सुनसरी–३ मा भगबती चौधरीको माहौल, ठूलो मतान्तरले जित्ने दाबी

  • फागुन १८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरी क्षेत्र नम्बर ३ मा एमाले उम्मेदवार भगबती चौधरी अगाडी देखिनुभएको छ । चुनावी प्रचारप्रसार र जनलहरको मूल्यांकन गर्दा अन्य उम्मेदवारको तुलनामा उहाँ अगाडि देखिनुभएको हो ।
अघिल्लो निर्वाचनमा नेकपा एमालेकी उम्मेदवार चौधरीले ४० हजार ७ सय ८८ मत ल्याएर विजय हासिल गर्नुभएको थियो। उहाँका प्रमुख प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विजय कुमार गच्छदारले ३५ हजार ६ सय मत प्राप्त गर्नुभएको थियो । भगबती चौधरी ५ हजार १ सय ८८ मतान्तरले विजयी हुनुभएको थियो । अघिल्लो चुनावमा रास्वपाका कमल बाबु मैनाली ले ६ हजार ४ सय ५३ मत प्राप्त गर्नुभएको थियो ।

भगबती चौधरी अघिल्लो चुनाबमा देशभरमै सबैभन्दा बढि मत ल्याएर जित्ने महिला हुनुहुन्छ ।
भगबती चौधरीले प्रत्यक्षतर्फ ४० हजार ७सय ८८ मत ल्याउँदा समानुपातिकतर्फ नेकपा एमालेले ३३ हजार९सय२ मत प्राप्त गरेको थियो । यो तथ्याँकले देखाँउछ सुनसरी–३ भगबती चौधरीको व्यक्तिगत प्रभाव बलियो रहेको क्षेत्र हो ।

“११ हजार मतान्तरले जित्छौँ” — कमाण्डर बस्नेत
नेकपा एमाले सुनसरी–३ निर्वाचन परिचालन कमिटीका कमाण्डर लिलम बस्नेतले यसपटक ११ हजार मतान्तरले विजय हासिल गर्ने दाबी गर्नुभएको छ । अघिल्लो निर्वाचनमा ५ हजार १सय ८८ मतान्तरले जितिएको स्मरण गराउँदै उहाँले यसपटक दोब्बरभन्दा बढी मतान्तर हुने दाबी गर्नुभयो ।एमालेको मजबुत संगठन, एकजुट रूपमा सञ्चालन गरिएको चुनावी अभियान, चौधरीको व्यक्तिगत प्रभाव र विकासप्रेमी छविका कारण ठूलो मतान्तर आउने बस्नेतको दाबी छ ।

विकासप्रेमी छवि र प्रतिबद्धता

भगबती चौधरीले फरवार्ड लघुबित्त मार्फत ५०औ हजार महिलालाई स्वरोजगार बनाउनुभएको छ । करिब २ हजार जनालाई प्रत्यक्ष रोजगारी दिनुभएकी चौधरीले ५ हजार लाई रोजगार बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।

दातृ संस्थाको सहयोगमा सुनसरी–३ का विपन्न, दलित तथा एकल महिलालाई २ सय ७५ घर निर्माण गरिदिएको र आगामी दुई वर्षभित्र थप ४ सय घर निर्माण गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।सांसद भएको तीन वर्षको अवधिमा १ अर्ब २१ करोड रुपैयाँ बराबरका विकास योजना ल्याएको उल्लेख गर्दै बाँकी अधुरा काम पूरा गर्न र नयाँ योजना अघि बढाउन पुनः अवसर दिन मतदातासँग अपिल गर्नुभएको छ । चौधरीले आफूले गर्न नसक्ने झुटा आश्वासन नदिने, अन्य उम्मेदवारको अनावश्यक आलोचना नगर्ने, भ्रष्टाचार नगर्ने र सुशासनका लागि दृढतापूर्वक लड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। संसदमा सक्रिय रूपमा जनताको आवाज उठाउने नेतामध्ये आफू एक भएको दाबी गर्दै उहाँले सुनसरी–३ का मुद्दा बुलन्द रूपमा प्रस्तुत गर्दै आएको उल्लेख गर्नुभयो ।

मतदाता संरचना र क्षेत्रगत अवस्था

सुनसरी–३ मा इटहरी उपमहानगरपालिकाका १० वडा, दुहबी नगरपालिका, बर्जु र गढी गाउँपालिका तथा इनरुवा नगरपालिका–७ समेटिएका छन् । कुल १ लाख ३४ हजार ३ सय २ मतदाता रहेका छन्, जसमा ६९ हजार १२ पुरुष र ६५ हजार २ सय ९० महिला छन् । उमेर समूहअनुसार ४१ देखि ६० वर्षका ५१ हजार १ सय ५३ मतदाता सबैभन्दा बढी छन् भने १८ देखि २५ वर्षका १० हजार २ सय ६० मतदाता सबैभन्दा कम छन् ।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved