सुरक्षित सेयर लगानी शिक्षा

  • चैत २३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । काठमाडौमा केन्द्रीय कार्यालय रहेको अनलाइन सेक्युरेटीज प्रालि (ब्रोकर नम्बर–४९) ले धरानमा सेयर लगानीकर्ताहरु माझ सेयरमा सुरक्षित लगानीको उपाय तथा लगानीकर्ता शिक्षा कार्यक्रम सोमबार सुनसरीको धरानमा सम्पन्न गरेको छ ।

धरान ८ भोटेपलु स्थित रहेको होटेल गजुर प्यालेसमा एक कार्यक्रमको आयोजना गरी कम्पनीले धरानमा रहेका आफना सेवाग्राहीहरूसँग सुरक्षित लगानीका उपाय विषयमा नुवाकोट,बर्दिबास पछि सुनसरीको धरानमा अन्तरक्रिया तथा छलफल कार्यक्रमको आयोजना गरेको धरान शाखा प्रमुख सुजन निरौलाले बताए ।

धरानका व्यापारी, व्यवसायी तथा पुँजी बजार सँग सरोकार राख्ने करिब २ सय जनाको उपस्थिति रहेको थियो भने जेष्ठ लगानीकर्ता र सेयर मार्केटबारे निकै लामो समयको अनुभव समेत लिएका तथा उमेरले ६० कटिसकेका जेष्ठ नागरीक लागानीकर्ताहरुको समेत उपस्थिती रहेको थियो ।

वर्तमान पुँजिबजारमा लगानीकर्ताहरूले केके सूचकहरू हेरेर लगानी गर्ने र आफना लगानीहरुलाई कसरी सुरक्षित गर्न सकिने भन्ने बारेको कार्यपत्र कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिशाल कुमार अग्रबालले प्रस्तुत गरेका थिए । उनले कार्यपत्रमा पुँजी बजारको हालको अवस्था र लगानीको क्षेत्रको के–के हुन सक्ने बारे बिस्तृत जानकारी गराएका थिए ।

कम्पनीका अध्यक्ष अध्यक्ष दिनेश शर्मा बिडारीले कम्पनीको स्थापना र कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै अनलाईन सेक्युरेटीज प्रालिको हाल धरानमा मात्र शाखा रहेकोमा अब भने देशभरी नै थप शाखाहरु खोल्दै जाने पनि बताए । अहिले कम्पनीमा काठमाडौँमा मात्रै १ लाख १७ हजार र धरानमा २५ हजार भन्दा बढी ग्राहक रहेको बिडारीले बताए । धरान सहरका हरेक क्षेत्रका ब्यक्तित्वहरुको सहभागीता रहेको कार्यक्रमको अध्यक्षता कम्पनीका अध्यक्ष दिनेश शर्मा बिडारीले गरेका थिए ।

 

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved