श्रमिक महिला दिवस ‘हर्ष न विस्मात’

  • फागुन २५, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । मार्च ८ अर्थात् मंगलबार विश्वभर ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ मनाइरहँदा श्रमिक महिलाहरु हातमुख जोर्न काम गरिरहेका थिए । दैनिक रुपमा ज्याला मजदुरी गरेर खाने उनीहरु काम गरेको पैसा लगेर आफ्ना लाला बालालाई खुवाउने बाहेक अर्को केही सोचेका थिएनन् ।

विशेष गरी घर निर्माणमा खटिएका मजदुर महिलाहरुलाई श्रमिक महिला दिवस के हो ? महिले मनाउने गरिन्छ भन्ने सम्म थाहा छैन् । धरान १५ स्थित एक घरमा काम गर्दै गरेकी सविना गुरुङलाई श्रमिक दिवसको बारेमा केही थाहा नभएको बताउँछिन् । श्रमिक महिला दिवसको दिन सरकारी बिदा गरियो तर उनीहरुले बिदा पाउँदैनन् । बिदा बसे भने एक दिनको ज्यालानै मर्छ । गुरुङ भन्छिन्, ‘मलाई यो दिवसको बारेमा केही थाहा छैन । दिवस भएर नि के गर्नु काम नगरी खान पुग्दैन ।’ उनले दिवस हुनेखानेका लागि मात्र भएको बताइन् । उनले भनिन्, ‘एक दिन काम गरिएन भने घरमा चुल्हो नै बल्दैन, बालबच्चाको लागि भएपनि काम गर्नैपर्छ ।’

दुई सन्तानकी आमा गुरुङका श्रीमान पनि मजदुरी नै गर्छन् । दुई जनाले काम गरेर कमाएको रकमले नै उनीहरुको घर चल्छ । गुरुङ भन्छिन्, ‘मैले कमाएको खानपिनमा खर्च हुन्छ, श्रीमानले कमाएको सन्तानलाई पढाई खर्च हुन्छ ।’
स्थानीय सपना खड्का पनि महिला दिवस कानलाई बेल पाक्यो हर्ष न विस्मात भएको बताउँछिन् । उनले घर परिवार धान्नकै लागि रात बिहान नभनी काम गर्नुपरेको सुनाइन । उनी भन्छिन्, ‘हाम्रो सरकारी जागिर हैन, विदा बस्दा पनि पैसा पाउने, एक दिन विदा बस्यो भने ७ सय रुपैया घाटा हुन्छ । पैसा खाएन भने कसरी घर खर्च चलाउनै मुस्किल हुन्छ ।’

महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रूपमा ८ मार्चलाई लिने गरिन्छ । जर्मनीकी माक्र्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरूको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । जसलाई सम्मेलनले पारित गर्यो र सन् १९११ देखि महिला दिवस मनाउने परम्परा रही आएको छ ।

तर अन्य महिलालाई श्रमिक दिवसले छुए पनि ज्याला मजदुरी गर्ने महिलालाई पटक्कै छुएको छैन । हुने खाने तथा सरकारी जागिरमा रहेका महिलाहरुले मात्र दिवस मनाएको पाइएको छ । नेपालको ट्रेन्डलाई हेर्ने हो भने राजनीतिक दलमा आवद्ध, महिलावादी विभिन्न सामाजिक संघ संंस्थाहरुले अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरेका छन् । गरिब, असहाय तथा श्रमिक महिलाका लागि यो दिवस कागलाई बेल पाक्यो हर्ष न विस्मात झै भएको छ ।

कोशी प्रदेश स्तरीय ओ ...

सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेल ...

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

दुहबीमा ११६ केजी गाँ ...

दुहबी/  सुनसरीको दुहबी नगरपालिका–४ मालह ...

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved