घर बनाइदिने बहानामा ठगि

  • चैत २३, २०७८
  • "रबिन्द्र बराल"
alt

धरान । विदेशबाट फण्ड आएको भन्दै घर बनाइदिने बहानामा ठगि गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको रंगेलीका अतिविपन्न परिवारलाई घर बनाईदिने प्रलोभनमा पारेर रकम असुली गर्दे हिड्ने सुनसरी भोक्राह गाउँ पालिका ४ वस्ने बर्ष ५० का दिपेन्द्र उरावलाई प्रहरीले पक्राउ गरेको हो ।

उरावले असोज महिना देखि गाउँ घरमा गएर बिदेशी फन्डबाट घर वनाउन लगानी गरिदिने भन्दै प्रति घर ५० हजार रुपैयाँ उठाउने गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । घर निर्माणमा ५० हजार रुपैयाँ तिरे पछि सम्पुर्ण काम पूरा गर्ने र आफुले कुनै समाग्री नदिनु पर्ने भन्दै ठगी गर्दे हिडिरहेको अवस्थामा उनलाई गत १६ गते सुनवर्षी नगरपालिका ९ बाट प्रहरीले पक्राउ गरेको हो । रंगेली ५ का बबिता देवी मण्डलको घरमा असोज महिना देखि उनी आएको थिए । २० देखि ३० कोठाको घर बनाउनका लागि ५० हजार रुपैयाँ किस्ता किस्ता गरेर रकम बुझाउनु पर्ने भनेका थिए । एक किस्तामा १० हजार रुपैयाँ दिनु पर्ने र समुह बनाएर एक जना बराबर १० हजार रुपैयाँ दरले ८५ जना सँग ८ लाख ५० हजार रुपैयाँ असुल गरेका थिए । फागुन महिनामा दोस्रो किस्ता स्वरुप ४० हजार रुपैयाँका दरले थप गरी १२ लाख ५० हजार रुपैयाँ उठाएका थिए । आवश्यक कार्वाहीका लागि ईलाका प्रहरी कार्यालय रंगेलीको नियन्त्रणमा राखिएको प्रहरी निरिक्षक अनमोल खड्काले बताए ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved