धरान । सामुदायिक कुकुरहरुको संख्या बढ्दौ जा“दा धरानमा समस्या हुन थालेपछि कुकुरको बन्ध्याकरण थालिएको छ ।
मंगलबारदेखि एक हप्ता चल्ने बन्ध्याकरण शिविरमा अहिले धमाधम कुकुरको बन्ध्याकरण गरिदैछ ।
धरान उमहानगरपालिका र मिमालय एनिमल्स रेस्क्यु ट्रस्ट (हार्ड) नेपालको संयोजनमा भएको शिविरको मुख्य उद्देश्य समुदायिक कुकुरको संख्या घटाउन तथा कुकुरमा लाग्ने विभिन्न प्रकारका रोगहरुको नियन्त्रण गर्ने रहेको हार्ड नेपालका सञ्चालक खगेश्वर भट्टराईले बताए ।
उनले भने–‘सामुदायिक कुकुरको संख्या बढ्दै जादा कुकुरबाट लाग्ने संक्रमण र कुकुरका कारण मानवले भोग्नुपरेको समस्यालाई मध्य नजर ग री हामीले बन्ध्याकरण गरेका हौं ।’
उनले मानिस र कुकुको सम्बन्ध नजिक भएपनि समुदायमा कुकुरको संख्या अत्याधिक बढ्दा कुकुरबाट रेविज लगायत अन्य रोग लाग्ने भएकोले कुकुरको संंख्या घटाउनकै लागि बन्ध्याकरण थालिएका बताए । उनले भने–‘हामी कुकुरको बन्ध्याकरणमात्र गर्दैनौ, रेविजको इन्जेक्सन समेत लगाउछौं ।’
सामुदायिक कुकुरको कारण सवारी दुर्घटना हुने तथा पैदलयात्रीलाई आवतजावतमा समेत समस्या हुन थालेपछि यसको नियन्त्रणको लागि कुकुर बन्ध्याकरण शिविर सञ्चालन गरिएको पशु चिकित्सक बीर्खबहादुर राईले बताए । उनले सडक तथा समुदायमा रहेका कुकुरको बन्ध्याकरण र रेविज विरुद्धको खोप अभियानलाई अगाडि सारे अनुरुप यो कार्यक्रमका आयोजना गरेको बताए । उनले भने–‘विगतमा पनि बन्ध्याकरण हुने गरेका थिए, बीचमा कोरोना संक्रमणका कारण रोकिएको थियो, अहिले कोरोनाको सहज अवस्था हुदै गएपछि हामीले पुन ः यसलाई निरन्तता दिएका हौं ।’
उनका अनुसार विगत ५ बर्षदेखी कुकुर बन्ध्याकरण शिविर गरिदै आएकोमा दुई बर्ष भने कोरोना संक्रमणका कारण गर्न सकिएका थिएन । धरान उप–महानगरपालिकाको सहयोगमा बन्ध्याकरण शुरु गरिएको हो ।
उनले सामुदायिक कुकुरको संख्या बढ्दै जादा कुकुरले मानवलाई भौतिक आक्रमण गर्दा कुकुर माार्ने अभियान नै चलाउने गर्छन, यो गलत भएको बताए । उनले भने–‘अहिले पशु संरक्षणमा लागेकाहरुले पशुको हत्या गर्नु ठीक होइन भनिरहेको समयमा संख्या घटाउन यही नै उपयुक्त प्रयोग भएकोले हामीले यसलाई प्राथमिकतामा राखेर बन्ध्याकरणलाई निरन्ता दिएका हौं ।’
पछिल्लो समय विभिन्न सहरमा सामुदायिक कुकुर नियन्त्रणका लागि विष सेवन गराएर मार्ने गरिएको थियो । यसरी पशुलाई विष सेवन गराएर मार्न नहुने आवाजहरु वेला वेला उठिरहदा धरानमा भने यस प्रकारको शिविर सञ्चालन भएकोमा पशु अधिकारवादीहरुले स्वागत योग्य काम भएको बताएका छन् । धरानमा १ हजार ७ सय सय भन्दा बढी सामुदायिक कुकुरहरु रहेको अनुमान गरिएको छ ।