धरान । ट्युसन पढ्न गएकी उदयपुरको बेलका नगरपालिका ३ की कक्षा १० मा अध्ययनरत १६ वर्षीया छात्रा कविता सुनुवारको हत्यामा उनीहरुकै साथीहरुको संलग्नता रहेको पुष्टि भएको छ । हत्या आरोपमा पक्राउ परेका कविताकै सहपाठी सरस्वती ढकाल खत्री उर्फ सरिताले दाई विनोद ढकाल खत्रीसँग मिलेर हत्या गरेको बयान दिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी सुवासचन्द्र बोहोराले बताए । उनले भने, ‘मृतक कविताले सरितालाई स–सानो कुरामा होच्याउने, चिड्याउने गरेकाले दाई विनोदसँग मिलेर प्रतिशोध साँध्न हत्याको योजना बनाइ हत्या गरेको बयानमा पाइएको छ ।’ जिल्ला प्रहरी कार्यालय उदयपुरले बुधबार पत्रकार सम्मेलन गरी
धरान । राजनीतिलाई पेशा व्यवसाय बनाउँने लोभीपापीहरूका कारण राजनीति दुर्गन्धित भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले आरोप लगाएका छन् । उनले कमल थापा प्रति लक्षित गर्दै लोभीपापीले पाटी फुटाएको आरोप समेत लगाए । बुधवार विराटनगरमा राप्रपा मोरङले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले राजनीति गर्नेहरूले ७ पुस्ता सपार्ने व्यापार ठानेका कारण देशको अवस्था बिग्रिएको बताएका छन । उनले भने, ‘राजनीति गर्नेहरूले ओढ्ने, ओछ्याउने बनाए, शौचालय बनाए, भान्सा पनि बनाए, ७ पुस्ता सपार्ने व्यवसाय पनि बनाए, त्यसको असर अहिले हामीले भोगिरहनुपरेको छ ।’ अध्यक्ष लिङ
धरान । मोरङ व्यापार संघले विराटनगरमा लगाएको ‘ट्रेड एक्स्पो’ मा १५ करोड बराबरको आर्थिक कारोबार भएको छ । ६ दिनमा अवधिमा १ लाख ८० हजार जनाले एक्सपो अवलोकन गरेको र १५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको संघले जनाएको हो । बुधबार मेलास्थलमै आयोजना गरिएको पत्रकार सम्मेलनमा एक्सपो संयोजक विकास बेगवानीले एक दिन समय थप गरिने जानकारी दिए । “चैत १८ देखि २६ गतेसम्म एक्स्पो संचालन गर्ने तय भएकोमा एक दिन बढाउने निर्णय गरेका छौै,”बेगवानीले भने । मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले भने, ‘एक्स्पोमा दर्शक आउनेको संख्या बढेको छ, हामीले सोचेभन्दा पनि धेरै दर्शकहरू आ
धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिको रुपमा डा. ज्ञानेन्द्र गिरी आएपछि दुई बर्षमा उल्लेख्य प्रगति गरेको दाबी गरेका छन् । प्रतिष्ठानले बुधबार सार्वजनिक गरेको कार्य प्रगति प्रतिवेदनमा दुई बर्षको अवधिमा उल्लेख्य प्रगति गरेको जनाएको हो । २०७६ चैत्रमा नियुक्ति भएका डा. गिरीले २०७८ को हालसम्म उल्लेख्य काम गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । नियुक्ति भएर आएलगत्तै विश्वमहामारीको रुप लिएको कोरोना संक्रमणका विरामीलाई सहज रुपमा उपचार गराउन चुनौतिहरु देखिए पनि कोरोना महामारीका विरामीलाई सहज रुपमा उपचारका छुट्टै कोभिड अस्पताल संचालनमा ल्याएको बताएका छन् । उनले भनेका छन्, कोभिड अस्प
धरान । पछिल्लो समय बढ्दै गरेको गर्मीका कारण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामीको अत्याधिक चाप बढेको छ । गर्मीका कारण झाडापाखालाका विरामीहरु बढेको प्रतिष्ठानले जनाएको छ । विरामीको चापकै कारण अहिले विरामीले सहज रुपमा उपचार गराउन नपाइरहेको गुनासो समेत बढिरहेको छ । अत्याधिक बढेको चापका कारण विरामीले विल काट्न नै धौ धौ पर्ने गरेको छ । छालाको समस्या लिएर प्रतिष्ठान आएका सप्तरीका रामेश्वर यादवले उपचार गरेर त्यही दिन फर्किने चाहे पनि उनी फर्किन पाएनन् । विल काट्न नै समय लागेपछि चिकित्सकलाई देखाउन ढिलाई भएपछि भोलिपल्टमात्रै चेकजाच गर्न भ्याएका थिए । उनले भने, ‘विल काट्
धरान । विदेशबाट फण्ड आएको भन्दै घर बनाइदिने बहानामा ठगि गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको रंगेलीका अतिविपन्न परिवारलाई घर बनाईदिने प्रलोभनमा पारेर रकम असुली गर्दे हिड्ने सुनसरी भोक्राह गाउँ पालिका ४ वस्ने बर्ष ५० का दिपेन्द्र उरावलाई प्रहरीले पक्राउ गरेको हो । उरावले असोज महिना देखि गाउँ घरमा गएर बिदेशी फन्डबाट घर वनाउन लगानी गरिदिने भन्दै प्रति घर ५० हजार रुपैयाँ उठाउने गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । घर निर्माणमा ५० हजार रुपैयाँ तिरे पछि सम्पुर्ण काम पूरा गर्ने र आफुले कुनै समाग्री नदिनु पर्ने भन्दै ठगी गर्दे हिडिरहेको अवस्थामा उनलाई गत १६ गते सुनवर्षी नगरपालिका ९
धरान । झापाको बुद्धशान्ति गाँउपालिका ३ स्थित मेची राजमार्गमा सवारी दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि स्थानकी ३८ बर्षीय शान्त सुब्बा रहेकी छिन् । मगंलबार बेलुका पौने ७ बजे दक्षिण तर्फ जादै गरेको प्रदेश १ ०१ ०१३ प ४४९८ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउदै गरेको प्रदेश १ ०१ ००१ च ७८३८ नम्बरको पिकअप भ्यानले ठक्कर दिदाँ घाईते भएकि मोटरसाईकल पछाडि सवार सुब्बाको उपचारको क्रममा बि एण्ड सि अस्पताल बिर्तामोडमा मृत्यु भएको हो भने मोटरसाईकल चालक ४२ बर्षीया कविता लिम्बुको सोहि अस्पतालमा उपचार भईरहेको छ । पिकअप र चालक पाँचथर हिलिहाङ गाउपालिका ६ का हर्क यावालाई ईलाका प्र
धरान । मोरङको धनपालथान गाउँपालिका ३ डकुवा डाँडा स्थित ABC ईटाभट्टाको खाल्डोमा जमेको पानीमा डुबि एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ईटाभट्टाका कामदार भारत वेष्ट बंगालका लालतन आलमको २ बर्षीय छोरा अरमान मिँया रहेका छन् । मगंलबार दिउँसो साढे २ बजे खेल्ने क्रममा खाल्डोमा जमेको पानीमा डुबि अचेत अवस्थामा आफन्तले फेला पारी तत्काल उपचारको लागी कोशी अञ्चल अस्पताल बिराटनगर ल्याएकोमा चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेके हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाृे छ ।
धरान । झापाको हल्दिबारी गाउँपालिका २ पशुपति चोक स्थितमा करेन्ट लागि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका ५ का ४८ बर्षीय बिक्रम तामाङ रहेका छन् । बुधबार बिहान सवा ७ बजे कन्चन निर्माण सेवाको बा.१ ज ७७४७ नम्वरको टिफरबाट गिट्टी अनलोड गर्ने क्रममा टिफरले बिधुतको तारमा छुँदा करेन्ट प्रवाह भई टिफर चालक तामाङ घाईते भएकोमा तत्काल उपचारको लागि बि एण्ड सि अस्पताल बिर्तामोड लगिएकोमा अस्पतालमा पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
धरान । काठमाडौमा केन्द्रीय कार्यालय रहेको अनलाइन सेक्युरेटीज प्रालि (ब्रोकर नम्बर–४९) ले धरानमा सेयर लगानीकर्ताहरु माझ सेयरमा सुरक्षित लगानीको उपाय तथा लगानीकर्ता शिक्षा कार्यक्रम सोमबार सुनसरीको धरानमा सम्पन्न गरेको छ । धरान ८ भोटेपलु स्थित रहेको होटेल गजुर प्यालेसमा एक कार्यक्रमको आयोजना गरी कम्पनीले धरानमा रहेका आफना सेवाग्राहीहरूसँग सुरक्षित लगानीका उपाय विषयमा नुवाकोट,बर्दिबास पछि सुनसरीको धरानमा अन्तरक्रिया तथा छलफल कार्यक्रमको आयोजना गरेको धरान शाखा प्रमुख सुजन निरौलाले बताए । धरानका व्यापारी, व्यवसायी तथा पुँजी बजार सँग सरोकार राख्ने करिब २ सय जनाको उपस्थिति रहेको थियो भने जे