युनियनद्वारा दुर्घटना रकम हस्तान्तरण

  • माघ १२, २०७८
  • कोशीपत्र/संवाददाता
alt

धरान । दुर्घटनामा परेका सञ्चारकर्मी बुलेट खतिवडालाई नेपाल प्रेस युनियन सुनसरीले बीमा बापतको रकम हस्तान्तरण गरेको छ ।

मंगलबार खतिवडाकै घरमा गएर युनियन कार्यसमितिले बीमा बापतको रकम हस्तान्तरण गरेको हो । प्रेस युनियन सुनसरीका सचिव विवेक भट्टराईका अनुसार दुर्घटना बापतको ७० हजार रुपैँया रकम हस्तान्तरण गरिएको हो ।

युनियनले अघिल्लो वर्ष जिल्लाका तीन सय १४ सञ्चारकर्मीको दुर्घटना बीमा गरिएको थियो, जसमध्ये दुर्घटनामा परेका तीनजना सञ्चारकर्मीलाई रकम हस्तान्तरण गरिएको छ भने एकजनाको रकम आउने प्रक्रियामा रहेको सचिव भट्टराईले बताए । युनियनले अजोड इन्स्योरेन्समार्फत दुर्घटना बीमा गरेको थियो । यसपटक पनि गर्ने तयारीमा रहेको उनले बताए । उनका अनुसार यसपटक दुर्घटना बीमाका लागि सुनसरीमा कार्यरत सञ्चारकर्मीले आफू कार्यरत सञ्चार गृहको परिचयपत्र, आफू कार्यरत सञ्चार गृहको सिफारिस, सञ्चार गृहको नियुक्ति पत्र, नागरिकताको प्रतिलिपि आवश्यक पर्नेछ । यस्तै, दुई प्रति पासपोर्ट साइजको फोटो पनि आवश्यक पर्ने उनले बताए ।

प्रेस युनियनका अध्यक्ष पवन अधिकारीले भने, ‘यसवर्ष परिमार्जित योजना अनुरूप दुर्घटना बीमा गर्ने तयारी गरेका छौँ, भरसक कसैको पनि दुर्घटना नहोस्, दुर्घटना भएको अवस्थामा केही भएपनि राहत होस् भन्ने उदेश्यले बीमा कार्यक्रम अगाडि सारिएको हो ।’ उनका अुनसार यसवर्ष दुर्घटना बीमा गरिएका सञ्चारकर्मीहरू दुर्घटनामा परेको अवस्थामा मिडिया हाउसबाट पाइरहेको न्यूनतम पारिश्रमिक समेत पाउने योजना अनुसार बीमा गर्न लागिएको छ ।

पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्काले दुर्घटनामा परेर बसेको समयमा राहत महसुस हुनेगरी युनियनले दुर्घटना बीमाको योजना ल्याउनु सकारात्मक रहेको बताए । उनले भने, ‘पैसा ठूलो कुरा होइन, संस्थाको दायित्व र यसले गर्ने सपोर्ट ठूलो कुरा हो ।’ कोही सञ्चारकर्मी दुःखमा परेको अवस्थामा संगठन साथ रहनु सकारात्मक रहेको उनको तर्क छ ।

रकम हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का, नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारी, पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौला, महासंघका सचिव ध्रुव ढकाल, महासंघका सदस्य विवेक विवश रेग्मी, पत्रकारद्वय बाबुराम सुवेदी, अर्जुन सुवेदी लगायतको उपस्थितिमा उक्त बीमा बापतको रकम हस्तान्तरण गरिएको हो ।

विजयपुर अध्यात्मीक म ...

धरान/ सामाजिक संंस्कार भड्किलो बन्दै गएको महशुष गर ...

धरान किड्जीलाई अनुमत ...

धरान/  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

‘कुम्भ स्नान पछि पिण ...

धरान/  प्रत्येक १२ वर्षमा लाग्ने पुर्ण कुम्भ ...

धरानको कार्यपालिका ब ...

धरान /मेयर हर्कराज राईले एकलौटी गरेको निर्णयलाई का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved