टीकाराम लिम्बूको जित सुनिश्चित गर्न धरानमा ई–रिक्सा र्याली

  • फागुन १७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नेकपा एमालेका सुनसरी क्षेत्र नं. १ का प्रतिनिधिसभा प्रत्यक्ष उम्मेदवार टीकाराम लिम्बूको समर्थनमा धरानमा करिब १०० ई–रिक्सा चालकले जोरदार र्याली निकाल्दै मतदातामा आफ्नो उपस्थिती र समर्थन देखाएका छन्।

र्याली धरान–१५ बाट सुरु भएर सदन स्कुल, बुढासुब्बा चोक, पिण्डेश्वर चोक, श्याम चोक, सहिद मार्ग, बाजेबोजु चोक, भोटेपुल, धनकुटे रोड, बुद्धचोक र रेल्वे क्षेत्र हुँदै नगर परिक्रमा गरेर सम्पन्न भएको थियो।

र्यालीमा सहभागी चालक तथा समर्थकहरूले लिम्बू र समानुपातिक उम्मेदवार मौसमी राईको जित सुनिश्चित गर्न मतदातालाई मतदानमा सक्रिय हुन अपिल गरे। आयोजकका अनुसार, श्रमिक, मजदुर, ज्येष्ठ नागरिक र शान्ति तथा स्थायित्व चाहने मतदाताले उत्साहपूर्वक सहभागिता जनाउँदै पार्टीप्रति आफ्नो विश्वास व्यक्त गरेका छन्।

घरदैलो कार्यक्रमका क्रममा प्राप्त सुझाव र प्रतिक्रियाका आधारमा उम्मेदवार लिम्बूले सुनसरी क्षेत्र नं. १ मा आफ्नो पक्षमा सकारात्मक माहोल बनेको दाबी गरे। उनले विगतका विकास निर्माणका कार्य, श्रमिक तथा मजदुरका हकहितका मुद्दा र स्थानीय आवश्यकतालाई प्राथमिकतामा राख्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

सुनसरी क्षेत्र नं. १ मा चुनावी प्रचार अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगको सूचनाअनुसार फागुन १८ गते दिउँसो १२ बजेदेखि प्रचारमा निषेधाज्ञा लाग्ने भएकाले दलहरूले प्रचारलाई तीव्रता दिएका छन्। धरानसहित विभिन्न क्षेत्रमा चुनावी सरगर्मी बढ्दै जाँदा मतदाताको उत्साह पनि उच्च देखिएको छ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved