‘राजनिति दुर्गन्धित बन्यो’

  • चैत २४, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । राजनीतिलाई पेशा व्यवसाय बनाउँने लोभीपापीहरूका कारण राजनीति दुर्गन्धित भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले आरोप लगाएका छन् ।

उनले कमल थापा प्रति लक्षित गर्दै लोभीपापीले पाटी फुटाएको आरोप समेत लगाए । बुधवार विराटनगरमा राप्रपा मोरङले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले राजनीति गर्नेहरूले ७ पुस्ता सपार्ने व्यापार ठानेका कारण देशको अवस्था बिग्रिएको बताएका छन । उनले भने, ‘राजनीति गर्नेहरूले ओढ्ने, ओछ्याउने बनाए, शौचालय बनाए, भान्सा पनि बनाए, ७ पुस्ता सपार्ने व्यवसाय पनि बनाए, त्यसको असर अहिले हामीले भोगिरहनुपरेको छ ।’

अध्यक्ष लिङ्देनले एमाले, कांग्रेस, माओवादी लगायत ठूला दलका इमान्दार कार्यकर्तालाई राति एैठन हुने गरेको समेत बताए । नेताहरूको हर्कत देख्दा इमान्दार कार्यकर्तालाई निद्रा नलाग्ने गरेको उनले बताए । राजनितिलाई व्यवसाय बनाउने नेताहरुकै कारण कार्यकर्ताहरुमा वितृष्णा जागेको बताए । उनले भने, ‘यसको परिणाम राजनीतिप्रति वितृष्णा बढ्दै जान थालेको छ, राजनिति गर्नेहरुले सोच्ने बेला आएको छ ।’

स्वीजरल्यान्डमा राजारानीको नाममा राखेको पैसा फिर्ता ल्याउँदा पनि प्रत्येक नागरिकलाई ४–५ विगाहा जमिन दिन सकिन्छ भनेर भाषण गर्ने नेताहरू सरकारमा हुँदा देशनै संकटमा परेको बताए । राजारानीका नाममा कुन बैंकमा कति पैसा राखिएको रहेछ भनेर खोजी गर्न समेत लिङ्देनले माग गरे । राजाले जनताको नासो जनतामा फर्काएको १५ वर्ष पुग्दा किन पैसाको खोजी नगरेको भन्दै उनले प्रश्न गरे । राजारानीका नाममा कुन बैंकमा कति पैसा राखिएको रहेछ भनेर खोजी गर्न समेत लिङ्देनले माग गरेका छन ।

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

बारीबाट बजारसम्म, तर ...

धरान/पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved