदै जादा बजारहरूमा देखिएको महंगी र लापर्वाहिलाइ नियन्त्रण गर्न पुनः उपमहानगरले बजार अनुगमनलाइ प्रथ

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • 964 पटक पढिएको
    • "तेजबहादुर बन"
  • राहतमा ढिलाइ नगर

    यसै कात्तिक महिनाको प्रारम्भमै बेमौसमी वर्षासँगै आएको बाढी–पहिरोका कारण देशका विभिन्न भागमा ठूलो क्ष्ति पुुगेको छ । त्यस क्रममा बाढी–पहिरो र डुबानबाट ठूलो परिमाणमा धनमालको नोक्सान भएको छ भने कयौँ नागरिकले ज्यान गुमाएका छन् । कयौँ नागरिक विस्थापित भएका छन् । पाक्न लागेको धानबाली बगाएर लैजाँदा किसानहरूले पनि ठूलो नोक्सानी व्यहोर्नु परेको छ । पीडितहरू असहज अवस्थामा छन् र उनीहरू राहत मागिरहेका छन् । घरबारविहीन नागरिकहरूको अवस्था अझ कष्टकर भएको छ । बाढी–पहिरो र डुबानको वितन्डापछि प्रधानमन्त्री र अन्य मन्त्रीहरूले पनि स्थलगत रूपमा क्ष्तिको अवलोकन पनि गरेका छन् तर राहतको पर्खाइमा र

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • 590 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रामधुनी शिक्षक आन्दोलन: तिहार अघिनै तलब पाउने

    इटहरी/ आर्थिक वर्ष २०७८÷७९ सुरू भएदेखि नै मासिक तलब नपाएको भन्दै बिगत केहि दिन यता आन्दोलनमा उत्रिएका रामधुनि नगरपालीका स्थित सामुदायिक बिद्यालयमा कार्यरत शिक्षक र नगरपालीकाबिचको बार्ता पछि आन्दोलन फिर्ता भएको छ । तिहार अघिनै सबै शिक्षक तथा कर्मचारीहरूको तलब दिने आश्वासन पश्चात आन्दोलनरत शिक्षकहरूले मंगलबार देखि सबै संघषका कार्यक्रमहरू फिर्ता लिएर आज बुधबार देखि बिद्यालयमा पठन पाठन सुचारू गर्ने निर्णय गरेका छन । तलब नपाउँदा यो वर्षको दशै स्थानीय साहुँबाट ऋण गरेर मनाएको शिक्षकहरूले गुनासो गरेका छन् । पटक पटक तलबको बिषयमा ध्यानाकर्षण गराउँदा पनि नगरपालीकाबाट कुनै सुनुवाइ नै नभए पछि

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • 753 पटक पढिएको
    • "तेजबहादुर बन"
  • ‘परमादेश सरकारले सय दिनमा सिन्को भाँचेन’

    इलाम/ संबिधान सभाका अध्यक्ष तथा नेकपा एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्बाङले परमादेश सरकारले सय दिनमा सिन्को पनि भाच्न नसकेको बताएका छन । इलाममा नेकपा एमाले अधिबेशनको उद्घाटन गर्दै नेम्वाङले सरकारले सय दिनमा सिन्को पनि भाच्न नसकेको बताएका हुन । परमादेश सरकारले ८८ दिनमा सरकारलाई पुर्णता दिएर एउटा काम गर्यो तर त्यो पनि तीन दिनसम्म नटिकेको भन्दै भुमी आयोग, सडक योजना, बजेट होलिडेका नाममा जनमैत्री योजना लगायत खारेज गरेर जनविरोधी काम गरेको आरोप लगाए । वर्तमान सरकार जनादेशबाट आउन नसकेको भन्दै विश्वकै इतिहासमा सर्बोच्च अदालतको आदेशमा नेपालमा बनेकोमा सर्वोच्चको भुमिकाबारे आफुले केही भन्न

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • 674 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • वीपीका पदाधिकारीलाई राजीनामा दिन निर्देशन

    धरान\ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुलाई राजिनामा दिएर मार्ग प्रसस्त गर्न स्वास्थ्यमन्त्री विरोध खतिवडाले निर्देशन दिएका छन् । लामो समय देखि पदाधिकारीहरुको राजिनामाको माग गर्दै चर्किएको आन्दोलनलाई सम्बोधन गर्दै सरकारले उच्चस्तरिय छानबिन समिती गठन गरेको थियो । समितीका संयोजक रहेका स्वास्थ्यमन्त्री खतिवडाले मंगलबार प्रतिष्ठानका पदाधिकारीहरु सँग छुट्टा छुट्टै भेटघाट गरि राजिनामा दिएर मार्ग प्रसस्त गर्न निर्देशन दिएका हुन् । राजनीतिक अस्थिरताका बिच लामो समयपछि नेपाल सरकारको स्वास्थ्यमन्त्री बनेका विरोध प्रतिष्ठानको वस्तुस्थिति बुझ्न धरान आएका थिए । स्वास्थ्यमन्त्रीस

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • 1,239 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पाठ्यपुस्तक बाढीले बगायो, तीन हजार बिद्यार्थी प्रभावित

    इटहरी\ इटहरी आइतबारेकी १४ बर्षिय सुसन घिमिरे आइतबार बिद्यालय जाने समयमा खिन्न देखिन्थे । अभिभावकले स्कुल जा भनेर कराइरहँदा उनी भन्दै थिए, किताब कापि केहि छैन कसरी जाने ? सुशन मात्र होइन उनकै छिमेकी ९ वर्षिय नविन गिरी, सुस्मा दाहाल, मनिसा नेपाल पनि किताब कापी नभए पछि विद्यालय जाननै अन्कनाई रहेका थिए । गत कार्तिक २ अविरल वर्षा संगै स्थानीय खोला र पैनीमा आएको बाढीले इटहरी जलमग्न बनेको थियो भने सयौ घरहरू डुबानमा परेका थिए । डुबानकै क्रममा बिद्यालय जाने बालबालिकाहरू सँगै कलेज जाने बिद्यार्थीहरूको लत्ता कपडा र पाठ्य पुस्तक पनि बगाएको थियो । बाढीले सबै पुस्तक कामै नलाग्ने बनाइ दिएपछि अब बिद्या

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • 778 पटक पढिएको
    • "तेजबहादुर बन"
  • भाटभटेनीद्वारा इटहरीलाई ११ लाख रुपैया सहयोग

    सुनसरी/ विपदको समयमा बाढीपिडितको उद्धार, राहत र पुर्नस्थापनाको लागि भाटभटेनी सुपर स्टोर इटहरीले उपमहानगरपालिकाको प्रकोप कोषका लागि ११ लाख रुपैया प्रदान गरेको छ । इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीलाई भाटभटेनीका प्रवन्ध निर्देशक मिन कुमार गुरुङका तर्फवाट प्रवन्धकद्वय लक्ष्मी गुरुङ र मायाँ रानामगरले ११ लाख रुपैयाको चेक हस्तान्तरण गरेका छन् । भाटभटेनीले गरेको सहयोगका लागि उपमहानगरका प्रमुख चौधरीले धन्यवाद दिए । कार्यक्रममा बैंक तथा वित्तीय संस्थाहरुले पनि सहयोगको प्रतिवद्धता जनाएका छन् । वाढिले क्षति पुर्याएका संरचनाहरु तिहार अघिनै वनाइसक्ने प्रमुख चौधरीले बताए । क्षतिको विवरण जिल्ल

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • 945 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अझै सुध्रिएन बीपी : बिल काट्न घण्टौ लाइनमा

    धरान\ दक्षिण एशियाकै उत्कृष्ठ मध्ये एक मानिएको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारका लागि पटक पटक आन्दोलनहरु चलिरहेका छन् । गत असार १ गते देखि प्रतिष्ठानकै चिकित्सक तथा कर्मचारीहरुको आन्दोलन अझै पनि जारी छ, तर पनि अझै सुधारको संकेत कतै पनि देखिन्दैन् । दिनहुँ बिरामीको चाप थप हुँदै गइरहेको छ । दैनिक ३ हजार भन्दा बढी बिरामीहरु प्रदेश नम्बर १ र २ सहित भारतबाट समेत आउने गरेका छन् । उनीहरुले बिल काट्ने काउण्टर समेत व्यवस्थित हुन नसक्दा बिरामीहरुले सास्ती भोग्नुपर्ने बाध्यता छ । बिरामीका आफन्तहरु बिल काट्न घण्टौं लाइनमा बस्नु पर्ने अवश्था छ । जिल्ला बाहिरबाट आएका बिरामीह

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • 917 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अन्तरधार्मिक शान्ती सम्वाद सम्पन्न

    इटहरी/ स्थानीय स्तरमै धर्मका अनुयायीहरु बिच धार्मिक सहिष्णुता र धार्मिक सद्भाब प्रवद्र्धन गर्न अभियान संचालन गरिरहेको मोरङको लेटाङमा अन्तरधार्मिक शान्ती सम्वाद सम्पन्न भएको छ । प्रदेश न. १ लाई कार्य क्षेत्र बनाई २२ बर्षदेखि निरन्तर सामाजिक सेवामा रहेको सामुदायिक विकास मञ्च नेपालले दशै तथा दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रम गर्दै हिन्दु, इसाई, किँरात, इस्लाम, स्वर्गिक मार्ग र बौद्ध धर्मका ६ धर्मगुरु सहित अनुयायीहरुको उपस्थितमा शान्ती सम्वाद सम्पन्न गरेको हो । कार्यक्रममा भिन्न भिन्न धर्महरुलाई एकताको सुत्रमा बाध्न हरेक मौलिक पर्वहरुको महत्वमा वृद्धि भएको सहभागीहरुले बताए । समुदायमा

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • 906 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बाढी पिडितलाई खाद्यान्न सहयोग

    बराहक्षेत्र/ केही दिन अघि आएको निरन्तरको वर्षाका कारण प्रभावित बनेका बराहक्षेत्र र रामधुनी नगरपालिकाका २ सय परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । दैनिक ज्यालादारीमा काम गर्दै गुजारा गरिरहेका परिवारलाई बर्षाले समस्या पारे पछि वराहक्षेत्र नगरपालिका वडा नं ८ पुलाहाका युबा भिम कट्वालको संयोजनमा वराहक्षेत्र र रामधुनिका २ सय परिवारलाई सहयोग स्वरुप खाद्यान्न सहयोग प्रदान गरिएको हो । कटुवालले पोखरा, चितवन र सुनसरीमा रहेका आफ्न्तहरु सँगको समन्वयमा संकलन भएको रकमबाट वराहक्षेत्र नगरपालिकाको ७ वटा वडा र रामधुनिको वडा नं ४ मा रहेका बाढी प्रभावित परिवारलाई खाद्य सामाग्री प्रदान गरेको राहत कार्यक्रमका

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • 763 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved