Top 4

    Showing 7,111-7,120 of 9,401 items.
  • मोरङ कांग्रेसको सभापतिमा डिगबहादुर लिम्बू विजयी

    विराटनगर । नेपाली कांग्रेस मोरङ जिल्लाको सभापतिमा डिगबहादुर लिम्बू विजयी भएका छन् ।दोस्रो चरणमा भएको निर्वाचनमा १९०६ मत प्राप्त गरी लिम्बू विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी दिलिप गच्छदारले १४२५ मत प्राप्त गरे । खसेको मध्ये २५ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।लिम्बू कोइराला(पौडेल र गच्छदार देउवा-सिटौला खेमाबाट उमेदवार बनेका थिए । पहिलो चरणको निर्वाचनमा तीनमध्ये कोही उमेदवारको बहुमत नआएपछि दोस्रो चरणमा बुधबार निर्वाचन भएको थियो ।‌ अन्य पदाधिकारीको मत गणना भइरहेको छ।

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • 816 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानले तीनपाने रक्सी र कालो बंगुर ब्राण्डिङ गर्ने

    धरान/ घरेलु तीनपाने रक्सी र कालो बंगुरलाई धरानले ब्राण्डिङ गर्ने भएको छ । स्थानीय उत्पादन तीनपाने रक्सी र कालो बंगुरको बजारीकरणमा प्रवद्र्धन गर्दै जिवनस्तर उकास्ने योजनाहरु अघि सार्ने भएको छ । एक वर्ष अघि तीनपाने रक्सी र कालो बंगुरको प्रवद्र्धन गर्र्न अध्ययन कार्यदल गठन भएको थियो । कोरोनाका कारण कार्यदलको बैठक बस्न सकेको थिएन । धरान उपमहानगर नगर प्रमुख तिलक राईको उपस्थितिमा सोमबार बसेको कार्यदलको पहिलो बैठकले परम्परागत रुपमा उत्पादन गरिएका स्थानीय तीनपाने रक्सी र कालो बंगुरलाई प्रवद्र्धन गर्ने निर्णय गरेको हो । बैठकमा मेयर राईले तीनपाने रक्सीलाई गुणस्तरिय बनाउन सीप दिएर व्यवसायीकरण गर्न

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • 945 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बीपीको उपकरण बिग्रिए : बाहिरको ल्याव टेष्टलाई मान्यता

    धरान/ एक समय धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बाहिरका ल्याबहरुमा गरिएको टेष्टले मान्यता पाउँदैनथे । विरामीले बाहिरबाट ल्याएका ल्याव टेष्ट, एक्स–रे, सिटिस्यान, एमआरआइको रिपोर्टलाई मान्यता नदिएकै कारण प्रतिष्ठानभित्रै टेष्ट गराउन लगाइन्थ्यो । तर अहिले अवस्था ठ्याक्कै उल्टो छ । प्रतिष्ठनमा उपचारमा आएका अधिकांश विरामीले बाहिरबाट ल्याव टेष्ट, सिटिस्क्यान, भिडियो एक्स–रे, एक्स–रे गर्न बाध्य छन् । प्रतिष्ठानका चिकित्सकहरुले नै बाहिर ल्याब टेस्ट गर्न सुझाव दिन थालेका छन् । दुई दिन अघि हाडजोर्नी विभागमा एक बिरामीको खुट्टाको सिटिक्यान रिपोर्ट बेडमै झुण्ड्याए

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • 1,278 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • पन्ध्र सय ८५ मतले रावललाई हराउँदै बने ओली पुनः एमाले अध्यक्ष

    सुनसरी । चितवनमा सम्पन्न १०औं महाधिशनमा पुनः केपी शर्मा ओलि अध्यक्षमा विजयी भएका छन् । महाधिवेशनबाट ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । उनले अध्यक्षका प्रतिष्पर्धी भीम रावललाई १५ सय ८५ मतको फराकिलो अन्तरले हराउँदै पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष पदमा केपी शर्मा ओलीले १८ सय ८ मत प्राप्त गरेका थिए भने रावलले २ सय २३ मत प्राप्त गरेका छन् । ओली र रावलले पाएको मत जोड्दा खसेको कुल मतभन्दा ६५ कम हुन्छ । ६५ जना प्रतिनिधिले ‘नो भोट’ गरेको अनुमान छ । एमालेका २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो । एमालेमा सर्वसम्मति प्रयास असफल

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • 1,126 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीमा सेन्ट्रल मार्टको व्यापार शुरु

    इटहरी/ इटहरी चौंकमा बनेको १० तले विल्डिङमा संचालन भएको सेन्ट्रल प्लाजाको पहिलो तलामा स्थापना गरिएको ग्रोसरी स्टोरले सोमबार देखि औपचारिक रुपमा व्यापार शुरु गरेको छ । सिनेफ्लाक्स नामका २ वटा सिनेमा हलका साथमा सेमिनार हल र रेस्टुरेन्ट सहितको होटल बरण्डा, इलेक्ट्रोनिक्सका सामान, कपडा तथा कष्टमेटिक्स, मिठाइ पसल र कफी सपसमेत भएको प्लाजामा एउटा डिपार्टमेन्ट स्टोर सहितको मार्ट सोमबार एक कार्यक्रमको आयोजना गरि औपचारिक रुपमा व्यापार शुरु गरेको हो । सेन्ट्रल प्लाजाका अध्यक्ष राजेश श्रेष्ठ र उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले संयुक्त रुपमा मार्टको उदघाटन गरेका छन् । उद्घाटनको अवसरमा ग्र

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • 782 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘एउटा मञ्च, दुई प्रतिभाको प्रस्फुटन’

    बागिना कला केन्द्र धरानले विगत १० वर्ष देखि वर्षेनी पुर्वाञ्चल सिङगिङ स्टार तथा मिस स्टेट वान गर्दै आएको छ । दुई वर्ष कोरोनाका कारण स्थगित बनेको प्रतियोगिताको आठौं संस्करण धरानमा हुँदैछ ।  प्रदेश नम्बर १ का विभिन्न जिल्ला, शहरबाट उत्कृष्ठ प्रतिभाहरुको खोजि गर्दै उनीहरुलाई समाजमा स्थापित गराउन प्रतियोगिताले महत्वपुर्ण भुमिका खेल्दै आएको छ । केन्द्रका अध्यक्ष भक्तिराज राईको एकल प्रयासमै विगत वर्षदेखि निरन्तर प्रतियोगिता आयोजना हुँदै आएको छ । प्रतियोगिताको आठौं संस्करणको फाइनल खेलमा प्रदेशका विभिन्न क्षेत्रबाट मिस स्टेटका लागि ९ जना किशोरीहरु सहभागि हुँदैछन् भने गायन तर्फ ८ जना बिच प्रतिष्पर

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • 1,140 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा कोइराला–पौडेल पक्षकै वर्चश्व

    विराटनगर/ नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश नं १ का विभिन्न जिल्लामा सम्पन्न भएको अधिवेशनको परिणामले यो प्रदेशमा संस्थापन पक्षको राम्रो उपस्थिति देखिएको छ । १३ औं महाधिवेशनसम्म कोइराला–पौडेल पक्षको निकै राम्रो पकड थियो । कोइरालाहरुको अधिक प्रभाव रहेको मानिएको मोरङमा समेत दोसो चरणको चुनावमा देउवा खेमाका सभापतिका उमेदवार दिलिप गच्छदारले टक्कर दिने देखिएको छ । उनलाई सभापतिको उमेदवारबाट पहिलो चरणबाट बाहिरिएका कृष्ण सिटौलमा समूहका यदु विष्टले साथ दिएपछि देउवा पक्ष केही सहज अवस्थामा पुगेको हो । अघिल्लो अधिवेशनमा प्रदेश १ का १० जिल्लामा भएको कांग्रेस अधिवेशनमा देउवा पक्षल

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • 980 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सभापति छान्न मोरङमा दोस्रो चरणको निर्वाचन

    विराटनगर/ मोरङ कांग्रेसको सभापति चयन गर्न दोस्रो चरणको निर्वाचन हुने भएको छ । तीन जनामध्ये कुनै उमेदवारको पनि वहुमत नआएपछि फेरि निर्वाचन हुने भएको हो । कांग्रेसको संशोधित विधान अनुसार सभापतिले बहुमत प्राप्त गर्न बदर बाहेक खसेको मतको कम्तिका ५१ प्रतिशत ल्याउनु पर्छ । तर, आइतबार भएको निर्वाचनमा मोरङका कुनै पनि सभापति उमेदवारको बहुमत आएन । अबेर रातिदेखि शुरु गरिएको मत गणनाअनुसार सभापतिमा डिगबहादुर लिम्बूले १ हजार ५ सय ४४, दिलिप गच्छदारले १ हजार १ सय ५९ र यदुकुमार विष्टले ५ सय ६३ मत प्राप्त गरेका छन् । तेस्रो स्थान ल्याएका बिष्ट अब चुनावी प्रक्रियाबाट बाहिरिने छन् । अब गच्छदार र लिम्बूबीच प्

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • 607 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नयाँ नेतृत्वका लागि एमालेको मतदान सकियो

    धरान/ नेकपा एमालेको जारी महाधिवेशनबाट नयाँ नेतृत्व छान्न मतदान प्रकृया सम्पन्न भएको छ । चितवनको सौराहामा अवस्थित होटल सेभेन स्टारमा मतादन प्रकृया सम्मपन्न भएको हो । महाधिवेशनमा सहभागी २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधि मध्ये २ हजार ७९  मत खसेको बताइएको छ । यो समाचार तयार र्पादा सम्म आधिकारीक खसेको मतको तथ्याङक भने सार्वजनिक भइसकेको छैन् । मतदानमा प्रकृयामा विद्युतीय मेसिन प्रयोग गरिएको छ। विद्युतीय मतदान भएकाले केहीघन्टाभित्रै मतपरिणाम सार्वजनिक हुने अपेक्षा गरिएको छ। मतदानबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदाधिकारी चुनिने छन् भने सर्वसम्मत हुन नसकेका खुलासहित विभिन्न

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • 566 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरी २ बाट नवोदिता चौधरी महाधिवेसन प्रतिनिधीमा विजयी

    धरान/ प्रदेश नम्बर १ प्रदेशसभा सदस्य समेत रहेकी नवोदिता चौधरी सुनसरी क्षेत्र नम्बर २ बाट थारु महिला कोटामा केन्द्रिय महाधिवेशन प्रतिनिधीमा विजयी भएकी छिन् । चौधरी पछिल्लो समय पार्टीमा समेत लोकप्रिय नेताको रुपमा स्थापित हुँदै गएकी छिन् । आसन्न महाधिवेशनबाट उनलाई पार्टीले थप जिम्मेवारी दिन सक्ने स्रोतको दावी छ । बौदिक तथा शालीन नेतृको छवी बनाएकी चौधरीलाई प्रदेश नम्बर १ मा कांग्रेसको तर्फबाट मन्त्री बन्ने एक योग्य दावेदारको रुपमा समेत हेरिने गरेको छ । पार्टी र जनताको लागि इमान्दारीपूर्वक काम गर्दै आइरहेकाले पार्टी तथा नेता कार्यकर्ताले बिश्वास गरेर दिने हर निर्देशन एबम जिम्मेवारीलाई अक्षरश

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • 564 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved