‘दुहबी खण्डको संरचना हटाइने’ छ लेन सडक विवाद

  • माघ १२, २०७८
  • कोशीपत्र/संवाददाता
alt

धरान । लामो समय देखि विवादित बनेको रानी देखि धरान सम्मको छ लेन सडक अन्तर्गतको दुहबी खण्डमा संरचना हटाउन रानी विराटनगर इटहरी धरान सडक योजना सुनसरीले पत्राचार गरेको छ ।
मापदण्ड अनुसार दुहबी बजार क्षेत्रमा सडक विस्तार गर्न समस्या बढ्दै गर्दा योजनाको समयावधि लम्बिदै गएकाले योजनाले दुहबी नगरपालिकालाई पत्राचार गर्दै बजार क्षेत्रमा रहेको संरचना खालि गर्न आग्रह गरेको हो ।

सीमा क्षेत्रबाट १५–१५ मिटर क्षेत्रका घर टहरा हटाउन आग्रह गर्दै योजनाले सडक विस्तारको प्रक्रिया अगाडी बढाएको छ । सडक क्षेत्र यकिन हुन नसक्दा अहिलेसम्म टेण्डर प्रक्रिया समेत अगाडी बढ्न सकेको छैन । लामो समयदेखि स्थानीयको अवरोधको कारण दुहबीमा मात्रै सडक विस्तारको काम अवरुद्ध भएको छ ।सडक विस्तार गर्दा दुहबीका २ सय ३३ घर भत्किेनछन् । दुहबी बजारमा ६ सय मिटर लम्बाईमा सडकको अधिकार क्षेत्रमा १६ दशमलव ४६ मिटर रहेको छ । दुहबी बाहेक रानी विराटनगर हुँदै इटहरी देखि धरान सम्म ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । सर्वोच्च र उच्च अदालतको आदेशले सुनसरीको दुहवी खण्डको सडक निर्माणको काम प्रभावित बनेको हो । दुहबी क्षेत्रमा ३ किलोमिटर सडक निर्माणको अहिलेसम्म ठेक्का समेत लाग्न सकेको छैन् ।

रानी देखी धरानसम्मको सडक विस्तारको क्रममा मुख्य अवरोध भएको दुहबी बजार खाली गर्न सडक योजनाले पत्राचार गरेको छ । दुहबी नगरपालिकालाई योजना कार्यालयले मर्मत कार्यको लागी संरचना हटाउन आग्रह गरेको हो । गत पुस २६ गते नगरपालिकालाई पत्राचार गर्दै सडक मर्मत नहुँदा यात्रु लगायत स्थानीयले समेत सास्ती भोग्नुपरेको उल्लेख गरिएको छ । बुढी खोला देखी दुहबी बजार सम्म सडक विस्तारको निर्माण स्थल नहुँदा सडक बिस्तार हुन नसकेको योजना कार्यालयले जनाएको छ ।

योजना प्रमुख बद्रीप्रसाद शर्माद्वारा हस्ताक्षरित पत्रमा दुहबी नगरपालिका भित्र पर्ने बुढी खोला देखि दुहबी बजार सम्म निर्माण स्थलको उपलब्धता नहुँदा सडक विस्तार हुन नसकेको लेखिएको छ । योजनाको बिच भागमा पर्ने दुहबी बजार खण्ड निर्माण ममर्तको अभावमा जिर्ण हुन गई सवारी जाम हुने र दुर्घटनाको दर बढ्दै गएको उल्लेख गरिएको छ । वर्षाको समयमा हिलाम्मे र अन्य समयमा धुलाम्मे भै जनस्वास्थ्यमा असर परिरहेको जनाएको छ । सवारी चाप बढेको कारण मर्मत अनिवार्य रहेको बताउँदै योजनाले सहज बनाईदिन आग्रह गरेको छ ।

आयोजनाले पत्रमार्फत सुरक्षाको लागि जिल्ला प्रशासन कार्यालय सुनसरीलाई आग्रह गर्दै उत्तर दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालय ललितपुर र संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयलाई बोधार्थ समेत दिइएको छ ।

विराटनगरको रानीदेखि धरानको तीन कुनेसम्मको सडक विस्तारका लागि पुलसहित १७ प्याकेजको कुल ४४ किलोमिटरमा ६ लेनको काम भइरहेको छ । विराटनगरको रानीमा भन्सार कार्यालयका कारण लामो समयदेखि रोकिएको काम भर्खरै शुरु भएको छ ।

रानी विराटनगर–इटहरी–धरान व्यापारिक मार्ग बिस्तारको काम आर्थिक वर्ष २०७५–०७६ मा सम्पन्न हुनुपर्ने थियो । तर यो सडक बिस्तारको काम पटक पटक म्याद थपिदै आएको छ । अबको दुई बर्ष अर्थात २०८० भित्र सबै प्याकेजको काम पुरा गर्नु पर्ने समय सिमा छ । तर अहिलेसम्म ११ वटा प्याकेजमा २८ किलोमिटर सडक कालोपत्रे गर्ने काम मात्र पूरा भएको छ ।

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

धरानको खानेपानी योजन ...

ललितपुर/धरानले वर्षौँदेखि झेलिरहेको खानेपानी समस्यालाई ...

सिंहदेवी गोल्डकपमा ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खाँदले सिंहदेवी गोल्ड ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved