भानुचौकमा ट्राफिक लाइट, वडामै खानेपानी ट्याङ्की – सुधिर सिंह लिम्बू

  • वैशाख २३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान उपमहानगरपालिकाको चुनावमा गठबन्धनका उम्मेदवारहरु मतदाताको घरदैलोमा मत माग्न ब्यस्त छन्। आफ्ना विकाशका योजना तथा अन्य एजेण्डा लिएर धरानका सबै वडामा उम्मेदवारहरु मतदाताको घरदैलोमा पुग्दैछन । बाम लोकतान्त्रीक गठबन्धनको साझा उम्मेदवारको रुपमा नेपाली कांग्रेसका युवा नेता सुधिर सिंह लिम्बू वडा नं. २ को नेतृत्व गर्ने उद्देश्यका साथ चुनावमा होमिएका छन ।

माओवादीले धरान २ को अध्यक्षमा काँग्रेसलाई सघाएपछी गठबन्धनका अध्यक्ष उम्मेदवार सुधीरसिंह लिम्बुको लागि बाटो खुला भएको छ । तथापि यसअघि पनि वडा २ कांग्रेसकै अध्यक्ष माधव गोविन्द श्रेष्ठ विजयी भएकाले काँग्रेसलाई सहज स्थिति बनेको छ । गठबन्धन भएपछि अव सुधिर सिंहको सिधा प्रतिस्पर्धा एमालेका रमेश राई सँग हुँदैछ ।

वडा २ देशी लाइनमै हुर्किएका सुधीर सिंह लिम्बु वडाका युवाहरूका लोकप्रिय अगुवा हुन् । स्थानीय व्यवसायीहरू सँग सहयोगी अभिभावकको रूपमा उनी परिचित छन । देशी लाइनको फराकिलो सडक सहित आधुनिकीकरण, भौडी चौकलाई पार्कको रूपमा विकास गर्ने कार्यमा सुधीर सिंहको महत्वपूर्ण भूमिका रहेकाले वडामा उनको युवा समाजसेवीको छवि रहँदै आएको छ ।

धरानको खानेपानी समस्यामा सबै भन्दा ठुलो मारमा परेका वडा २ भएको उनको भनाई छ । बसपार्क र धरानको मुटु नै भएकाले यहाँको होटेल, रेष्टुरा, व्यापार, व्यवसायको लागि खानेपानीको सबैभन्दा ठुलो मारमा पर्दै आएकाले वैकल्पिक रूपमा खानेपानी उपलब्ध गराउन नियमित वडाकै ट्याङ्करको व्यवस्था गर्ने सुधीरसिंहको प्रतिबद्धता छ । वडामा खानेपानीको मौज्दात राख्न खानेपानी उपयुक्त स्थानमा ट्याङ्की बनाउने योजनामा पनि उनको छ ।

भानु चौक, देशी लाइनको व्यवसायलाई व्यवस्थित गर्ने, सोही ठाउँमा बसपार्क, ट्याक्सी, ट्याम्पो सफारीको पार्क, स्ट्यान्ड सार्वजनिक शौचालय भएकोले वडा २ ले त्यहाँका सुरक्षा, सरसफाइ र उचित व्यवस्थापनको चुनौती सँग सामना गर्दै आएको छ । चौतर्फी सवारी सञ्चालनलाई व्यवस्थित गर्न प्राविधिक पनि प्रयोग गर्न जरुरी भएको बताउँदै उनले भने, ‘भानु चौकमा ट्राफिक लाइटको व्यवस्था नगरी नहुने देखिएकोले त्यसमा पनि मेरो प्राथमिकता हुनेछ ।’

नाराबाजी गर्ने ५ जना ...

काठमाडौं/ त्रिभुवन विश्वविद्यालय ९त्रिवि० का सहकुल ...

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved