धरान । विदेशबाट फण्ड आएको भन्दै घर बनाइदिने बहानामा ठगि गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको रंगेलीका अतिविपन्न परिवारलाई घर बनाईदिने प्रलोभनमा पारेर रकम असुली गर्दे हिड्ने सुनसरी भोक्राह गाउँ पालिका ४ वस्ने बर्ष ५० का दिपेन्द्र उरावलाई प्रहरीले पक्राउ गरेको हो ।
उरावले असोज महिना देखि गाउँ घरमा गएर बिदेशी फन्डबाट घर वनाउन लगानी गरिदिने भन्दै प्रति घर ५० हजार रुपैयाँ उठाउने गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । घर निर्माणमा ५० हजार रुपैयाँ तिरे पछि सम्पुर्ण काम पूरा गर्ने र आफुले कुनै समाग्री नदिनु पर्ने भन्दै ठगी गर्दे हिडिरहेको अवस्थामा उनलाई गत १६ गते सुनवर्षी नगरपालिका ९ बाट प्रहरीले पक्राउ गरेको हो । रंगेली ५ का बबिता देवी मण्डलको घरमा असोज महिना देखि उनी आएको थिए । २० देखि ३० कोठाको घर बनाउनका लागि ५० हजार रुपैयाँ किस्ता किस्ता गरेर रकम बुझाउनु पर्ने भनेका थिए । एक किस्तामा १० हजार रुपैयाँ दिनु पर्ने र समुह बनाएर एक जना बराबर १० हजार रुपैयाँ दरले ८५ जना सँग ८ लाख ५० हजार रुपैयाँ असुल गरेका थिए । फागुन महिनामा दोस्रो किस्ता स्वरुप ४० हजार रुपैयाँका दरले थप गरी १२ लाख ५० हजार रुपैयाँ उठाएका थिए । आवश्यक कार्वाहीका लागि ईलाका प्रहरी कार्यालय रंगेलीको नियन्त्रणमा राखिएको प्रहरी निरिक्षक अनमोल खड्काले बताए ।