Top 4

    Showing 671-680 of 9,491 items.
  • ४६० किलो गाँजासहित स्कारपियो बरामद, चालक फरार

    सुनसरी/ सुनसरीको ईनरुवा नगरपालिका–९ नहरचोक नजिक प्रहरीले ठूलो परिमाणको लागूऔषध बरामद गरेको छ। विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जाल्पापुरतर्फ गइरहेको बा ३ च ५५८५ नम्बरको स्कारपियो रोक्ने प्रयास गर्दा चालक भागेपछि प्रहरीलाई शंका उत्पन्न भएको थियो। प्रहरीको पछुतर्फ गरिएको चिनारी र खोजतलासका क्रममा साम्बला पोखरीचोकबाट खटिएको टोलीले नहरचोक भन्दा करिब १०० मिटर टाढा सडकछेउमा फेला परेको सो स्कारपियो भित्र १६ वटा प्लास्टिकका बोरामा प्याक गरिएको ठूलो परिमाणको गाँजा भेटिएको हो। सो क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुखको नेतृत्वमा सोको (SOCO) अधिकृत सहितको टिमले गरेको सूक्ष्म चेक

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 344 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिराटनगर इन्टरनेशनल कलेजको दीक्षान्त समारोह–२०२५ भव्य रूपमा सम्पन्न

    बिराटनगर/  बिराटनगर इन्टरनेशनल कलेज (BIC) ले आइतबार इटहरीस्थित सोाल्टी वेस्टेन्डमा आयोजना गरेको दीक्षान्त समारोह–२०२५ अत्यन्तै भव्य र अनुशासित वातावरणमा सम्पन्न भएको छ। कलेजले यस वर्षका स्नातक विद्यार्थीहरूको मेहनत, प्रतिबद्धता र शैक्षिक उपलब्धिलाई सम्मानित गर्दै कार्यक्रम सम्पन्न गरेको हो। कलेजका कुल ६४ जना विद्यार्थीले स्नातक उपाधि प्राप्त गरेका छन्। तीमध्ये ५४ जना BSc (Hons) International Business Management र १० जना BSc (Hons) International Hospitality Management तहबाट दीक्षित भएका हुन्। कलेजका अनुसार यी विद्यार्थीहरू वैश्विक तथा स्थानीय

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 437 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुरेन्द्र घिमिरेद्वारा  आमाको नाममा १ लाखको अक्षयकोष स्थापना

    धरान/  धरान-१४ निवासी शिक्षाप्रेमी सुरेन्द्र घिमिरेले सोमबार आफ्नो जन्म दिनको अवसरमा दन्तकाली माविमा आमा शोभादेवी घिमिरेको नाममा १ लाख रुपैयाको अक्षयकोष स्थापना गरेका छन्।    यस अवसरमा वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराई र शिक्षक–अभिभावक संघका अध्यक्ष गोकुल प्रसाद पोख्रेलको रोहवरमा घिमिरेले बिद्यालयका प्रधानाध्यापक बिनोद बस्नेतलाई १ लाख ५ रुपैयाको चेक हस्तान्तरण गरेका थिए। प्रधानाध्यापक बस्नेतले आफ्नो जन्म दिनमा बिद्यालयलाई गरिएको योगदानप्रति घिमिरेलाई धन्यवाद व्यक्त गरे।    शिक्षामा लगानी, ल्याउने सुनौलो बिहानीको रूपमा सुरेन्द्र घिमिरेको यो पहल अत्यन्त सराहनीय

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 541 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हर्कवादलाई मूल दर्शन बनाएर श्रम संस्कृति पार्टीका एजेन्डा सार्वजनिक

    धरान/  श्रम संस्कृति पार्टीले आफ्नो मूल राजनीतिक दर्शनका रूपमा ‘हर्कवाद’ प्रस्तुत गर्दै विस्तृत अवधारणा पत्र र एजेन्डाहरू सार्वजनिक गरेको छ। पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राई (साम्पाङ)ले प्रकृति, संस्कृती र प्रविधिको सन्तुलित विकासमार्फत मात्र मानव समाजको रक्षा र समृद्धि सम्भव हुने धारणा राख्दै त्यसका लागि अनिवार्य श्रम र श्रमदान नै हर्कवादको केन्द्रिय सिद्धान्त भएको स्पष्ट पारे। साम्पाङका अनुसार अभाव, गरीबी, विभेद तथा तिनबाट उत्पन्न द्वन्द्व र हिंसा अन्त्य गर्न श्रमको निरन्तर अभ्यास अपरिहार्य छ। यही सिद्धान्तलाई आधार मानेर पार्टीले राजनीतिक, आर

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 728 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पिन्डेश्वर बाबाधाम सफाइका लागि एक्सेल बैंकद्वारा सरसफाइ सामग्री हस्तान्तरण

    धरान/  एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड, धरान शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व  अन्तरगत मंगलबार पवित्र धार्मिक स्थल श्री पिन्डेश्वर बाबाधाम व्यवस्थापन समितिलाई सरसफाइ सामग्री हस्तान्तरण गरेको छ। बैंकले मन्दिर परिसरलाई सफा र व्यवस्थित राख्ने उद्देश्यले १० थान डस्टबिन, ५ थान डस्टपेल, ५ थान कुचो र ५ थान झाडु प्रदान गरेको हो। कार्यक्रममा धरान–१४ का वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईले बैंकको सामाजिक पहलप्रति खुशी व्यक्त गर्दै मन्दिर क्षेत्रको भीडभाड र धार्मिक महत्त्वका कारण यस्तो सहयोग अत्यन्त उपयोगी रहने बताए। यस्तै, पिन्डेश्वर बाबाधाम व्यवस्थापन स

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 624 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एस्पायर कलेजको अन्तर्राष्ट्रिय फड्को: कोरियाली एड–टेक ‘छन्जे एजुकेशन’सँग सहकार्य

    बिराटनगर/  एस्पायर कलेजले कोरियाको अग्रणी एड–टेक कम्पनी छन्जे एजुकेशनसँग दक्षिण कोरियामै गएर ऐतिहासिक सहकार्य सम्झौता (MOU) सम्पन्न गर्दै अन्तर्राष्ट्रिय साझेदारीको नयाँ द्वार खोलेको छ। डिजिटल शिक्षा क्षेत्रमा शीर्ष स्थान ओगटिरहेको छन्जे एजुकेशनसँग भएको यो रणनीतिक सहकार्यले एस्पायर कलेजका विद्यार्थीलाई विश्वस्तरको सिकाइ, सीप र वास्तविक परियोजना अनुभव प्राप्त गर्ने सुवर्ण अवसर दिलाउने अपेक्षा गरिएको छ। एस्पायर कलेज काठमाडौँ विश्वविद्यालयका School of Engineering र School of Education मार्फत BIT (Bachelors in Information Technology) र BTech. Ed IT (Bachelors of Technical Ed

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 892 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा पाँच किलोमिटर लियो इन्टरस्कुल रन शनिबार हुँदै

    धरान / लियो क्लब अफ धरान विजयपुरले विद्यार्थी लक्षित ‘पाँच किलोमिटर लियो इन्टरस्कुल रन’ प्रतियोगिता यस वर्ष पनि शानदार रूपमा आयोजना गर्न लागेको छ। प्रतियोगिता मंसिर २० गते शनिबार भानुचोकबाट सुरु हुनेछ, जहाँ कक्षा ७ देखि १२ सम्मका विद्यार्थीहरू प्रतिस्पर्धामा उत्रिनेछन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा क्लबकी अध्यक्ष वर्षा गुरुङले लियो सप्ताहको छैटौं दिन विशेष कार्यक्रमका रूपमा रन आयोजना गरिएको बताइन्। कक्षा ७–१० र ११–१२ गरी दुई समूहमा विभाजन गरेर छात्र–छात्रा छुट्टाछुट्टै प्रतिस्पर्धा गरिने संयोजक प्रतीक ओझाले जानकारी दिए। विजेताहरूका लागि आकर्षक पुरस्कार व्यवस

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 334 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ५ दिने भव्य चासोक तङनाम उत्सव हुने

    धरान/ लिम्बु समुदायले उधौंलीलाई मुख्य पर्वका रूपमा स्थापित गर्दै आएको स्पष्ट गर्दै किरात याक्थुङ चुम्लुङले यस वर्ष पनि ५ दिने भव्य चासोक तङनाम उत्सव गर्न लागेको छ। सोमबार पत्रकार सम्मेलनमा चुम्लुङ नगर अध्यक्ष तीर्थ मादेम्बाले भने, मुन्धुम अनुसार अन्नबाली प्रकृतिलाई चढाउने उधौंली अनुष्ठानकै विस्तार आजको चासोक हो। राणा शासनको दमनपछि ओझेल परेका मौलिक पर्वहरू २०४६ को परिवर्तनपछि पुनः जीवनमा फर्किएको उनको भनाइ थियो। चुम्लुङ सल्लाहकार हर्ष सुब्बाले २०५० सालको महाधिवेशनले चासोकलाई मुख्य पर्वको रूप दिँदै धरान–१९ मा पहिलो ३ दिने उत्सव सुरु भएको स्मरण गराए। सांस्कृतिक अभियन्ता मोहनकु

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 338 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पुर्वमा कुलमानको भ्रमण, हर्कलाई धक्का लाग्ने संकेत

    धरान/उज्यालो नेपाल पार्टीका नेता एवम् ऊर्जामन्त्री कुलमान घिसिङ पूर्वी नेपालको भ्रमणमा निस्किएका छन् । उज्यालो नेपालको पार्टीका केन्द्रीय सदस्य डकेन्द्र थेगिमका अनुसार संगठन विस्तार र कार्यकर्ता भेटघाटका लागि कुलमान देश दौडाहामा लागेका हुन् । पूर्वमा धरानका मेयर हर्क साम्पाङले खोलेको श्रम पार्टीनिकट कयौं पहिचानवादी नेताहरू उज्यालो नेपालमा जोडिएका छन् । इलाम २ को उपचुनावमा उठेका थेगिम र डा. महेन्द्र लावतीसहितका नेता कुलमानको पार्टीमा जोडिएका छन् । त्यसले गर्दा पूर्वमा हर्कलाई केही धक्का लागेको छ । हर्कले अहिले पूर्वी पहाडमा आफ्नो पार्टीको संगठन विस्तार अभियानलाई तीव्र बनाएका छन् । यस्तो अवस्

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 410 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनाखरी एकेडेमी कप: नेपाल पुलिस स्कुल फाइनलमा प्रवेश

    धरान/ धरान–१७ स्थित एन्फा एकेडेमीको खेलमैदानमा सोमबार सम्पन्न पहिलो सुनाखरी एकेडेमी कप–२०८२ को अन्तिम सेमिफाइनलमा नेपाल पुलिस स्कुलले ज्वालामुखी माध्यमिक विद्यालयलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। निर्धारित ९० मिनेटमा दुवै टोलीले कुनै गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो। खेलभरि आक्रामक प्रदर्शन गरेको पुलिस स्कुलका धेरै प्रयासहरू ज्वालामुखीको सशक्त र संगठित डिफेन्सले रोक्दै उत्कृष्ट प्रतिरक्षा खेल प्रस्तुत गरेको थियो। उत्कृष्ट प्रदर्शनका आधारमा पुलिस स्कुलका जर्सी नं. ६ समिन आलम ‘म्यान अफ द म्याच’ घोषित भए। यसअघि आइतबार

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 602 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved