Top 4

    Showing 7,201-7,210 of 9,401 items.
  • वराहक्षेत्रमा कार्तिके मेला शुरु : भारतबाट पनि आए तिर्थालु

    बराहक्षेत्र । धार्मिक मेलाको रुपमा मानिदैं आएको हरिबोधिनी एकादशी मेलाको रौनक सोमवार देखि वराहक्षेत्र धाममा शुरु भएको छ । सनातनी नेपालीहरुले तुलसीको विवाह पर्वको रुपमा मनाउने एकदशीको अवसरमा नदिहरुका संगमस्थलहरुमा धार्मिक मेला लाग्ने गर्दछ । हिन्दु धर्मका प्रमुख चार धाम मध्ये एक मानिएको बराहक्षेत्र धाममा लाग्ने हरिबोधिनी एकादशी मेला प्रसिद्ध छ । यसपाली हरिबोधिनी एकादशी कात्तिक २९ गते देखी मङसिर ३ गते पूर्णिमाको दिन सम्म ५ दिन सम्म मेला लाग्नेछ । कात्तिके मेलाको नाममा आयोजना हुने हरिबोधिनी एकादशी मेलाको महत्व बढेको वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्तबहादुर श्रेष्ठले बताए । उनले भने, ‘प

    • प्रकाशित मितिः मंसिर २, २०७८
    • 1,143 पटक पढिएको
    • "संगम विष्ट"
  • प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्राप्त गरे विश्वासको मत

    विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश सभाको बुधबारको बैठकमा संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत माग्दै प्रस्ताव टेबुल गरेका थिए । उनको प्रस्तावमा सभामुख प्रदिपकुमार भण्डारीले मत विभाजन गराएका हुन । सांसदले नामसहितको दस्तखत गराएर गरिएको मत विभाजनअनुसार राईको पक्षमा ५० सांसदले मत दिएका छन् । यसैगरी उनलाई विश्वास छैन भन्नेतर्फ जम्मा २९ मत परेको छ । राई २०७८ कात्तिक १६ गते पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री नियुक्त भई पाँच सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । गठबन्धन दलमा कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा(एस), जस

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • 726 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तोलामा ५ सय ले घट्यो सुनको मूल्य

    धरान/  नेपाली बजारमा सुनको मुल्यमा तोलामा ५ सयको दरले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मुल्य प्रतितोला ५००ले घटेको हो । महासंघका अनुसार हिजो मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । आज ५०० ले घटेसँगै छापावाल सुनको प्रतितोला मूल्य ९४ हजार ३०० र तेजाबी सुनको मूल्य ९३ हजार ८०० रुपैयाँ छ । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । मूल्य घटेसँगै चाँदी प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • 739 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कृषकलाई सम्मान सहित आलुको विऊ वितरण

    धनकुटा/ उत्कृष्ट कृषकहरुलाई शहिदभुमि गााउपालिका वडा नं ४ खोकुले कृषकलाई सम्मान गर्दै उन्नत जातको आलुको बिउँ वितरण गरेको छ ।एमाले जिल्ला पार्टी अध्यक्ष तथा संघीय प्रतिनिधि सभा सदस्य राजेन्द्र राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ५२ क्वीण्टल १४ के जि आलुको बिउँ वडा नं ४ का कृषकलाई वितरण गरिएको हो । वडा नं ४ ले वडामा तरकारी उत्पादनमा कृषकलाई व्यवसायीक रुपमा तरकारी खेतिमा लाग्न थप प्रोत्साहन तथा तरकारी उत्पादन वृद्धि गर्नका लागि ३ लाख ६४ हजार ९ सय ८० रुपैया बराबरको उन्नतजातका खोकुको हावा पानी माटोमा खेति गर्न मिल्ने कार्डिनल जातको आलुको विउँ खरिद गरेर वितरण गरिएको वडा अध्यक्ष भुपेन्द्र

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • 1,003 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • १६ महिनाको अवधिमा ४ सय अपराध, फरार सुचिमा १ सय जना

    इटहरी/ इलाका प्रहरी कार्यालय इटहरीबाट प्रमुख डिएसपी अर्जुन कसीले सोमबारबाट बिदाइ भएका छन् । उनको कार्यअवधि समाप्त भएपछि इटहरीबाट विदाई लिएका हुन् ।बिदाइ लिने क्रममा सञ्चारकर्मिहरूसंगको भेटमा उनले इटहरी रहँदा इटहरीबासीले गरेको सहयोग अतुलनीय भएको बताए । उनले भने –‘ प्रहरीको काम कार्वाहीमा स्थानीय सरकारदेखि राजनीतिक दल ,व्यापारी व्यवसायी र नगरवासिहरूको साथ ,सहयोग अतुलनीय रहयो ।’ आफू इटहरी रहदा अपराध अनुसन्धान र शान्ति सुरक्षा कायम राख्ने सवालमा नसोचेको सफलता कायम राखेको दाबी गरे । उनले पुरानो वर्षको तुलनामा गत वर्ष ०७७।०७८ र चालु आर्थिक वर्षको कार्तिक २५ सम्मको विवरण हेर्न

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • 674 पटक पढिएको
    • "तेजबहादुर बन"
  • बुढासुब्बा मन्दिरको चर्चा भारतमा पनि

    धरान/ धरान १४ विजयपुरमा रहेको मन्दिरको चर्चा दिनप्रतिदिन चुलिदै गएको छ । चर्चा चुलिएकै कारण अहिले नेपालबाट मात्र हैन भारतबाट समेत बुढासुब्बा मन्दिरको दर्शन तथा पूजाआजाका लागि आउने तिर्थालुहरु बढ्दै गएका छन् ।विजयपुरमा रहेका अन्य मन्दिरको भन्दा बेग्लै चर्चा कमाएको बुढासुब्बा मन्दिरको ऐतिहासिकताको महिमा सुनेरै दर्शन तथा पूजाआजा गर्न आउने गरेको पूजारी बताउँछन् । धरान १४ बुढासुब्बा नजिक पूजाका सामाग्री वितरण गदै आएका इन्द्रबहादुर श्रेष्ठले बुढासुब्बा मन्दिरको महिमा चुलिदै गएका कारण दिनप्रतिदिन भक्तजनहरु बढ्दै गएको बताए । उनले कोरोना महामारीका समयमा समेत फाट्टफुट्ट भक्तजन आए पनि मन्दिर बन्द भ

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • 1,503 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बन्दले सर्वसाधारणलाई सास्ती

    धरान÷सरकारको निर्णयमा नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्य विरुद्धर्मा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पाटीले गरेको बन्द आवहानले पूर्वको जनजीवन प्रभावित बनेको छ । बन्दको प्रभाव धरानमा समेत परेको छ । मंगलबार बिहानैदेखि धरानबाट चल्ने लामो दुरीको सवारीसाधानहरु चल्न सकेका थिएनन् भने भने शैक्षिक संस्थाहरु पनि बन्द भए । उद्योग, कलकारखाना, व्यापार व्यवसाय पनि आंशिक बन्द भएका थिए भने टेम्पो, सफारी र मोटरसाइकलहरु भने निर्वाध रुमा चलेका थिए । बन्दकै कारण धरानमा गन्तव्यसम्म हिडेका यात्रुहरु समेत अलपत्र परे । धरानको पूर्व पश्चिम राजमार्ग चल्ने सवारी साधन तथा कोशी पह

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • 746 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश सभा बैठक भोली सम्मका लागि स्थगित

    धरान।मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेश सभा बैठक भोली सम्मका लागि स्थिगित भएको छ । प्रतिपक्षिको दलका सांसदहरुको उपस्थिती नभएकाले सभामुद प्रदिप कुमार भण्डारीले बैठक भोली ११ः३० सम्मको लागि स्थगित गरेका हुन् । मुख्यमन्त्री राईले विश्वासको मत लिने प्रस्ताव गत कार्तिक २७ गते नै प्रदेशसभामा दर्ता गरएाका थिए । विश्वासको मत लिनु २ दिन अघि प्रस्ताव दर्ता गराउनु पर्ने प्रावधान अनुसारनै मुख्यमन्त्री राईले प्रस्ताव दर्ता गराएका थिए ।

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • 665 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विप्लवका २१ कार्यकर्ता इटहरीबाट पक्राउ

    इटहरी । बजार बन्दगराउन हिडिका नेत्र बिक्रम चन्द ९विप्लव०का २१ जना कार्यकर्ता पक्राउ परेका छन् । बन्दको अवज्ञा गरेको भन्दै भन्दै खुल्ला रहेको बजार बन्द गराउन हिडिका उनिहरुलाई इलका प्रहरी कार्यालय इटहरी पक्राउ गरेको हो । ब्यवसायिको इच्छा बिपरित पसल बन्द गराउदै हिडेको भेटिएपछि तत्काल नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक अर्जुन केशिले बताए । पेट्रोलियम पदार्थको मुल्य बृदिको बिरोधमा नेपाल बन्दको आह्वान गरेको नेत्रविक्रम चन्द९बिप्लव०नेतृत्वको नकपाका कार्यकर्ताहरूले बजार र सवारी साधनहरू बन्द गराउदै हिडेपछि नियन्त्रणमा लिनुपरेको डिएसपि केशिको भनाइ छ । यसैबिच इटहरी लग

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • 945 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘आउँदो चुनावमा एमाले पहिलो पार्टी बन्छ’

    धरान/ नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आउदो चुनावमा एमाले पहिलो पाटी वन्ने र सरकारको नेतृत्व गर्ने दावी गरेका छन् । सहिदभूमि गाउँपालिका–३ पिप्लेडाँडामा आयोजित ४३ औ सहिद स्मृति सभालाई सम्वोधन गर्देै अध्यक्ष ओलीले १३ महिनापछि चुनाव आउँदैछ । त्यसपछि एमाले पहिलो पार्टी वन्ने र सरकारको नेतृत्व गर्ने आफूले दावी गरे । उनले प्रचण्ड–नेपाल भन्दा बरू सूर्यवहादुर थापाका छोरा सुनिल वहादुर थापा इमान्दार रहेको बताए । उनले भने–‘बरू थापा सोझै कांग्रेसमा प्रवेश गरे, प्रचण्ड–नेपाल आफ्नो दुई तिहाईको सरकार ढाल्दै, पार्टी फुटाउँदै प्रधानमन्त्री वन्न द

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • 973 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved