धरान । नेकपा एमालेको निर्वाचन केन्द्रित भेलालाई एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलिले सम्बोधन गर्ने भएका छन् ।
विराटनगर र धरानमा वैशाख २४ गते एकै दिन हुने चुनावी भेलालाई सम्बोधन ओलिले गर्ने भएका हुन् । नेकपा एमाले निर्वाचन परिचालन कमिटी मोरङ र धरान उपमहानगरले बुधबार पत्रकार सम्मेलन गरि भेलाको सम्बोधन गर्न अध्यक्ष ओलि आउने जानकारी दिएका छन् ।
मोरङको विराटनगर महानगरस्तरीय चुनावी भेलामा १९ वटै वडाका उम्मेदवार तथा कम्तिमा पाँच हजार कार्यकर्ताहरुको सहभागिता रहने जनाएको छ । त्यस्तै धरानमा पनि भानुचौकमा दिउँसो १२ बजे सम्बोधन गर्ने जनाएको छ । धरानमा २० वटै वडाका उम्मेदवार सहित नगरका करिब १० हजार नेता तथा कार्यकर्ताहरु सहभागि हुने निर्वाचन परिचान कमिटीका संयोजक मुरारी सुवेदीले बताए ।
सोही दिन अध्यक्ष ओलीले मोरङको सुन्दरहरैंचा र सुनसरीका अन्य पालिकामा पनि सम्बोधन गर्ने कार्यक्रम रहेको जनाईएको छ । त्यस्तै अध्यक्ष ओलीले विराटनगरका उद्योगी व्यवासायी, नागरिक अगुवा तथा वुद्धिजीवीहरुबीच चुनावी परामर्श गरिने कार्यक्रममा सहभागी हुने बताइएको छ । अध्यक्ष ओली वैशाख २५ गते बिहान काठमाण्डौ फर्किने कार्यक्रम रहेको संयोजक ढकालले बताए ।