स्थानीय निर्वाचनको प्रभाव: पर्यटकीय स्थल सुनसान

  • बैशाख २३, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान । प्रदेश नम्बर एककै मुख्य पर्यटकीय स्थल मानिएको भेडेटार अहिले प्रायः सुनसान छ । आन्तरिक पर्यटन तथा बाह्य पर्यटन आउने मुख्य सिजन भए पनि खासै पर्यटकहरुको चहलपहल देखिन्दैन् । जसको कारण वैसाख ३० गतेको आसन्न निर्वाचन ।

निर्वाचनको मिति नजिकिदै गए पछि राजनितिक दलका नेता तथा कार्यकर्ताहरु घरदैलोमै भ्याई नभ्याई छ । सबैको ध्यान घरदैलोमै पुगेकाले भेडेटार घुम्न जानेको संख्यामा कमी आएको हो । निर्वाचनको माहौल बन्दै गएपछि सर्वसाधारणहरु आ आफ्नो दलको प्रचारपं्रसार, घरदैलो कार्यक्रम, सार्वजनिक अन्य कार्यक्रम लगायतमा व्यस्त रहदा पर्यटकीय स्थलहरु सुनसान बनेका हुन् ।

अरु बेला गर्मी मौसम लागे सँगै चैत्रदेखि जेष्ठ सम्म भीडभाड हुने भेडेटार वैसाखको अन्तिम साता आइपुग्दा भने आन्तरिक तथा वाह्य पर्यटकको चहलपहल नै देखिएन । भेडेटारमा खुलेका साना तथा ठूला होटलहरु समेत सुनसान छन् । ग्राहकहरु नआएपछि उनीहरु दिउँसो फुर्सदिला हुने गरेका छन् ।

पर्यटक नआएकै कारण अहिले भेडेटार सुनसान रहेको होटल व्यवसायीहरु बताउँछन् । व्यवसायी लिलाराज लावतीले चुवानको सरगर्मी बढेसंगै एक हप्ता अगाडिदेखि भेडेटारमा पर्यटक नै नआएको बताए । उनले भने, ‘देशमा स्थानीय तहको निर्वाचनको महौल तातिदै गएको छ, सबै स्थानीय तहमा केन्द्रित छन् ।’ विगतमा गर्मीका समयमा धरान लगायत तराईका क्षेत्रबाट गर्मी छल्न पर्यटकीय स्थलको घुमफिर गर्न पर्यटकहरु आउने गर्दथे । तर पछिल्लो एक हप्ता देखि पर्यटकहरुको आगमन न्युन रहेको छ । उनले निर्वाचनको प्रचारमा सर्वसाधारण व्यस्त भएकै कारण नआएको हुन सक्ने बताए ।

होटल एसोसिएसनका अध्यक्ष जितेन्द्र रुम्दालीले चुनाव नजिकिदै जादा सबै चुनावमै व्यस्त रहेका कारण विगतको जस्तो पर्यटक आउन नसकेको बताए । नेपाली कांग्रेसका तर्फबाट सागुँरीगढी गाउपालिकाको अध्यक्षमा प्रतिष्पर्धामा होमिएका रुम्दालीले स्थानीय समेत निर्वाचनमा होमिदा भेडेटार झन सुनसान देखिएको बताए । उनले भने, ‘यही गाउँपालिकाबाट विभिन्न दलका तर्फबाट निर्वाचनमा उमेद्वार दिएकाहरु पनि घरदैलोमा व्यस्त छन्, पार्टीसँग सम्बद्ध तथा समर्थक समेत संगै घरदैलोमा छन्, कसरी हुन्छ निर्वाचन जित्ने ध्याउन्नमा सबै लागेका छन्, सबै निर्वाचनमा केन्द्रित बनेपछि घुम्न आउनेको संख्या त पक्कै पनि कम हुन्छ ।’

भेडेटारमात्र हैन धरान १३ मा रहेको भ्युटार, सारंगामा रहेका होटलहरु समेत सुनसान देखिएका छन् । त्यहाका होटल व्यवसायीहरु समेत फुर्सदिला छन् । विगतमा दैनिक लाखौ रुपैया कारोबार गर्ने होटलहरु अहिले कर्मचारीलाई दिने तलब, घरभाडा लगायतका अत्यावश्यक खर्च निकाल्न पनि समस्या हुँदै गएको उनीहरुको भनाई छ ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved