सामाजिक काममा अग्रसर बन्दै ‘एक्टिभ युथ अफ पञ्चायन’ "युवाहरु सामाजिक कार्यमा सक्रिय"

  • माघ १२, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । पछिल्लो समय युवाहरु सामाजिक कार्यमा सक्रिय हुन थालेका छन् । युवाहरु विभिन्न समूह बनाई यसरी सामाजिक कार्यक्रममा अग्रसर हुन थालेका हुन् ।

यस्तै सामाजिक कार्यमा सक्रिय रामधुनी नगरपालिका वडा नं. ७ का युवाहरुले एक बर्ष अगाडि ‘एक्टिव युथ अफ पञ्चायन’ नामक सामाजिक संस्था गठन गरेर सामाजिक कार्यमा सक्रिय हुन थालेका छन् ।

संस्थाले एक बर्षकै अवधिमा उल्लेखनीय काम गरेको छ । सक्रिय युवाहरुको समूह एक्टिभ युथ अफ पञ्चायनले अघिल्लो बर्ष युवाहरुलाई लक्षित गरी जनचेतनामुलक कार्यक्रम, रक्तदान कार्यक्रम, विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण लगायतका कार्यक्रमको आयोजना गर्दै आएको थियो ।

‘सेवा नै धर्म’ भन्ने मूल मर्म बोकेको यो संस्थाले पछिल्लो समय कोभिड महामारीका समयमा अस्पतालहरुमा रगत अभाव भइरहेको अवस्थामा थोरै भए पनि रगतको परपूर्ति गर्ने उद्देश्यले मंगलबार रामधुनी ७ पञ्चायनमा रक्तदान समेत गरेको छ ।

रक्तदान कार्यक्रममा ३८ पिन्ट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटीको रत्तः सञ्चार केन्द्रको प्राविधिक सहयोगमा युवाहरुले रगत संकलन गरिएो ‘एक्टिभ युथ अफ पञ्चायन’ का अध्यक्ष गोविन्द लामिछानेले बताए । उनल भने–‘युवाहरुले पनि समाजमा केही गर्नुपर्छ भन्ने अभिप्रायले संस्था गठन गरेर सामाजिक कार्यमा सक्रिय भएका छौ, युवावर्ग सही बाटोमा लाग्न यो संस्थाले प्रोत्साहन गरेको छ ।’ संथाका सदस्य ओमबहादुर खड्काको संयोजकत्वमा भएको कार्यक्रममा वडाध्यक्ष केशव गौतम प्रमुख अतिथि थिए ।

तेस्रो ‘मिस्टर कञ्च ...

झापा/ युवाहरूमाझ शारीरिक सुगठनप्रति रुचि जगाउने र ...

धरानमा  कोशी प्रदेश ...

धरान/  धरान बास्केटबल संघको आयोजना, कोशी प्रद ...

धरानमा अटोको ठक्करबा ...

धरान/ सुनसरीको धरानमा अटो टेम्पोले ठक्कर दिँदा एक ...

ब्राउन सुगरदेखि ट्रा ...

धरान/ मोरङ, झापा र उदयपुरमा प्रहरीले तीन फरक स्थान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved