Top 4

    Showing 6,771-6,780 of 9,401 items.
  • बर्ड फ्लु देखिएको फर्मका कुखुरा नष्ट

    धरान । सुनसरीको दुहबी स्थित एक फर्ममा बर्ड फ्लु रोग देखिए पछि ८ सय भन्दा बढी कुखुरा नष्ट गरिएको छ । दुहबी ३ स्थित सन्देश कृषि फर्ममा रहेका ८ सय भन्दा बढी कुखुरा मारेर नष्ट गरिएको हो । फर्ममा रहेको कुखुरामा वर्ड फ्लु रोग भएको पुष्टि भएपछि बर्ड फ्लु नियन्त्रण समिति सुनसरीको बैठकले पंक्षीजन्य सबै नष्ट गर्ने निर्णय लिएको थियो । निर्णय अनुसार मंगलबार फर्ममा रहेको ८ सय बढी कुखुरा नष्ट गरिएको दुहबी नगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख शिवहरि अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार फर्ममा रहेको ८ सय २० वटा बोइलर कुखुरा र १५ वटा लोकल कुखुरा मारेर खाल्डोमा जलाइएको थियो । त्यस्तै, एक क्रेट अण्डा, ७

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • 1,323 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दुर्घटनामा परी १ जनाको मृत्यु ३ जना घाइते

    धरान । उदयपुर गढी गाँउपालिका ७ बाघखोर कोल्टे सडक खण्डमा मंगलवार साँझ टिपर दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । पवित्रा निर्माण कम्पनीको स १ क १९० नंम्बरको टिपर बालुवा बोकेर जाँदै गरेको अवस्थामा अचानक ब्रेक फेल भई सडकबाट अन्दाजी ४० मिटर तल खसेर दुर्घटना भएको हो । टिपरमा सवार रहेका ४ जना घाईते मध्ये चारैजनालाई उपचारको लागी जिल्ला अस्पताल उदयपुर पठाईएकोमा उपचारका क्रममा स्थानीय १९ बर्षीय उज्वल खपाङगीको मृत्यु भएको प्रहरीले बताएको छ । अन्य घाईतेहरुको उपचार भईरहेको साथै घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • 768 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ओझेलमा ‘परेवा झरना’

    धरान । पर्यटन क्षेत्रको उच्च सम्भावना बोकेको उदयपुरगढीको परेवा झरना ओझेलमा परेको छ । प्रकृतिक सुन्दरताले भरिपूर्ण रहे पनि स्थानीय तहबाट प्रचार प्रसारमा ध्यान दिन नसक्दा ओझेलमा परेको हो । उदयपुरको उदयपुरगढी गाउँपालिका ३ बर्रे स्थित साइपामा रहेको परेवा झरना प्रचार–प्रसार नहुँदा पर्यटकहरुको गन्तव्य बन्न सकेको छैन् । पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नको लागि सरोकारवालाहरुले ध्यान दिन नसक्दा ओझेलमा परेको स्थानीयको गुनासो छ । गाउँपालिकाको केन्द्र उदयपुरगढीबाट करिब २० देखि २५ किलोमिटर दुरीमा रहेको परेवा भर्ना उदयपुरगढी गाउँपालिका वडा नं.३ मा रहेको जरूवा बजारबाट कच्ची सडक हुँदै एक घण्टाको प

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • 1,433 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘जबज आयातित होइन’ : गुरु बराल

    धरान । नेकपा एमालेका तत्कालिन महासचिव स्वर्गीय मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलिय जनवाद कतैबाट आयातित नभई नेपाली समाज रुपान्तरको क्रममा आन्दोलनबाट उत्पत्ति भएको पार्टीका स्थायी कमिटी सदस्य गुरु बरालले बताएका छन् । मंगलबार एमाले निटक नेपाल बुद्धिजिबी परिषद सुनसरीले धरानमा आयोजना गरेको ‘जबज, दशौ महाधिवेशन र बौदिक बर्गको दायित्व’ बिषयक अन्तक्रिया कार्यक्रममा बरालले पार्टीको निती सिद्धान्त बिचारलाई सबैले बुझ्नु जरुरी रहेको औल्याए । उनले भने, ‘धरानको राजनीतिक माटोले मनमोहन अधिकारी जस्ता लोकप्रिय प्रधानमन्त्रि पायो, यस्तै बम देवान, मन्जुल, ध्यान बहादुर राई जस्ता लोकप्रिय

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • 1,172 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लागुऔषध सहित एकजना पक्राउ

    धरान । मोरङको सुनवर्षी नगरपालिका ८ बाट खैरो हिरोईन सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुनवर्षी १ का २३ वर्षीय बिनोद तामाङ रहेका छन् । सोमबार राती पौने ७ बजे प्रहरी चौकी सिक्टीबाट खटिएको टोलिले पैदल यात्री तामाङलाई संका लागि चेक जाँच गर्दा प्लास्टिकमा पोको पारेर शरिरमा लुकाई राखेको अवस्थामा १ ग्राम ७ सय ४० मिलिग्राम खैरो हिराईन बरामद गरेको हो । प्रतिवन्धित लागुऔषध खैरो हिराईन सहित पक्राउ परेका तामाङको इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • 939 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मनमोहन प्राविधिक विश्वविद्यालयमा इन्जिनियरिङ विषयको स्नातक तहमा पढाइ हुने

    धरान । प्रदेश १ मा स्थापना भएको देशको पहिलो प्राबिधिक विश्वविद्यालयले आगामी बैसाखदेखी ईन्जिनियरिङ बिषयमा स्नातक तहको पढाई सुरु गर्ने भएको छ । मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढामा रहेको देशकै पहिलो मनमोहन प्राबिधिक विश्वविद्यालय (एमटीयू) ले २०७९ बैसाखदेखी ईन्जिनियरिङतर्फ रेल्बे , रोपवे (केवलकार) पानी जहाज र लजिष्टिक लगायत बिषयमा स्नातक तहको पहिलो ब्याचको पढाई सुरु गर्ने भएको हो । बैसाखदेखी स्नातक तहको बिईइन सिभिल ईन्जिनियरिङ र बिईइन ईलेक्ट्रिकल एण्ड ईलेक्ट्रोनिक्स ईन्जिनियरिङ पहिलो शैक्षिक सत्रको कक्षा सुरु गर्नेगरि भर्नाका लागि आबेदन खुला गरेको प्राबिधिक विश्वविद्यालयका उपकुलपति डा सुभा

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • 1,018 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • माछा मार्ने क्रममा माईखोलामा डुबेर बालिकाको मृत्यु

    धरान । इलामको माईखोलामा माछा मार्ने क्रममा डुबेर बालिकाकोे मृत्यु भएको छ । इलामको माईजोगमाई गाउँपालिका ४ मा बस्ने दिपक राईकी ९ वर्षीया छोरी अरिना राईको माछा मार्ने क्रममा सोमबार बेलुकी ४ बजे डुबेर मृत्यु भएको हो । पानीमा डुबेर अचेत अवस्थामा रहेकी उनीलाई आमाले भेटे पछि उपचारका निम्ती अस्पताल लाने तयारी गर्दा गर्दै उनको घरैमा मृत्यु भएको प्रहरीले बताएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।  

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • 1,782 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धारामा पानी अभाव: मुख्य पाइप लाइन नै खोल्न थाले

    धरान । धरानमा खानेपानीको चरम अभाव सिर्जना भएको छ । खानेपानी हाहाकार भएकै कारण सर्वसाधारणले बाटोमै पाइप खोलेर पानी थाप्न थालेका छन् । तीनचार दिनदेखि खानेपानी धारामा नआएपछि धरान १५का सर्वसाधारण खानेपानी बोर्डले वितरणका लागि विछ्याएको मेन पाइप खोलेर पानी थाप्ने गरेका छन् । धरान १५ सुनगाभामार्गकी विना विश्वकर्मा धारामा पानी आउन छाडेपछि बाटोमै पानीको पाइप खोलेर पानी थाप्ने गरेको बताउछिन् । उनी भन्छिन््–‘धारामा पानी नआएको चार दिन भइसक्यो, कही कतैबाट पानीको आवश्यकता पूरा गर्न सकिएन, पाइपमा रहलपहल आएको पानी बाटोमै खुस्क्याएर पानी भर्न गरेका छौं ।’ उनी मात्र हैन त्यस टोलका अन्य सर्व

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • 1,308 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पूर्वमा श्रृखंलाबद्ध आगलागी

    धरान । पूर्वको झापा र मोरङमा पछिल्लो समयम श्रृंखलावद्ध आगलागी घट्ना हुन थालेका छन् । झापामा केही समय अगाडि श्रृंगलाबद्ध आगलागीका घट्ना सेलाउन नपाउदै मोरङमा समेत आगलागी भएको छ । सोमबार मोरङको पथरी शनिश्चरे वडा नं. १० मा रहेको भुटानी शरणार्थी शिविर क्याममा आगलागी भएको हो । आगलागीबाट पुरानो सेक्टर एच फोरका राम चन्द्र राईको दुईवटा भुई घर जलेर नस्ट भएको छ । दुई जम्ल्या दाजुभाईको ७ परिवार बस्दै आएको घरमा आग्लागी हुदा २ घर सहित ५ लाख बराबरको सरसामान नष्ट भएको छ । दिउसो ४ बजेको समयमा सुंगुरलाई चारो पकाउने क्रममा भएको आगलागी स्थानीय, प्रहरी र सशस्रको सहयोगमा नियन्त्रण भएको थियो । पथरी शनिश्चरे नगरपाल

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • 1,124 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटामा आगो सल्काउने क्रममा जलेर महिलाको मृत्यु

    धनकुटा । धनकुटामा आगो सल्काउने क्रममा जलेर एक जना वृद्धाको मृत्यु भएको छ । धनकुटाको पाख्रिवास नगरपालिका ९ की ५९ बर्षीया शिवमाया पुर्वाछाने मगरको सोमबार जलेर मृत्यु भएको हो । आफ्नै घरमा बिहान १० बजे को समयमा चुल्होममा आगो सल्काउने क्रममा उनले लगाएको कपडामा आगो सल्की घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाए सँगै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली गई प्रारम्भिक अनुसन्धान गरी शव परिक्षणको लागी जिल्ला अस्पताल धनकुटा पुर्‍याइएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन २, २०७८
    • 1,080 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved