सुनसरी । नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहका सेक्सन कमाण्डर फक्ताङलुङ गाउँपालिका २ ताप्लेजुङका ३२ वर्षिय पेम्बा साङगे शेर्पालाई हातहतियार सहित मोरङ प्रहरीले पक्राउ गरेको छ । मोरङको उर्लावारी नगरपालिका ६ बाट उनलाई अबैध हातहतियार र गोली गठ्ठा सहित पक्राउ गरेको हो । केही ब्यक्तिहरु हातहतियार सहित लुकिछिपी बसिरहेको भन्ने बिशेष सूचनाका आधारमा शनिवार दिउँसो १ बजे ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । शेर्पाको साथबाट अटो पेस्तोल युएसए लेखिएको पेस्तोल १ थान, उक्त पेस्तोलको गोली ३ राउण्ड, म्यागजिन १ थान, बिभिन्न किसिमका कागजपत्र, ३ वटा मोवाईल, व्याग ८
धरान । दुर्घटना तथा विभिन्न रोगका कारण अपाङ्गता भएका व्यक्तिहरूको लागि खेल खेल्न सकिने खालको (रफराइडर) ह्विल चेयर वितरण गरिएको छ । राष्ट्रिय अपाङ्ग पुनः स्थापना समाज काठमाडौँको सहयोग तथा स्पाइनल इन्जुरी संघ प्रदेश १ को आयोजनामा १७ वटा ह्विल चेयर वितरण गरिएको हो । इटहरीमा एक कार्यक्रम गरी धनकुटा, सुनसरी, मोरङ र तेह्रथुम जिल्लाका १७ जना अपाङ्गता भएका व्यक्तिहरूलाई प्रतिगोटा एक लाख बराबरको ह्विल चेयर वितरण गरिएको हो । पहिलेका बर्षहरुमा सामान्य हिँडडुल गर्ने ह्विल चेयर वितरण गर्ने गरे पनि यो पटक भने खेल खेल्न सक्ने ह्विल चेयर वितरण गरेकोमा राम कार्कीले खुशी व्यक्त गरे । उनले भने, ‘अपाङगता
मोरङ ।मोरङको उर्लावारी नगरपालिका(६ बाट अबैध हातहतियार र गोली गठ्ठा सहित १ जना पक्राउ परेका छन् । केही ब्यक्तिहरु हातहतियार सहित लुकिछिपी बसिरहेको भन्ने बिशेष सूचनाका आधारमा शनिवार दिउँसो १ बजे ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले फक्ताङलुङ गाउँपालिका-२ ताप्लेजुङका ३२ बर्षीय पेम्बा साङगे शेर्पालाई पक्राउ गरेको हो । शेर्पाको साथबाट AUTO PISTAL USA लेखिएको पेस्तोल १ थान, उक्त पेस्तोलको गोली ३ राउण्ड, म्यागजिन १ थान, बिभिन्न किसिमका कागजपत्र, ३ वटा मोवायल, व्याग ८ थान र ज्याकेट १८ थान बरामद भएको थियो । हातहतियार र बिभिन्न दस्तावेज सहित पक्राउ परेका शेर्पा नेपाल कम्युनिष्ट पाट
धरान । रुटिन ओटिमा प्रयोग हुने सामग्री बिग्रिएका कारण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आज देखि शुरु हुने भनेको रुटिन ओटि पुर्ण रुपमा संचालन हुन सकेन् । केही दिन अघि सुचना जारी गर्दै मंसिर ७ गते देखि रुटिन ओटि संचालन हुने जनाएको थियो । तर लामो समय देखि बन्द रहेका सामग्रीको समयमै आवश्यक मर्मत सम्भार तथा चेकजाँच नगर्दा तोकिएको समयमा रुटिन ओटि संचालन गर्न नसकेको प्रतिष्ठान स्रोतले जनाएको छ । पुर्ण रुपमा संचालन गर्दा ७ वटा रुटिन ओटि सुंचारु हुन्छ तर आज एउटा मात्रै थपिएको छ । यस अघि १ महिना देखि २ वटा रुटिन ओटि संचालनमा थिए । आज एउटा थपिएर ३ वटा रुटिन ओटि संचालनमा आएको सहायक अस्पताल निर
पाँचथर । पाँचथर जिल्लामा शुक्रवार एकैदिन तीन हजार घरमा विद्युतीकरणको शुभारम्भ गरिएको छ । मिक्लाजुङ र कुम्मायक गाउँपालिकाका दुई हजार ९ सय ९० घरमा विस्तार भएको विद्युतको भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले शुभारम्भ गरेका हुन् । शुक्रवार जिल्ला आएका उनले अलगअलग पाँच कार्यक्रममा सहभागी भई विद्युतीकरणको शुभारम्भ गरेका हुन् । दुई गाउँपालिकाका ६ ओटा वडामा विद्युतीकरणको काम पूरा भएपछि शुक्रवार एकैदिन शुभारम्भ सम्पन्न भएको हो । सबै स्थानमा सामुदायिक ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत विद्युत् सहकारी संस्थाको अगुवाइमा विद्युत् विस्तार गरिएको हो । कुम्मायक – २ माङ्जाबुङका ७
धरान : प्रदेश नम्बर १ आज थप १ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरंगमा ६८, झापामा ५४, सुनसरीमा ६, इलाम र धनकुटामा ३–३ र पाँचथरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ५०, बुढीगंगामा ३, कानेपोखरी, बेलबारी र लेटाङमा २–२, ग्रामथान, उर्लाबारी, धनपालथान, पथरीशनिश्चरे, केराबारी र कटहरीमा १–१, स्थानीय तह नखुलेका ३ जना छन् । झापाको कनकाईमा १२, भद्रपुरमा ११, विर्तामोडमा १०, अर्जुनधारामा ५, मेचीनगरमा ४, शिवसताक्षीमा २, गौरादह, बुद्धशान्ति र झापा गाउँपालिकामा १–१, र स्थानीय तह नखुलेका ७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै सुन
धरान । जुवा जन्य खेलहरुमा प्रहरीको नियन्त्रण तिब्र रुपमा बढेको छ । चाडपर्वको समयमा हुने जुवाजन्य खेलहरुलाई नियन्त्रण गर्न प्रदेश १ प्रहरीले अभियान नै चलाएको छ । यसै बिच मोरङको रतुवामाई नगरपालिका ८ बाट तास तथा जुवा खेलिरहेका अवस्थामा डेढ लाख भन्दा बढी नगद सहित १६ जनालाई पक्राउ गरेको छ । शुक्रवार राती साँढे ११ बजे स्थानीय सागर गडतौलाको घरमा जुवा तास खेलिरहेको भन्ने बिषेश सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा रतुवामाईका डिल्लीराम चौलागाई, मोती पौडेल, रामनाथ मैनाली, देवी प्रसाद प्रसाई, रामनाथ नेपाल, हेमलाल प्रसाई, नारायण
धरान । बैदेशिक रोजगार ठगी मुद्धामा अदालतबाट दोषी ठहर भएका फरार एक अभियुक्तलाई उदयपुर प्रहरी ले पक्राउ गरेको छ। जिल्ला अदालत उदयपुरबाट १ लाख ५० हजार जरीवना र १ वर्ष ६ महिना ३ दिन कैद पाएका फरार अभियुक्त पक्राउ परेका हुन् । ४३ वर्षीय सुजन राई लाई आफ्नै घरमा लुकीछिपी बसेको अबस्थामा शुक्रबार साझ ७ बजे ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको बिशेष प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका अभियुक्तलाई जिल्ला अदालतमा पेश गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।
धरान/ सुर्यको विशेष पुजा आरधना गरि मनाइने छठ पर्व आज उदाउँदो सुर्यलाई अर्घ चढाएर यस वर्षको छठ पर्व विधिवत रुपमा समापन गरिएको छ । यो वर्ष कोरोना भाइरसको महामारीका कारण छठमा विगतकोजस्तो उल्लास भने पाइएन । शुक्रबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर रातभर जाग्राम बसेका ब्रतालुहरूले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर चार दिनको ब्रत समापन गरेका हुन् । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि शुरु भएको थियो । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न
धरान । खोला किनारमा अस्ताउँदै सुर्यलाई अर्घ दिएर गरिने छठ पुजा कोरोना संक्रमणका कारण यस वर्ष केही धर्मावलम्बीहरुले घर मै मनाएका छन् भने केहीले नजिकैको पोखरीमा पुजा आजा गरेका छन् । कसैले खेतबारीमा पानीको पोखरी बनाएर छठ पर्व मनाएका छन् । कोरोना भाइरस र यसको त्रास संसंगै धार्मिक गतिविधि नगर्न स्थानीय प्रशासनले आग्रह गरेपछि घरमै खाल्डो खनि पानिले भरेर खोलाझै रंगाई बिधिवत रुपमा ब्रत बसेर पर्व मनाएका छन् । कोरोना भाइरसका कारण खोलामा जादाँ भिड भएकाले यहि पुजा गरेको धर्मावलम्बीहरुको भनाई छ । विगतका वर्षहरुमा धुमधामका साथ विभिन्न खोला, नदिका किनारहरुमा भिड लाग्ने गरेको थियो । १ हप्ता अघि देखिनै खोला