बर्ड फ्लु देखिएको फर्मका कुखुरा नष्ट

  • फागुन ४, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । सुनसरीको दुहबी स्थित एक फर्ममा बर्ड फ्लु रोग देखिए पछि ८ सय भन्दा बढी कुखुरा नष्ट गरिएको छ ।

दुहबी ३ स्थित सन्देश कृषि फर्ममा रहेका ८ सय भन्दा बढी कुखुरा मारेर नष्ट गरिएको हो । फर्ममा रहेको कुखुरामा वर्ड फ्लु रोग भएको पुष्टि भएपछि बर्ड फ्लु नियन्त्रण समिति सुनसरीको बैठकले पंक्षीजन्य सबै नष्ट गर्ने निर्णय लिएको थियो । निर्णय अनुसार मंगलबार फर्ममा रहेको ८ सय बढी कुखुरा नष्ट गरिएको दुहबी नगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख शिवहरि अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार फर्ममा रहेको ८ सय २० वटा बोइलर कुखुरा र १५ वटा लोकल कुखुरा मारेर खाल्डोमा जलाइएको थियो । त्यस्तै, एक क्रेट अण्डा, ७ बोरा कुखुरालाई खुवाउने दाना पनि गाडिएको अधिकारीले बताए । फर्मलाई बुधबार सेनिटाइज गरेर विहिबार देखि सिल गरिने उनले बताए । सेनिटाइज गरिएका फर्मलाई ४२ दिनसम्म सिल गरिनेछ ।

बर्ड फ्लु नियन्त्रण समितिले फर्मलाई केन्द्र मानेर पुर्वमा सोनापुरदेखि कदमगाछी जाने कच्ची सडकको सिमाना, पश्चिममा बाँसघारी र सानो खोल्सीको सिमाना, उत्तरमा बाँसघारी र दक्षिणमा दुर्गा, पचु खानको घर र बासघारीसम्म चार दिशा (चारकिल्ला) कायम गरेको छ । त्यसक्षेत्रभित्र अन्य फर्म तथा खोरहरु भेटिएमा त्यहाँ भएका कुखुरा, हाँसलगायत पंक्षीजन्य सबै नष्ट गरिने अधिकारीले बताए ।

एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ कोशी प्रदेशस्तरीय एस.ई.ई. स्पिकर– ...

भुक्तानी रोकेको भन्द ...

धरान/ धरान उपमहानगरपालिकामा सम्पन्न योजनाको भुक्तानी रो ...

इन्द्रप्रस्थ जेष्ठ न ...

धरानर जेष्ठ नागरिक समाजमा अभिन्न अंग हुन् । यसैलाई ...

रक्तदान जीवनदान : वर ...

वराहक्षेत्र/ १३औं स्थापना दिवसको अवसरमा चक्रघट्टी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved