पत्नी हत्या आरोपमा पति गिरफ्तार

  • माघ ११, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान ।  तिन साता देखि हराइरहेकी धनकुटा नगरपालिका–४ छारागाँउकी ५२ वर्षीया सीता श्रेष्ठको हत्या गरी पुरेको अवस्थामा घरभित्रै शव फेला परेको छ ।

घरको भुइँतलामा पुरेको अवस्थामा सोमबार शव फेला परेको हो । शरीरमा विभिन्न खालका चोटहरु रहेको र शव गलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुरज कार्कीले जानकारी दिए । सीता हराएको भनेर २१ पुसमा जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको कार्कीले जानकारी दिए । सीता श्रेष्ठका ३० वर्षीय भदा अरूण श्रेष्ठले फूपु हराएको भन्दै पुस २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

सीताको हत्या घरायसी विवादको क्रममा उनकै श्रीमान सीताराम भनिने सीताकुमार श्रेष्ठले गरेको खुल्न आएको डिएसपी कार्कीले जानकारी दिए । श्रीमती हत्या गरी घरभित्र शव पुरेर फरार रहेका सीतारामलाई आइतबार ललितपुरबाट पक्राउ गरी धनकुटा ल्याएको प्रहरीले जनाएको छ ।

माघ ९ गते गिरफ्तारीमा परेका श्रेष्ठले पत्नीको हत्या गरी घरको भूँइतलामा खाल्डो खनि पुरेको बताएपछि माघ १० गते घटनास्थलबाट शव निकालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कार्कीले बताए । शवको मुचुल्का उठाउँदा शरिरका विभिन्न भागमा चोट देखिएको डिएसपी कार्कीले बताएका छन् । आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा माघ १० गते कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरेको छ । शवको पोष्टमार्टम वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सोमबार गरिएको छ ।

तेस्रो ‘मिस्टर कञ्च ...

झापा/ युवाहरूमाझ शारीरिक सुगठनप्रति रुचि जगाउने र ...

धरानमा  कोशी प्रदेश ...

धरान/  धरान बास्केटबल संघको आयोजना, कोशी प्रद ...

धरानमा अटोको ठक्करबा ...

धरान/ सुनसरीको धरानमा अटो टेम्पोले ठक्कर दिँदा एक ...

ब्राउन सुगरदेखि ट्रा ...

धरान/ मोरङ, झापा र उदयपुरमा प्रहरीले तीन फरक स्थान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved